२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

आमसञ्चार विधेयकबारे विधायन समितिमा दफावार छलफल हुने

आमसञ्चार विधेयकबारे विधायन समितिमा दफावार छलफल हुने

  • शुक्रबार, फाल्गुन ९ २०८१

विराटनगर, ९ फागुन : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयकलाई दफावार छलपलका लागि विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको थियो ।

यस्तै, ‘कोशी प्रदेश प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सो विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव गर्दा सभामुख विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएपछि  सैद्धान्तिक छलफल सुरु भएको हो ।

सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, रामप्रसाद महतो र शोभा चेम्जोङले प्रस्तावित विधेयकबाट राष्ट्रिय वन एवं सामुदायिक वनलाई संरक्षण एवं व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । उहाँहरुले कोशी प्रदेशमा ४९ प्रतिशत वन क्षेत्र रहेकाले जैविक विविधता, पर्यापर्यटन, जलाधार एवं सिमसार क्षेत्रको संरक्षण गर्न विधेयकले मद्दत गर्ने उल्लेख गर्दै जथाभावी वन विनाश र वन फँडानीलाई नियन्त्रण गर्न पनि उक्त विधेयक उपयोगी हुने धारणा राख्नुभयो ।

प्रदेश सरकारको तर्फबाट आर्थिक प्रतिवेदन

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको माघ महिनासम्म कूल रु १० अर्ब दुई करोड २८ लाख खर्च भएको सदनलाई जानकारी दिनुभयो । जसमा पुँजीगत खर्च रु तीन अर्ब २१ करोड तीन लाख र चालु खर्च रु चार अर्ब ९७ करोड ६० लाख रेको छ ।

कूल रु ३५ अर्ब २७ करोड ९३ लाख रहेको कोशी प्रदेशको वार्षिक बजेटमा पुँजीगत खर्च १९ दशमलव चार प्रतिशत रहेको जानकारी दिँदंै मन्त्री मगरले चालु आर्थिक वर्षको माघसम्म सङ्घीय सरकारबाट आउने अनुदान रु छ अर्ब ७४ करोड २६ लाख निकास भएको बताउनुभयो । उहाँले सामुदायिक भवन निर्माण, उद्यान, भ्यूटावरलगायत आयोजनालाई समुदाय र निजीक्षेत्रसँगको साझेदारीमा सञ्चालन गरी राजस्वको थप स्रोत सिर्जना गर्न सकिने बताउनुभयो ।

विशेष समय

प्रदेशसभाको विशेष समयमा जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता निर्मला लिम्बूले ताप्लेजुङको पाथीभर क्षेत्रमा अहिले पनि केबुलकारका पक्षधर र विपक्षीसँग झडप, भिडन्त भइरहेकाले सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

शून्य समय

शून्य समयमा मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, प्रदीपकुमार सुनुवार, विनोद राई, राधाकृष्ण खनाल, शिला दीक्षित कार्की, कमला थापा मगर, रामदेव यादव, गोपालबहादुर विश्वकर्मा, खिनु लङवा लिम्बू र निमसरी राजवंशीले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन ११ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij