२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

राजा ज्ञानेन्द्र सक्रिय हुन अनिवार्य भइरहेको छः डा. महेन्द्रबहादुर कार्की

राजा ज्ञानेन्द्र सक्रिय हुन अनिवार्य भइरहेको छः डा. महेन्द्रबहादुर कार्की

  • आइतबार, चैत्र १० २०८१

डा. महेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

डा.महेन्द्रबहादुर कार्की राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । २०४७ साल देखि राप्रपामा राजनीतिक यात्रा सुरु गर्नुभएका कार्की यस व्रmममा राप्रपा कास्की जिल्ला क्षेत्र नं. २ को अध्यक्ष, पोखरा महानगरपालिका कार्यसमिति अध्यक्ष हुँदै राप्रपा कास्की जिल्ला अध्यक्ष हुनुभयो । यस व्रmममा उहाँ कास्की जिल्ला विकास समितिको कार्यवाहक सभापति हुनुभयो । अहिले उहाँ राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले राजनीति, समाजसेवा र व्यवसायलाई सँ–सँगै अघि बढाई रहनु भएको छ । यति बेला उहाँ ए एण्ड पि मल्टि एग्रिकल्चर फर्मको प्रोपाइटर, आरोग्य केयर होम एण्ड होटल प्रा.लि.को प्रबन्ध निर्देशक लगायत दर्जन बढि व्यावसायिक संस्थामा संलग्न रहनुभएको छ । स्पष्ट वक्ता, मिलनसार र भद्र स्वभावका कार्की रोटरी कलब, लायन्स क्लब, रेडव्रmस लगायतका सामाजिक संघसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

प्रस्तुत छ राप्रपा नेता डा. महेन्द्रबहादुर कार्कीसँग गरिएको कुराकानीः

यहाँले देशको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?

देश चलाउन नजान्ने देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएको देश चिन्ताजनक अवस्थामा छ । देशका होनहार युवालाई विदेसिन यिनैले बाध्य पारेका हुन् । देशमा उद्योगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । देशमा कुनै कलकारखाना उधोग धन्दा नभएकाले शिक्षित जनशक्तिले आफुले सिकेका सिप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । दुई देशको तरुलको रुपमा बसेको सानो देशलाई ठुलो ठुला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राजनीति दलका प्रमुख नेताहरु देशको माया भन्दा विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ । विभिन्न सामाजिक संघसंस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठिमा राखेर प्रमुख नेताहरुले विभिन्न आफु अनुकुल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुली रहेका छन् । गरिब जनता आज खाएँ भोलि के खाउँ भन्ने अवस्थामा छन् । त्यसैले गरिब जनता बाँच्न सक्ने अवस्थै देखिदैन । राज्यका विभिन्न क्षेत्रहरु विचौलियाको हातमा चलेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल हुन्छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । त्यसैले देशको अहिलेको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ । टोल–टोलमा गुण्डागर्दी भइरहेको अवस्था छ । देशमा सामाजिक रुपमा विकृति हुँदै गएको छ । यदि देशले राम्रो व्यवस्था पाएको भए नेपाल स्वीजरल्याण्ड बन्ने थियो । खालि दलहरुले प्रजातन्त्रको नाममा व्यवस्थाको नाममा जनतालाई ठगिरहेका थिए । अब पनि जनतालाई ठग्न गणतन्त्रको वकालत गरिरहेका छन् । त्यसैले अब जनता सधै झुक्किने छैनन् । हामी जनतालाई जगाईरहेका छौं ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतालाई कसरी लिनुभएको छ ?

राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँशु बगाइ रहेको बेला, विचौलियाहरु अझ मजबुत भएको बेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध बिग्रँदै गएको बेला राजा ज्ञानेन्द्र सव्रिmय हुनु अनिवार्य भइरहेको थियो । अहिले सव्रिmय हुनुभयो । यो जनतालाई चित्त बुझिरहेको छ ।

देशका युवा शक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गर्ने र यहाँ वसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक विभिन्न निकायहरुमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो ।

वास्तवमा भन्नुपर्दा पृथ्वी नारायण शाहले बाइसे चौबिसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नु भएको सबैलाई सर्वविविदै छ । पृथ्वी नारायण शाहको आफ्नै सन्तान हो राजा ज्ञानेन्द्र । आफ्नो बाऊ–बाजेले आर्जन गरेको देश बिग्रिन लाग्दा राजा ज्ञानेन्द्र सव्रिmय हुनु स्वभाविकै हो । अब नेताहरुको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरि विकास निर्माणमा लगाउनुपर्छ ।

 

के नेपालमा अब राजसंस्था फर्किएला त ?

अब गणतन्त्रका नेताहरुको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । राजसंस्था नफर्किने कुरै छैन । अब हाम्रो आन्दोलन निर्णायक रुपमा अघि बढ्दैछ । जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किने छ । राजसंस्था पूनस्थापित नगरी हाम्रो आन्दोलन रोकिँदैन । राजाले इमानदारीपूर्वक जनधनको क्षति नहोस् भनेर त्यतिबेला राजगद्दी त्याग्नु भएको हो । अब त्यसरी नै शान्तिपूर्ण रुपमा दलहरुले राजालाई श्रीपेच फिर्ता दिनुपर्छ ।

देशव्यापी रुपमा मौलाइरहेको भ्रष्टाचार बारे के भन्नुहुन्छ ?

देशका युवा शक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गर्ने र यहाँ वसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक विभिन्न निकायहरुमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो । जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेका धन स्वीजरल्याण्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् । देशको यो अवस्थामा जनता संगठित र आन्दोलित हुनुपर्ने अवस्था छ । जबसम्म जनताले बुझ्दैनन् तबसम्म सधै देश र जनताको भलो चिताउने राजसंस्था फर्किदैन । तबसम्म गणतन्त्रवादीहरुले देश यसरी नै लुटिनै रहनेछन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, रोजगारी क्षेत्रलाई मजवुत पार्न पनि राजासहितको व्यवस्था आवश्यक छ । अब सनातन हिन्दुहरु आन्दोलित हुन आवश्यक छ । यदि उनीहरु आन्दोलित भएभने अब देशमा राजसंस्था र हिन्दुराज्य एकै पटक पूनस्थापना हुनेछ ।

देशभर रहेको महँगीबारे कस्तो टिप्पणी गर्नुहुन्छ ?

देशमा आउने विभिन्न मेशिन, पार्टपूर्जा, कालिगढ तथा कच्चा पदार्थहरु नेपालको बोडरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यही सामाग्रीको बढी मुल्य पर्ने हुन्छ तर त्यहि मुख्य भन्दा सस्तोमा माल सामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउदा सस्तोमा आउने भए पछि देशका उत्पादनकर्ताहरु धरासाही हुँदै टाट फल्टेको अवस्था छ ।

यसै गरी देशको कृषिमा काम गर्ने देशका युवा शक्ति विदेशिईरहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनुपर्छ । त्यसले मूल्य बढ्नु स्वभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफूलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । त्यसको फलस्वरुप जनतालाई विभिन्न रोग लगाई रहेको छ । गरिब जनता नुन, तेल, चामल लगायतका वस्तु किन्न सक्ने अवस्था छैन । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र मुकदर्शक भइरहेको देखिन्छ ।

नेपालमा किन विकास भइरहेको छैन ?

युवा शक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरुलाई जनताप्रति माया नहुनु भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रुपमा सम्पूर्ण ठाउँमा कृकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुन जस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुसन्धानमुलक नहुनु, व्यवहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानु पर्ने र यहि पनि निजी स्कूल क्याम्पसमा पढाउनु पर्ने बाध्यता रहेको छ । त्यसमाथि देश हाँक्ने दलका नेताहरुको अदुरदर्शिताका कारण देश विकास नभएको हो । नेपालमा उत्पादन भएका जडिवुटीहरु सस्तोमा विदेश पैठारी हुनु तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधी जन्य नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएला जस्तो देखिदैन ।

अब राप्रपाको कस्तो रणनीति रहन्छ ?

त्यसो त राप्रपा स्थापनाकाल देखि राजावादी र हिन्दुवादी पार्टी हो । अरु खोलिएका पार्टीहरुले केही गर्ने सक्दैनन् भन्ने बुझेर नै हाम्रो विधानमा पनि यहि कुरा उल्लेख गरिएको हो । अब हामी हिन्दु राज्य र राजसंस्था पुनस्थापना गर्न सडक र सदनबाट आन्दोलित भइरहने छौ । हाम्रो सम्पूर्ण सम्यन्त्र आन्दोलनमुखी बनाइ रहेका छौं । त्यति बेला जनताको बलमा गणतन्त्र आयो । अब जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुदैछ । त्यसैले गणतन्त्र देश र जनताको हितमा थिएन भन्ने कुरा अहिले पुष्टी भएको छ । त्यसैले राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ । अब हामी अहिले भने निर्णायक आन्दोलनमा छौं ।

युवा शक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरुलाई जनताप्रति माया नहुनु भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रुपमा सम्पूर्ण ठाउँमा कृकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुन जस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुसन्धानमुलक नहुनु, व्यवहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानु पर्ने र यहि पनि निजी स्कूल क्याम्पसमा पढाउनु पर्ने बाध्यता रहेको छ ।

देशलाई कस्तो नेतृत्व आवश्यक छ ?

देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निस्वार्थ भावनाले देश बचाउनु पर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीका नेताहरु यसमा पर्नु हुन्छ ।

अन्तमा देशवासीलाई केही सन्देश दिनुस् न ?

राजसंस्था र सनातन हिन्दु राज्य अहिलेको अपरिहार्य आवश्यकता छ । जनताको चाहना र समय परिस्थिति पनि यहि छ । त्यसै कारणले देश बचाउनका लागि राजावादी सनातन हिन्दुवादी र राष्ट्रवादीहरुलाई राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा सरिन हुन आव्हान गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij