२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

देशका प्रमुख शक्तिबिच एकताको आवश्यकता

देशका प्रमुख शक्तिबिच एकताको आवश्यकता

  • सोमबार, चैत्र ११ २०८१
  • नवराज धमला

यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राज्य र राजसंस्था वहालीको मैदानमा छ । यस पार्टीले अब देश र जनताको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । आज यस भूमिमा उग्र दक्षिणपन्थी र उग्र बामपन्थीको सक्रियता देखिन्छ । यी दुवै शक्तिलाई राष्ट्रको मूल धारमा ल्याई राजसंस्था, हिन्दू राज्य सहितको प्रजातान्त्रिक व्यवस्था निर्माण गर्नुपर्छ । यति बेला देश सङ्कटमा रहेको सर्वविविदै छ ।

अब हामीले पृथ्वीनारायण शाहको राष्ट्रिय एकता र राजा महेन्द्रको विकासको योजनालाई सम्झने र यही बाटोमा सम्पूर्ण शक्तिलाई डोर्याएर कार्यान्वयन गर्ने र गराउने बेला आएको छ । यही परिवेशमा आधारित रहेर राप्रपाको केन्दी्रय समितिले भावी आन्दोलनको कार्यक्रम घोषणा गरोस् भन्ने मेरो मुख्य भनाई रहेको छ ।

हाल अहिले देशमा प्रजातान्त्रिक शक्ति, राष्ट्रवादी शक्ति, परिवर्तनकारी शक्ति रहेको विद्यमान अवस्था छ । दक्षिणपन्थी र उग्रबामपन्थी हावी हुन गएकोले आज देश यो अवस्थामा आईपुगेको हो । त्यसैले देशका सम्पूर्ण शक्तिहरुलाई एकताबद्ध बनाई देश र जनतालाई आत्म निर्भर बनाई निकास दिनुपर्छ ।

(धमला राप्रपाको युवा नेता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij