२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

स्वाबलम्बन लघुवित्त तम्घासले सम्पन्न गर्याे १ दिने  वित्तीय साक्षरता कार्यक्रम

स्वाबलम्बन लघुवित्त तम्घासले सम्पन्न गर्याे १ दिने  वित्तीय साक्षरता कार्यक्रम

  • आइतबार, फाल्गुन ११ २०८१

तम्घास। स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय तम्घास गुल्मीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १२ का वडा सदस्य तथा यस संस्थाका ग्राहक सदस्य  लक्ष्मी कार्कीकाे अध्यक्षता र रेसुङ्गा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष चेहर सिं टण्डन क्षेत्रीकाे प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका गुल्मपति (सशस्त्र प्रहरी नायब उपरिक्षक) पवन खड्‌का लगायतका विशिष्ट अतिथिहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा वडा सदस्य, स्थानीय टाेल विकास संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, बुद्दिजिवी, समाजसेवी एवं लघुवित्तका ग्राहक प्रतिनिधिहरू सहित करिब २ सय व्यक्तिहरूकाे सहभागिता रहेको थियो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका बारेमा विभिन्न नकारात्मक समाचार/अनर्गल प्रचार भइरहेकाे बारे लक्षित गर्दै रे.न.पा-१२ का वडा अध्यक्ष चेहर सिं टण्डन क्षेत्रीले हल्लाकाे पछि नलागी ढुक्कसाथ बैंकिङ काराेबार गर्न आग्रह गरेका छन् । साथै आफ्नी श्रीमती समेत यसै संस्थामा आवद्ध भई कारोबार गरिरहेकोले समेत आफू वित्तीय काराेबार बारे जानकार नै रहँदै आएकाे उनले बताएका छन् ।

त्यसैगरि शसस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मका गुल्मपति पवन खड्‌काले वित्तीय संस्थाले नै साधारण व्यक्तिहरूलाइ बचत गर्ने बारे बानी बसालेका हुँदा अहिले धेरै ग्रामीण महिलाहरू आत्मनिर्भर हुन सकेको साथै यसले महिला सशक्तीकरणमा समेत सघाउ पुगेकाे बताएका छन् ।

 उक्त कार्यक्रममा उपस्थित ग्राहक सदस्यहरुले राखेको गुनासो एवं प्रतिक्रिया बारे जवाफ दिँदै संस्थाका कार्यालय प्रमुख खेमराज जोशीले बैंकले उपलब्ध गराउँदै आएको कर्जा, बचत र विमा सुविधाबारे प्रष्ट पारेका छन् । साथै वित्तीय संस्थाले  विस्तार गरेको डिजिटल कारोबार online भुक्तानी, SMS banking, माेबाइल बैंकिङ, क्युआर पे लगायत बारे समेत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij