२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

बीमा प्राधिकरणको अध्यक्षका लागि यी हुन् एक दर्जन आकांक्षीहरु (नामावलीसहित)

बीमा प्राधिकरणको अध्यक्षका लागि यी हुन् एक दर्जन आकांक्षीहरु (नामावलीसहित)

  • आइतबार, माघ १३ २०८१

काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् । आवेदन दिने अन्तिम दिनसम्म सो संख्यामा आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसरी आवेदन दिनेहरूमा कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

प्राधिकरणको अध्यक्षका लागि गत २६ गते प्राधिकरणले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ सदस्य रहेको समिति बनाएको थियो । उक्त समितिमा विज्ञ सदस्यको रूपमा ज्योति ओझा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पदेन हुन् ।

यसअघि पुस १९ गते तत्कालीन अध्यक्ष सूर्य सिलवालको पदावधि सकिएको थियो । अहिले सरकारले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका प्राधिकरणका सञ्चालक समितिका सदस्य मदन दाहाललाई अर्को नियुक्ति नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी तोकेर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij