२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच सम्झौता 

चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच सम्झौता 

  • शुक्रबार, माघ २५ २०८१

२५ माघ, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने विषयमा दुई पक्षबीच समझदारी भएको हो ।

सम्झदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे ।

चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय प्रदर्शनीमा दुई पक्षबीच सम्झौता भएको हो ।

प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र चितवन उद्योग संघले संयुक्त रूपमा आयोजना गरिएको प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको छ । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij