काठमाडाैं । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारी युनियन र लायन्स क्लब अफ काठमाडौं रेन्वो सिटीको संयुक्त आयोजनामा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाबाट आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका लघुवित्तका कर्मचारी, लायन्स क्लबका सदस्यहरू, सामाजिक अभियन्ता लगायतले सहभागिता जनाएका थिए। कार्यक्रमलाई निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ।
आयोजकहरूले रक्तदानलाई जीवनदानसँग प्रत्यक्ष जोड्दै समाजमा मानवतामूलक कार्यलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका थिए।

रक्तदानकाे क्रममा उपस्थित एक व्यक्तिले रगतले मानव जीवन बचाउने मात्र नभई दाताको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनु आजको आवश्यकता भएको बताए। रक्त अभावका कारण ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न निरन्तर रक्तदान अभियान सञ्चालन गर्नुपर्नेमा सबै सहभागिहरू एकमत देखिन्थे ।
कार्यक्रमलाई सफल बनाउन सहयाेग गर्ने सबै प्रति आयाेजकले कृतज्ञता व्यक्त गरेकाे छ ।
स्वावलम्बन विकास बैंक कर्मचारी युनियनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा यस्ता समाजोपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij