२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्टार्टअप संस्कृतिका लागि सचेतना

स्टार्टअप संस्कृतिका लागि सचेतना

जूना माथेमा
सभापति, स्टार्टअप एन्ड इनोभेसन फोरम, नेपाल उद्योग वाणिज्य महासंघ

‘स्टार्टअप’ शब्द सुन्नासाथ धेरैको मनमा यसको परिभाषालाई लिएर प्रश्नहरु उब्जिन्छन् । नीति निर्माण तहमा रहनुभएका मानिसहरुले पनि स्टार्टअपलाई फरक ढंगले बुझेको पाइन्छ ।

के कुनै उद्यम व्यवसाय सुरु गर्नु नै स्टार्टअप हो त अथवा कुनै युवाले व्यवसाय सुरु गर्नु स्टार्टअप हो त ! कदापि होइन । सबै उद्यम व्यवसाय स्टार्टअप होइनन् । स्टार्टअप भनेको सानो तथा मझौला उद्यम पनि होइन । स्टार्टअप भन्नासाथ ‘नवीनता (इनोभेसन)’ र स्केलेबिलिटी भन्ने शब्द पनि सँगै जोडिएर आउँछ । उत्पादन, सेवा वा प्रक्रियाहरुको नवीनतालाई केन्द्रमा राखेर गरिने उद्यमशीलताचाहिँ स्टार्टअप हो ।

‘नवीनता (इनोभेसन)’ का साथै आकार वा साइजमा छिटोछिटो प्रगति गर्ने प्रकृतिको व्यवसाय (स्केलेबिलिटी) लाई स्टार्टअप भनिन्छ । अर्को कुरा स्टार्टअपका लागि कोही युवा हुन जरुरी छैन । कुनै पनि उमेर समूहको कुनै पनि व्यक्तिले सुरु गरेको उद्यम स्टार्टअप हुन सक्छ । नवीन सोच (इनोभेसन) जुनसुकै क्षेत्रमा आउन सक्छ । त्यसका लागि उद्यमशील बन्ने दृढता हुनुपर्छ । नयाँ ढंगले उद्यमशीलता गर्छु र उद्यम क्षेत्रमा स्थापित हुन्छु भन्ने अठोट हुनुपर्छ ।

एउटा ताजा उदाहरणका लागि हालैमात्र एक जना उद्यमीले परम्परागत तरिकाबाट बाहिर निस्किएर बाफ (स्टिम)बाट खुवा बनाउनुभएको छ । त्यसलाई स्टार्टअप भन्न सकिन्छ । त्यस्तो उद्यम व्यवसायलाई ठूलो बनाउन त्यस्तै प्रकारको स्रोत तथा साधन अथवा भनौँ बाह्य सहयोग पनि आवश्यक पर्न सक्छ ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० मा स्टार्टअपलाई यसरी परिभाषित गरिएको छ–
वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवं सिर्जनशील सोचको प्रयोग गरी व्यवसायको रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेका उद्यमलाई स्टार्टअप उद्यम भनिन्छ । स्टार्टअप उद्यमले सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसाय समेतलाई जनाउँछ ।
स्टार्टअप उद्यमका देहायबमोजिमका विशेषता हुन्छन्ः
१. उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको,
२. प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा दर्ता गर्ने निकायमा दर्ता भएको,
३. स्थापना भएपछिको कुनै आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड ननाघेको,
४. विगतको उद्यम व्यवसायसँग नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको,
५. नवीन एवं सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको ।

नवीन सोच (इनोभेसन) जुनसुकै क्षेत्रमा आउन सक्छ । त्यसका लागि उद्यमशील बन्ने दृढता हुनुपर्छ । नयाँ ढंगले उद्यमशीलता गर्छु र उद्यम क्षेत्रमा स्थापित हुन्छु भन्ने अठोट हुनुपर्छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्टार्टअपका लागि बिनाधितो ३ प्रतिशत ब्याजमा दिने गरी सय करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्ष घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’को प्रारम्भिक सूचीमा परेका १ हजार ३१४ वटा व्यवसायमध्ये ५० प्रतिशतभन्दा बढी कृषितर्फका छन् ।

स्टार्टअप संस्कृति
स्टार्टअप भनेको नवीन सोचको संस्कृति पनि हो । मानिसलाई परम्परागतबाट सिर्जनात्मक उद्यमशीलतातर्फ जान अभिप्रेरित गर्ने आधार पनि हो । मानिसलाई सिर्जनशील बनाउने तथा कर्जा लिएर व्यवसाय गर्न र प्रतिफल लिन सकिन्छ भनेर विश्वस्त बनाउने माध्यम पनि हो ।
नेपालमा विगत दुई वर्षमा स्टार्टअप इकोसिस्टममा राम्रो प्रगति भएको छ । बजेटमा आठ वर्ष अघिदेखि घोषणा भइरहेको विषय कार्यान्वयनमा आएका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा २५ करोड रुपैयाँ कार्यान्वयनमा जाँदा राम्रो सन्देश गएको थियो । त्यही २५ करोड गएका कारण चालु बजेटमा सय करोड विनियोजन गरिएको हो ।

स्टार्टअपको नीति बन्यो । कानुनहरु बन्दैछन् । कार्यविधिहरु बन्दैछन् । कार्यान्वयनमा जाने चरणमा छ । सरकारी तहबाट स्टार्टअप शब्द प्रयोग भइरहेको छ । बजेटमा त्यो शब्द परेको छ । सरकारको नीति तथा कार्यक्रममा पनि स्टार्टअप उल्लेख गर्न थालिएको छ । यी सबै स्टार्टअप इकोसिस्टम निर्माणको लागि राम्रो मान्नुपर्छ ।

इकोसिस्टमका सबै काम एकैपटक हुन सक्दैनन् । विभिन्न चरणमा विभिन्न काम भइरहेका छन् । कतै स्टार्टअपका बारेमा बुझ्न, बुझाउन प्रयास भइरहेको छ । कर्जा प्राप्तिका लागि व्यवसायमा नवीनता र सिर्जनशीलता खोज्ने काम भइरहेको छ । इन्क्युबेसन सेन्टरहरु खोलिएका छन् । निजी क्षेत्रबाट काठमाडौंलगायत देशका ठूला सहरमा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । यसरी सरकारसहित निजी क्षेत्रका विभिन्न संघसंस्थाले स्टार्टअप इकोसिस्टम निर्माणमा विभिन्न खालका योगदान दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय अभ्यास र हाम्रो प्रयास
अमेरिका, चीन, जापान, कोरियालगायतका देश स्टार्टअपमा धेरै नै अगाडि छन् । ती देशको स्टार्टअप इकोसिस्टम एकदमै बलियो छ । भारतले स्टार्टअपमा एक दशकको अवधिमा राम्रो गरिसकेको छ । त्यसकारण सिक्न र अभ्यास गर्नका लागि हामी सुविधाजनक अवस्थामा छौँ । हाम्रा लागि नजिकका छिमेकी देश चीन र भारतको अभ्यास पर्याप्त हुन्छ ।

विगतमा निजी क्षेत्रबाट मात्र स्टार्टअप उद्यमशीलता प्रवर्धनको काम भइरहेकोमा अहिले सरकारले पनि अग्रसरता लिएको छ ।

सन् २०१६ ताका भारतको स्टार्टअपको अवस्था अहिलेको हाम्रो जस्तै थियो । भारतमा प्रधानमन्त्री स्तरबाटै त्यसलाई अघि बढाउने काम भयो । कुनै पनि कामका लागि अन्तरमन्त्रालय र अन्तरनिकायगत समन्वय धेरै नै महत्वपूर्ण हुन्छ । प्रधानमन्त्री कार्यालयले नै अग्रसरता लिएपछि समन्वयमा सहजता भयो । सबैले त्यसलाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण गरे । स्टार्टअप उद्यमलाई सहज हुनेगरी कानुनी व्यवस्था मिलाइयो । ऐन कानुनहरु परिमार्जन गरियो । स्टार्टअपका विभिन्न चरणका लागि अनुदान कार्यक्रमहरु सञ्चालन गरिए । बिजनेस सपोर्ट कार्यक्रमहरु भए । फलतः स्टार्टअप इकोसिस्टममा भारतले ठूलो फड्को मार्न सक्यो ।

विदेशमा क्याम्पस तहबाटै इन्क्युबेसन सेन्टरहरु सुरु हुन्छन् । इन्क्युबेसन सेन्टरहरुमा गरिएको प्रयोगात्मकका आधारमा नवीन सोचलाई कर्जा दिने प्रावधान छ । नवीन सोचलाई सरकारी अनुदान र प्रोत्साहन रकम (इन्सेन्टिभ) पनि दिइन्छ । कतिपय इन्क्युबेसन सेन्टरमार्फत आवेदन दिनेहरु कतै न कतै उद्यमशीलतामा जोडिएका हुन्छन् ।

नेपालमा पनि अहिले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले विभिन्न क्याम्पसहरुमा इन्क्युबेसन सेन्टरहरु खोल्ने काम गरिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सातै प्रदेशमा इन्क्युबेसन सेन्टर खोल्ने घोषणा गरेको छ । प्रयोगात्मक अभ्यासमार्फत वस्तु तथा सेवा उत्पादनमा अभिप्रेरित गर्दै उद्यमशीलता र व्यावसायिक विकासतर्फ डोहो¥याउन यस्ता इन्क्युबेसन सेन्टरहरु निकै प्रभावकारी हुन्छन् ।

नीति नआउँदासम्म, परिभाषित नहुँदासम्म जसले स्टार्टअपमा काम गरिरहेको थियो, उनीहरुलाई मात्र स्टार्टअपको बारेमा जानकारी थियो । जब राष्ट्रिय स्टार्टअप उद्यम नीति आयो, स्टार्टअप कोष खडा गरेर सय करोड बजेट विनियोजन गरियो, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा भयो, इन्क्युबेसन सेन्टरहरु खुल्न थाले । यी सबै गतिविधिले स्टार्टअपलाई धेरैभन्दा धेरै मानिससँग परिचित गराएको छ । यसको अर्थ हामी सही ट्रयाकमा छौँ ।

नवीन सोचका साथ काम गरिरहेका उद्यमीमा स्टार्टअपको भ्यालु बुझाउन सकियो, उसलाई आर्थिक रुपमा सहयोग गरियो, इन्क्युबेसन सेन्टरसम्म ल्याउन सकियो, उसको सोचलाई थप परिष्कृत बनाउन सकियो र अरु खालका प्राविधिक सहयोग गर्न सकियो भने ऊ भोलि गएर ‘युनिकर्न उद्यमी’ बन्न सक्छ ।

स्टार्टअप सचेतना
स्टार्टअप संस्कृतिलाई बढावा दिन हाल निकै प्रयासहरु भइरहेका छन् । विगतमा निजी क्षेत्रबाट मात्र स्टार्टअप उद्यमशीलता प्रवर्धनको काम भइरहेकोमा अहिले सरकारले पनि अग्रसरता लिएको छ । विश्वविद्यालय र निजी क्षेत्रबाहेक सरकारले सातै प्रदेशमा इन्क्युबेन सेन्टर खोल्ने घोषणा गरेको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति निर्माण भइसकेको छ । बजेटमार्फत स्टार्टअप बोर्ड गठनको घोषणा भएको छ । स्टार्टअप कोष स्थापना भएको छ । स्थानीय सरकारहरुबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् । निजी क्षेत्रबाट विभिन्न कार्यक्रम भई नै रहेका छन् ।

यी सबै गतिविधिले उद्यम व्यवसाय सुरु गर्नु नै स्टार्टअप हो भन्ने सामान्य बुझाइमा पनि स्पष्टता ल्याइरहेको छ । यसले उद्यम गर्न खोज्नेलाई परम्परागत शैलीबाट माथि उठेर नयाँ ढंगले सोच्न र सिर्जनशील बन्न प्रेरित गर्छ र त्यो नवीन सोचसहितको उद्यमशीलता नै भोलि विशाल उद्यमी बन्ने आधारशिला बन्छ र ‘युनिकर्न उद्यमी’ (एक अर्ब डलरभन्दा माथि कुल मूल्य भएको स्टार्टअप) बन्ने दिशामा अग्रसर हुन्छ ।

नवीन सोचका साथ काम गरिरहेका उद्यमीमा स्टार्टअपको भ्यालु बुझाउन सकियो, उसलाई आर्थिक रुपमा सहयोग गरियो, इन्क्युबेसन सेन्टरसम्म ल्याउन सकियो, उसको सोचलाई थप परिष्कृत बनाउन सकियो र अरु खालका प्राविधिक सहयोग गर्न सकियो भने ऊ भोलि गएर ‘युनिकर्न उद्यमी’ बन्न सक्छ । नीति र लगानीसँगै सरकार र निजी क्षेत्रको थप प्रयास यसतर्फ हुन जरुरी छ ।
विगतमा स्टार्टअपको चर्चा गर्दा अमेरिकाको ‘सिलिकन भ्याली’ मात्र सम्झिइन्थ्यो, स्टार्टअपका लागि यस्ता एकाध ठाउँहरुमा चिनिन्थे । त्यहाँ धेरै प्राइभेट इक्विटी भेन्चर क्यापिटलिस्ट (पीईभीसी)हरु आए, उनीहरुको लक्ष्य स्टार्टअपमा लगानी गर्ने थियो । पीईभीसीकै कारण स्टार्टअप उद्यमशीलताले फस्टाउने मौका पायो ।

हामीकहाँ पनि पीईभीसीहरु खुलेका छन् । उनीहरुले लगानीसँगै नवीन सोचलाई बढावा दिन सहयोग गर्ने काम पनि गरिरहेका छन् । तर, उनीहरुले मात्र गरेर पुग्दैन । स्टार्टअप उद्यमीहरु आफ्नो उद्यमका लागि प्रस्ताव लिएर पीईभीसीसम्म पुग्नुपर्छ र लगानी पाउन सक्षम पनि हुनु पर्छ । उनीहरुलाई त्यहाँसम्म पु¥याउने भूमिका फेरि निजी क्षेत्र र सरकारी तवरबाट हुने कार्यक्रमहरु नै हुन् । स्टार्टअप मार्केट देशभित्र सीमित हुँदैन, अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छ, देशभित्र र बाहिरबाट पनि ठूलो लगानी भित्रिन सक्छ भन्ने जस्ता कुरा उद्यमीलाई थाहा दिने दायित्व उनीहरुको हो ।

नेपालमा कुन क्षेत्रका स्टार्टअपहरु सफल भएका छन् भन्ने कुराको यकिन तथ्यांक छैन । जुनसुकै क्षेत्रमा पनि नवीन सोचका साथ सिर्जनशील भएर उद्यम गरेको खण्डमा सफल हुन सकिन्छ । भारत र चीन जस्ता विश्वमै सबैभन्दा धेरै जनसंख्या भएका मुलुक हामीसँग जोडिएका छन्, हाम्रो लागि बजार त्यँहा लक्षित हुन जरुरी छ । त्यसकारण क्षेत्रभन्दा पनि सोच महत्वपूर्ण कुरा हो । नवीन सोच (इनोभेसन) जुनसुकै क्षेत्रमा आउन सक्छ । त्यसका लागि उद्यमशील बन्ने दृढता हुनुपर्छ । नयाँ ढंगले उद्यमशीलता गर्छु र उद्यम क्षेत्रमा स्थापित हुन्छु भन्ने अठोट हुनुपर्छ ।

( इमान जर्नलमा प्रकाशित अंश)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij