२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

२५ औं दिन:  चमत्कारको लागि ब्रह्माण्डीय सङ्केत

२५ औं दिन:  चमत्कारको लागि ब्रह्माण्डीय सङ्केत

ब्रह्माण्डले हामीलाई चमत्कारको लागि हर क्षण विभिन्न सङ्केतहरु पठाइरहेको हुन्छ । ती सङ्केतहरु बुझ्न र हरेक सङ्केत प्रति कृतज्ञता अनुभव गर्न सक्यौं भने हामी आफ्नो जीवनमा छिट्टै जादुमय बदलाव ल्याइरहेका हुनेछौं ।

लेखक एवं थेरापिष्ट फोलोरा कोलावो भन्नुहुन्छ, ‘जीवन अत्यन्तै रमाईलो र खेल्न योग्य छ, …..यसमा हामी जति बढी खेल्न सक्छौं, त्यत्ति नै बढी नयाँ कुराहरु आविष्कार समेत गर्न सक्छौं ।’

ब्रह्माण्डका सङ्केतहरु

हाम्रो जीवनलाई सधैं हराभरा र परिपूर्ण बनाउनको लागि ब्रह्माण्डले हामीलाई हर क्षण कुनै न कुनै सङ्केत पठाइरहेको हुन्छ । ती प्रत्येक सम्पन्नताका सङ्केतहरुलाई चिन्न र ती सङ्केत आफूलाई मिलेकोमा र छिट्टै उक्त सङ्केत बमोजिमका भौतिक वस्तु समेत आफूलाई मिल्ने ठानेर कृतज्ञ बन्दै गयौं भने हामी आफूले चाहेका वस्तुहरु साँच्ची प्राप्त गर्न सक्षम हुनेछौं ।

यदि तपाईं हामी यस अघिका २४ दिन सम्मका सामाग्रीहरु पढेर त्यसमा बताइएका अभ्यासहरुलाई समेत निरन्तर अपनाउँदै आएका छौं भने ब्रह्माण्ड एक चामत्कारिक भण्डार भएको अवश्य पनि बुझिसकेका हुनुपर्छ । ब्रह्माण्डको लागि ठूलो र सानो भन्ने हुँदैन । यदि यसले हामीलाई सय रुपियाँ उपलब्ध गराउन सक्छ भने लाख वा करोड पनि यसको लागि असम्भव हुँदैन । बरु हाम्रै सिमाबद्ध चेतन मष्तिष्कको कारण आफूलाई ठूलो उपलब्धिको लागि योग्य नमानेर हामी आफूले आफूलाई नै केवल साना उपलब्धिको लागि मात्र योग्य बनाएका हुन सक्छौं । अब ती सबै सिमाहरुलाई कृतज्ञता भाव र दृष्टिकोण परिवर्तनको माध्यमबाट भत्काई नयाँ फराकिलो पर्खाल निर्माण गर्न सक्दा रहेछौं भन्ने कुरा तपाईं हामीले बुझिसकेका छौं ।

जसरी ब्रह्माण्ड पूर्ण छ, त्यसरी नै हामी पनि पूर्ण छौं । पूर्णता हाम्रो अधिकार हो । कृतज्ञता भाव नै हामीलाई पूर्ण बन्ने दिशामा अघी बढाउने पहिलो खुड्किलो हो । कृतज्ञता भाव बढ्दै जाँदा हामीले ब्रह्माण्डीय आकर्षणको नियमको माध्यमबाट हामी भित्रका अवरोह (ब्लकेज)हरुलाई एक–एक गरेर हटाउन सक्छौं ।

ब्रह्माण्डीय सङ्केतको अभ्यास

यो अभ्यास एक सजिलो, रमाइलो र महत्वपूर्ण अभ्यास हो । हामी जहाँ पुग्छौं, त्यहाँ केही न केही हाम्रो लागि आवश्यक चिजहरु हामीले अवश्य देख्छौं । हामी आफूसँग अहिले त्यो चिज उपलब्ध नभएकोमा दुखी नहोउँ । बरु जुन चिज हामीले देखिरहेका छौं, त्यो चिज छिट्टै आफ्नो हुने अनुभव गरौं । आफू त्यस चिजको लागि हकदार रहेको मनमनै महसुस गरौं । उत्साहित होऔं । त्यस चिजका आकार, रङ, स्वाद लगायतलाई गहिरो रुपमा महसुस गरौं । मिल्छ भने नरम हातले बिस्तारै स्पर्श गरौं, गन्ध लिउँ, मिल्दैन भने आफ्नै हातले स्पर्श गरेको मनमनै महसुस गरौं ।

ब्रह्माण्डीय सङ्केतहरु

ब्रह्माण्डले हामीलाई जहिले पनि सङ्केतहरु दिइरहेको हुन्छ । किनकि ब्रह्माण्ड हाम्रो लागि मित्रवत् एवं मायालु छ । यसले जे गर्छ, सङ्केतको रुपमा काम गरेको हुन्छ । यसको कुरा गर्ने भाषा अलग्गै छ । हामीले ब्रह्माण्डीय भाषालाई बुझ्न सक्यौं भने हामी कहिल्यै निराश हुनुपर्दैन । बरु यसले हामी कति कृतज्ञ भाव महसुस गरेका छौं, त्यसको आधारमा हामीलाई प्रतिक्रिया उपलब्ध गराई हामीलाई आवश्यक चिज बढाइदिने वा हामीसँग उपलब्ध चिजहरु खोस्ने भन्ने तय गर्दछ ।

ब्रह्माण्डसँग खेल्ने तरिका

जब हामी बिहान अखबार पढ्न शुरु गर्छाैं वा कसैले पढिरहेको देख्छौं, शुरुमा मनमनै यो अनुभव गरौं कि आज हाम्रो लागि कुनै सुखद खबर प्राप्त हुनको लागि यो एक शक्तिशाली ब्रह्माण्डीय सङ्केत हुन सक्छ । यसको लागि आफैंलाई धन्यवाद दिउँ ।

यदि हामीलाई कुनै साथी वा आफन्तले भोजको निम्ति निम्तो दिन्छन् भने हामी आफू कत्ति सङ्कोच नमानी त्यसमा सरिक बनौं । यसले भोलिका दिनमा हामीलाई नै त्यसको आयोजक बन्नको लागि ब्रह्माण्डले सङ्केत उपलब्ध गराएको अर्थमा बुझौं । त्यस भोजमा सरिका भएका सबै प्रति मानसिक रुपमा कृतज्ञता प्रकट गरौं ।

यदि हामीसँग आफ्नो अलग्गै कार छैन, कसैले नयाँ डिजाइनको आकर्षक कार चढेर हाम्रो छेउबाट हिँडिरहेको छ भने हामी आफूलाई छिट्टै त्यो कारको मालिक बन्नको लागि ब्रह्माण्डले सङ्केत पठाएको महसुस गरौं र पूर्ण आनन्दित होऔं ।

बजारमा वा सुपरमार्केटमा हिँड्दा जे–जे वस्तु हामीले देख्छौं, सम्भव भए सम्म आफूलाई मन परेका हरेक वस्तुहरु प्रति कृतज्ञता प्रकट गरौं । ती वस्तुहरु छिट्टै आफूलाई कुनै न कुनै माध्यमबाट प्राप्त हुनको लागि नै ब्रह्माण्डले आफूलाई त्यस स्थानमा पठाएको सम्झेर पूर्ण कृतज्ञ बनौं ।

जब हामी गर्मी अनुभव गर्छौं, छिट्टै आफूलाई शितलता उपलब्ध हुने वा विगतमा शितलतामा रहँदाको आनन्द महसुस गरेर पुनः शिलतता भर्न सक्छौं ।

जब रात पर्छ, हामी पूर्ण निद्राको हकदार बनौं । साथै छिट्टै नयाँ दिन आफ्नो लागि उपहारको रुपमा प्राप्त हुने ठानेर कृतज्ञ बनौं ।

बिहान उठ्दा कसैले हामीलाई सम्बोधन गर्दै ‘शुभ विहानी…’ भन्छ भने त्यसलाई आज आफ्नो दिन उत्कृष्ट बन्नको लागि ब्रह्माण्डले पठाएको सङ्केत मानेर आफूलाई कृतज्ञताको गहिराईमा पु¥याउँ ।

 

जब हामी बैंक वा एटिएमको नजिक हुन्छौं, आफूलाई ब्रह्माण्डले बैंक र एटिएमको माध्यमबाट प्रशस्त पैसाको सङ्केत उपलब्ध गराउन लागेको ठानेर अत्यन्तै कृतज्ञ भाव महसुस गरौं ।

यसरी ब्रह्माण्डले हामीलाई हर क्षण, हर स्थानमा कुनै न कुनै रुपमा सङ्केत अवश्य पठाएको हुन्छ, जब हामी ब्रह्माण्डको भाषा नै सङ्केत भएको बुझेर आफू ती सङ्केत अनुसार कृतज्ञ बन्दै गएको महसुस गर्न सक्छौं, केही हप्ता वा महिनामा नै हामीले आफ्नो जीवनमा अकल्पनीय सुधार आइरहेको आफैंले अनुभुति गर्न थाल्नेछौं ।

ब्रह्माण्डीय सङ्केतहरुबाट कुन–कुन क्षेत्रमा लाभ लिन सकिन्छ ?

हामी ब्रह्माण्डीय सङ्केतहरुलाई आफ्नो शरीरको तौल सन्तुलित अवस्थामा कायम राख्न, आफूलाई पूर्ण स्वस्थ बनाउन, चाहेजस्तो जागिर प्राप्त गर्न, चाहेजति आर्थिक उपलब्धि हासिल गर्न, भौतिक सम्पत्ति (घर, गाडी, सुन लगायत) उपार्जन गर्न, चिन्ताबाट मुक्त हुन, आफूले चाहेजस्तो जीवनसाथी खोज्न, कार्यालयका साथीहरुसँग राम्रो सम्बन्ध कायम गर्न, छिट्टै आफ्नो पदोन्नति गर्न, आफ्नो क्षेत्रमा उत्कृष्ट बन्न, सफल उद्यमी बन्न लगायत हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सक्छौं ।

यो पनि याद गरौं

ब्रह्माण्डलाई सम्पन्नताको सङ्केत पठाउने क्रममा हामी उक्त चिज कसरी हामीलाई उपलब्ध हुन सक्ला भन्ने सोचेर चिन्तित नहोउँ । हामी साँच्ची विश्वस्त हुन सक्यौं र आफ्नो अवचेतन मष्तिष्कलाई त्यो चिजको आफू हकवाला भएको विश्वास दिलाउन सक्यौं र लामो समय त्यही अवस्थालाई नै कायम राख्न सक्यौं भने विशाल ब्रह्माण्डले हामीलाई विभिन्न वस्तु, परिस्थिति वा घटना सृजना गरेर त्यो चिज हामीसम्म पु¥याउन सहयोग गर्नेछ ।

आजको अभ्यास

– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । ती सबै बुँदाहरुमा आफू ती चिजको लागि कृतज्ञ रहने कारण खोजेर खुसी साथ धन्यवाद भाव व्यक्त गरौं । त्यो सूचीमा आज कृतज्ञता प्रकट गर्न थप १० चिजहरु समावेश गरौं ।

– आज हामीले आफ्नो वरपर वा यात्राको क्रममा देख्ने र आफूलाई सुखद अनुभव हुने कम्तीमा ७ ओटा चिज वा अवस्थालाई टिपोट गरौं ।

जस्तो कि, यदि हामीले नयाँ डिजाइनको आकर्षक कार देख्छौं भने मनमनै अनुभव गरौं कि
‘मेरो आफ्नै आकर्षक कार प्राप्त गरेकोमा म हृदय देखि नै कृतज्ञ छु । धन्यवाद, धन्यवाद, धन्यवाद ।

यदि हामीले अत्यन्त आकर्षक र मनमोहक व्यक्ति भेट्छौं भने मनमनै अनुभव गरौं कि
‘मेरो व्यक्तित्व दिनदिनै आकर्षक बन्दै गएकोमा म हृदय देखि नै कृतज्ञ छु । ब्रह्माण्डीय शक्ति प्रति धन्यवाद, धन्यवाद, धन्यवाद ।

– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij