२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

स्वावलम्बन लघुवित्त गुल्मीकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त गुल्मीकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • मंगलबार, चैत्र १२ २०८१

गुल्मी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय तम्घास गुल्मीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका जेष्ठ सदस्य मुन्द्रकला ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रूरूक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी गाैतमकाे प्रमुख आतिथ्यता रहेकाे थियो। 

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा रूरुहक्षेत्र गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मोतिप्रसाद श्रेष्ठ, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय पोखरा कास्कीका इलाका प्रबन्धक फन नारायण सुवेदी रहनुभएको थियो। 

अतिथिहरूमा ज्ञवा बलेटक्सार माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण ज्ञवाली, मिलिजुली टाेल विकासकी अध्यक्ष  हर्ष बहादुर नेपाली, रूरूक्षेत्र गाउँपालिका वडा नम्बर.४ का पूर्व जनप्रतिनिधि सरिता नेपाली लगायत केन्द्र प्रमुख उप‌प्र‌मुख, ग्राहक सदस्य, अभिभावक, स्थानीय प्रतिनिधिहरू एवं विज्ञहरू लगायतको उपस्थिति रहेकाे थियो।

projector को माध्यमवार slide मा powerpoint  presentation गर्दै संस्थाका इलाका प्रबन्धनले संस्थाकाे स्थापना कालदेखि हालसम्मक प्रगति विवरण प्रस्तुत गर्नुभएकाे थियो । उहाँले कर्जा सदुपयाेग गरेका सदस्यहरू‌को प्रगति र कर्जा सदुपयोग गर्न नसक्नेहरूको दुर्गति हुने कुरा बताउनुभयो।

त्यसैगरी संस्थाका शाखा प्रबन्धकले आम्दानी र खर्च को लेखाजाेखा गर्नुपर्ने, अनावश्यक खर्च गर्न नहुने, कर्जा लिएर उद्यमशिल बन्नुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रमुख अतिथिले कर्जाको सही सदुपयोग गर्नुपर्ने, लिएको कर्जा समयमै भुक्तानी गरेर कानुनी समस्याबाट बच्नुपर्ने बारेमा प्रष्ट पार्नुभयो । उहाँले विगतमा कर्जा नतिर्नेहरूको सामाजिक प्रतिष्ठामा परेकाे असरबारे समेत  प्रस्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij