२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदरबारमै हुने

शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदरबारमै हुने

  • आइतबार, कार्तिक १६ २०८२

 

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अबदेखि मन्त्रालयको नियमित कामकाज सिंहदरबारबाटै सुरु गरेका छन्।

जेनजी विद्रोहका क्रममा आन्दोलनकारीले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा क्षति पुर्‍याएपछि कामकाज लैनचौरस्थित केशरमहलबाट सञ्चालन हुँदै आएको थियो।

सिंहदरबारस्थित कार्यालय पुनः मर्मत र व्यवस्थापनपछि सञ्चालनयोग्य बनेपछि मन्त्री पुनले त्यहीँबाट काम सुरु गरेका हुन्।

मन्त्री पुन असोज ६ गते शिक्षामन्त्री बनेका थिए र असोज ७ गतेदेखि केशरमहलस्थित अस्थायी कार्यालयबाट मन्त्रालयको कामकाज सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij