२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

ह्याप्पी इनर्जी र कृषि विकास बैंक बीच लगानी सम्झौता

ह्याप्पी इनर्जी र कृषि विकास बैंक बीच लगानी सम्झौता

  • मंगलबार, फाल्गुन १३ २०८१

 

काठमाडौँ। ह्याप्पी ईनर्जी प्रा.लि र कृषि विकास बैंक बीच लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सोमबार काठमाडौँको याक एण्ड यति होटलमा आयोजना गरिएको एक विशेष समारोहबीच ह्याप्पी इनर्जीका तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर बिष्ट र कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरेका हुन् ।

ह्याप्पी इनर्जीले संखुवासभामा अपर शंखुवाखोला हाइड्रोपावर प्रोजेक्टको प्रवर्द्धन गरिरहेको छ। जसको क्षमता ४० मेगावाट रहेको छ। यस आयोजनाको कूल लागत ८ सय २४ करोड आवश्यक रहेकोमा २५ प्रतिशत अर्थात् २०६ करोड स्वपूजी जुटाइए‌को छ भने ७५ प्रतिशत अर्थात ६१८ करोड रकम वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुनेछ ।

ह्याप्पी ईनर्जीमा बैंकिङ संस्थाहरूको अगुवाई कृषि विकास बैंकले गर्नेछ भने सहनेतृत्वकर्ताको रूपमा सिद्धार्थ बैंकले काम गर्नेछ। यस परियोजनामा लगानी गर्ने अन्य बैंकहरूमा प्रभु बैंक, citizens bank, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक रहेका छन्।

यस आयोजनामा गुल्मी, अर्घाखाँची, रूपन्देही, पोखरा, काठमाडौँ लगानीकर्ता लगायत देशका विभिन्न क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरूको लगानी रहेको छ।

आयोजनामा आइपिओको माध्यमबाट सम्पूर्ण नेपालीहरुलाई समेट्दै लैजाने आफूहरूको योजना रहेको कम्पनीका अध्यक्ष इन्द्र बिष्टले बताएका छन्।

वित्तीय सम्झौताको लागि आयोजना गरिएको समारोहमा प्रमुख अतिथि कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङ, कम्पनीका अध्यक्ष इन्द्र बिष्ट, एनआरएन प्रतिनिधि डाक्टर बद्री केसी लगायतले सम्बोधन गरेका थिए।

यो आयोजना कृषि विकास बैंकको लिड रहेको सबैभन्दा पहिलो हाइड्रो प्रोजेक्ट हुनेछ । जुन आयोजनाबाट २०८५ जेठ महिनामा विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

उत्पादनको पहिलो वर्ष नै सांवा ब्याज भुक्तानी गरेर लाभंश प्रदान गर्ने कम्पनीको योजना छ।

योजना निकै भायबल रहेकोले आफूहरुले लगानी गरेको NRN का तर्फबाट धारणा राख्दै डाक्टर बद्री केसीले बताउनुभयो।

यसैगरी यति ठूलो परियोजनाको मुख्य लगानीकर्ता भई जोडिएर काम गर्न पाएकोमा कृषि विकास बैंकका सीइओ गोविन्द गुरुङले खुसी व्यक्त गर्दै आयोजनालाई सफल बनाउने सम्पूर्ण जिम्मेवारी व्यवस्थापकको हातमा रहेको हुनाले आयोजना समयमा नै सम्पन्न गराई सफल व्यवस्थापक बन्नका निम्ति व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij