२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

  • मंगलबार, चैत्र १९ २०८१

 

काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । उनलाई आगामी ३ वर्षका लागि नेप्सेको सीईओ नियुक्त गरेको हो । सरकारले विवादका बीच नेप्सेको सिईओमा सानिमा रिलायन्स लाइफका भुपु डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा समेत काम गरेका थिए ।

नेप्सेको सीईओमा नियुक्त चापागाईले सानिमा रिलायन्स लाइफमा साढे पाँच बर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । त्यसअघि उनले पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री विष्णु पौडेलले गठन गरेको समितिले सर्टलिस्टेड ५ जनाको चैत ६ गते अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिपछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी खारेज भएको थियो ।

समितिले गरेको विज्ञापनमा १० जनाले आवेदन दिएकामा चापागाईं र लुईटेलका अलावा सीडीएस एण्ड क्लियरिङका पूर्वसीईओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खालि थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij