२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सम्भावित खाद्यान्न सङ्कट र कृषि उत्पादनमा प्राविधिक सहयोग : अहिलेको आवश्यकता

सम्भावित खाद्यान्न सङ्कट र कृषि उत्पादनमा प्राविधिक सहयोग : अहिलेको आवश्यकता

राजन गैरे, कार्यकारी प्रमुख, नेपाल एग्रो लाईभ प्रा लि, ललितपुर

नेपाल यतिबेला कोरोनाको सम्भावित जोखिमको कारण पूर्ण रुपमा लकडाउनमा छ । तत्कालको लागि कोरोनाको त्रास र लकडाउनको अवस्थाले जति अप्ठ्यारो परिस्थिति सृजना भएको छ, अहिले नै लकडाउन र कोरोना नियन्त्रण पश्चात् सृजना हुने अवस्थाको बारेमा सोचेनौं भने त्यो परिस्थिति समेत हाम्रो लागि निकै कष्टकर हुने देखिएको छ । यद्यपि अहिले सम्म यस गहन विषयमा भने कसैको पनि ध्यान जान सकेको छैन ।

अहिले नै बजार कारण सबै किसिमका कामहरु अवरुद्ध बनेका छन् । यस्तो अवस्थामा नेपालमा लकडाउनको कारण असर कोरोनाको भन्दा अझ बढी पर्ने देखिएको छ । इतिहासमै पहिलोे पटक सबै कामधन्दाहरुलाई थाती राखेर घर भित्र नै सीमित भएको सम्भवतः पहिलो पटक नै हुनुपर्छ । यसरी सबै कामलाई थाती राखेर तत्कालको सतर्कता अपनाउनु अहिलेको परिस्थितिको लागि त राम्रो हुने देखिएको छ । यसको अलावा अब उत्पन्न हुन सक्ने भावी परिस्थितिलाई पनि अहिले नै सोच्नुपर्ने जरुरी समेत देखिएको छ ।

कोरोना भाइरस अहिले विश्वको लागि ठूलो चिन्ताको विषय बनेको छ । यसमा हामी सबै सजग रहनैपर्छ । यद्यपि कोरोनाको सङ्कट क्षति हुन सक्ला तर कोरोना सङ्कट पश्चात् आउन सक्ने आर्थिक मन्दीको असर हाम्रो लागि अझ भयावह हुन सक्ने देखिएको छ ।

मानिसको लागि खाद्यान्न सबैभन्दा पहिलो आवश्यक वस्तु हुन जान्छ । यसको लागि अहिले देखि नै हामीले तयारी गरेनौं भने यो हाम्रो लागि ठूलो सङ्कटको रुपमा देखा पर्न सक्छ । हामीले भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । नेपालमा यस परिस्थितिलाई विचार गर्दै तत्काल नै त्यस सम्बन्धमा आवश्यक पहल गर्नुपर्ने जरुरी देखिएको छ ।

नेपाललाई अहिले पनि कृषिप्रधान मुलुकको रुपमा नै चिनिन्छ । यद्यपि हाम्रोमा कृषिको उत्पादकत्व अहिले घटेको छ । यसका पछाडि विविध कारणहरु छन् । प्राविधिक समस्याहरु छन् । दक्ष जनशक्तिको अभाव, बिऊमल, कृषि प्रविधिको अभाव, कृषि माथिको परनिर्भरता, राज्यको प्राथमिकतामा नपर्नु लगायत । जुन हाम्रा बाध्यता हुन् । यद्यपि यतिबेला भने विगतमा रोजगारीको खोजीमा विदेशिएका र शहर पसेका थुप्रै युवाहरु गाउँ फर्किएका छन् । शहरी क्षेत्रमा रहेका पनि नियमित कामधन्दा बन्द भएपश्चात् मानिसहरु कोठामा नै सीमित हुनुपरेको छ । यस्तो अवस्थामा सम्भव भएसम्म सुरक्षित तवरले उर्वर बाँझा जग्गामा खेती गर्ने परिस्थिति सृजना गर्न राज्यले आवश्यक पहल गर्नुपर्ने जरुरी देखिएको छ ।

काठमाडौं उपत्यकामा समेत मुख्य शहरी क्षेत्र बाहेक बाह्य क्षेत्रमा केही प्लटिङ गरेकै भएपनि बाँझा जग्गाहरु छन् । ती क्षेत्रमा कृषिजन्य वस्तुहरु रोप्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्ने जरुरी देखिन्छ । यस कार्यमा नेपाल सरकारले युवाहरुलाई प्रोत्साहित गर्नु जरुरी छ । यसको लागि नेपाल सरकारले यसरी काम गर्न चाहने युवाहरुलाई प्राविधिक सहयोग र प्रविधिको प्रयोगलाई जोड दिनु जरुरी रहन्छ । साथै कृषिलाई व्यावसायिकरण गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई थप प्रोत्साहित गर्न विभिन्न पहल गर्नुपर्ने जरुरी समेत छ ।

यसको अलावा कृषि क्षेत्रमा नयाँ उद्यमीहरुलाई आकर्षित गर्नको लागि खाद्यान्नको भण्डारण, आपत्कालिन संकलन केन्द्र स्थापना, सुरक्षा सम्बन्धमा आवश्यक परामर्श एवं सहयोग, रोग र कीराबाट बचाउने उपायहरु अबलम्बन, मौसम र ठाऊँको प्रकृति अनुसार बालीको छनौट तथा परामर्श लगायतका विभिन्न प्राविधिक एवं भौतिक सहयोग उपलब्ध हुन सकेको खण्डमा कृषि उत्पादन बढाउन सकिन्छ । यसको अलावा अहिलेको परिस्थितिमा कृषि क्षेत्रमा धेरै जनशक्ति परिचालन गर्नु भन्दा पनि कृषि उत्पादकत्व बढाउन सकिने किसिमले कृषिजन्य मेसिनरीको प्रयोगलाई जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।

सामान्य अवस्थामा त नेपाली कृषकहरु सहज रुपमा आवश्यक सामाग्रीहरु संकलन गरी कृषि कार्यमा संलग्न हुन सक्ने अवस्था छैन भने अहिलेको संकटको घडीमा त कृषकहरुले त्यस किसिमका सबै व्यवस्था गर्न सक्ने अवस्था नरहन सक्छ । यस्तो कुरालाई विचार गर्दै हाम्रो आवश्यकता र आउन सक्ने खाद्य सङ्कटलाई पार लगाउन सक्ने किसिमले कृषिजन्य वस्तुहरु उत्पादनमा नेपाल सरकारकै अग्रसरतामा तत्काल कृषि क्षेत्र प्रवद्र्धन तथा उत्पादकत्व अभिवृद्धि कार्यक्रम तत्कालै सञ्चालनको पहल गर्नु जरुरी छ । यदि नेपाल सरकारले आफैं तत्काल त्यो कार्य गर्न सक्दैन भने यसमा निजी क्षेत्रको समेत सहयोग लिनुपर्ने अवस्था आउन सक्छ । कृषि सँग आवश्यक परामर्शको लागि समेत हामीले प्रविधिको प्रयोगलाई जोड दिन सकिन्छ । यसबाट कृषक र प्राविधिक दूरीको हिसाबले टाढै भएपनि आवश्यक सेवाहरु प्रवाह गर्ने माध्यम बन्न सक्छ ।

ग्रामीण क्षेत्र सम्म नै अहिले इन्टरनेट तथा अन्य अन्य सञ्चार तथा प्रशारण माध्यमहरुको पहुँच विस्तार भइसकेको र अधिकांश मानिसहरु ती साधनहरुमा अभ्यस्त समेत भइसकेको अवस्थामा कृषि क्षेत्रमा समेत प्रविधिको प्रयोगलाई विशेष जोड दिनु जरुरी छ । श्रव्यदृश्य सामाग्री, रेडियो, टेलिभिजन, अनलाइन मिडिया, सामाजिक सञ्जाल, मोबाइल एप्स, टेलिफोन लगायतका माध्यमलाई प्रयोगमा ल्याउँदै कृषिमा स्मार्ट टेक्नोलोजीको प्रयोगलाई प्रवद्र्धन गर्ने कार्यको निम्ति हामीले महान अवसरको रुपमा समेत अहिलेको परिस्थितिलाई प्रयोगमा ल्याउन सक्छौं । जुन कृषि क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउने कोरोना भाइरसले सृजना गरेको सुवर्ण अवसर पनि बन्न सक्छ ।

कृषिप्रविधि विज्ञ राजन गैरेका अनुसार अबको सम्भावित खाद्य सङ्कटलाई ध्यानमा राखी तत्काल नेपाल सरकारको सक्रियतामा निम्न पहल गर्नुपर्ने आवश्यकता छ ।
१, अहिले लगाएको बालीमा लागेका रोग किरा इलेक्ट्रिक माध्यमबाट प्राबिधिक सहयोगमा रोकथाम गरिनुपर्छ।
२, अहिलेको तरकारी बजारीकरणको लागिemergency collection centre बनाइनु पर्छ।
३, कृषि जन्य उत्पादन हरुलाई स्थानीय सरकारले नै प्रत्यक वार्डमा आवश्यकता अनुसार स्टल राखी बिक्री वितरण गर्ने व्यवस्था गनुृपनर्छ ।
४, कोरोना पछि आउने आर्थिक समस्यालाई लक्षित गरी अहिले नै किसानलाई उत्पादनमा सहयोग हुने गरी इलेक्ट्रिक कार्ययोजनासँग सम्बन्धित भनाई प्रत्येक कृषकको मोबाइलमा पठाउने व्यवस्था गर्नुपर्छ ।
५, कोरोना भाइरसको रोकथाम पछि माथिको ४ न। बुँदामा उल्लेख गरेबमोजिम कार्य भएनभएको बारे बजार अध्ययन गर्नुपर्छ । यसको लागि कृषि तथा भेटनरीका प्राबिधिकहरुलाई कृषकको घरघरमा परिचालित गर्नुपर्छ । प्राबिधिक नपुगेको ठाउँमा प्राइभेट सेक्टरसँगको समन्वयमा ९जस्तैस् नेपाल एग्रो लाईभ प्रा लि लगायतका प्राविधिक सेवा प्रदायक म्पनीहरुबाट० दैवीप्रकोप बाहेकका जिम्वेवारी दिएर उत्पादन गर्न लगाउनुपर्छ ।
अन्त्यमा,
६, उत्पादनमूलक कार्यमा लकडाउन नलगाइ सुरक्षित तवरले काम गर्न सकिने व्यवस्था मिलाउनु जरुरी रहन्छ ।

राहत वितरण सम्बन्धमा गैरेको धारणा

अहिलेको अवस्थामा जुन–जुन संस्थाहरुले कृषिजन्य राहत सामाग्री वितरण गरिरहेका छन्, त्यस्ता सामानहरु वितरण गर्ने क्रममा पनि नेपालमा उत्पादित सामाग्री तथा उपकरणलाई नै पहिलो प्राथमिकतामा राख्नु जरुरी रहन्छ । जसबाट नेपालको कृषि क्षेत्रमा संलग्न व्यक्तिहरुलाई थप प्रोत्साहन मिल्न सकोस् । उनीहरुको मेहनतको समेत कदर होस् ।
यसको अलावा अहिले नेपालमा कोरोना संक्रमणको परिस्थितिमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुले राहत वितरण गरिरहेका छन् । यद्यपि उक्त राहत कि त सम्पन्न पहुँचवाला परिवारमा पुगेको छ । कि त निम्न वर्गलाई । यद्यपि विगतका घटनाहरुलाई हेर्दा यस्ता सहयोग कार्यक्रमको लाभ धेरैजसो अवस्थामा मध्यमवर्गीय कृषि परिवारमा पुग्न सकेको पाईंदैन । खासगरी मध्यमवर्गीय कृषि पेशामा संलग्न व्यक्तिहरु राहत सुविधाबाट सधैंजसो वञ्चित नै रहँदै आएका छन् । अबका दिनमा ल्याइने यस्ता राहत प्याकेजमा श्रममूलक मध्यमवर्ग समेतलाई समेट्ने तर्फ सरकारको विशेष ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij