२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

व्यवस्थित र योजनावद्ध विकास नै हाम्रो आवश्यकता हो: ई. विष्णु प्रसाद खनाल

व्यवस्थित र योजनावद्ध विकास नै हाम्रो आवश्यकता हो: ई. विष्णु प्रसाद खनाल

ई. विष्णु प्रसाद खनाल (-B.E, M.Sc in Project management, Disaster manage|ment, Ph. D Scholar)

प्रबन्ध निर्देशक, पेस कन्सल्ट्याण्ट प्रा. लि.

पेस कन्सल्ट्याण्ट एक पुरानो, अनुभवी र व्यावसायिक ईन्जिनियरिङ्ग फर्म हो । यस फर्मले नेपालका ठूलो क्षमताका भवन निर्माणको क्रममा आवश्यक डिजाईन, नक्साङ्कन, वातावरणीय प्रभाव, डिपिआर, मास्टर प्लान लगायतका परामर्श सेवाहरुमा आफूलाई समर्पित गराउँदै आएको छ । नेपाल सरकार अन्तरर्गतका, पुननिर्माण (CLPIU), नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालय, TU IOM Medical College, World Bank, Save the Children लगायत शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतका थुप्रै महत्वपूर्ण कामहरु सम्पन्न गरेको यस कम्पनीले गुणस्तरीय र व्यवस्थित विकास अवधारणा बमोजिम आफ्नाे क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

अनुभवी र क्षमतावान् ईन्जिनियर विष्णु प्रसाद खनालको नेतृत्वमा सञ्चालन हुँदै आएको यो कम्पनी विगत २ दशक पहिले स्थापना भएको हो । पछिल्ला दिनहरुमा यो कम्पनीले मुख्यतः  भवन निर्माण क्षेत्रमा केन्द्रित रही आफ्नाे सेवा उपलब्ध गराउँदै आएको छ । वि.सं २०७२ को भूकम्पपश्चात् थुप्रै घरहरुको रेट्रोफिटिङ्ग गराई घरलाई कम लागतमा बलियो बनाउने कार्यमा यस कम्पनीले महत्वपूर्ण योगदान पुर्याएको छ ।

मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको यो कम्पनीले आफ्ना गतिविधिहरु हाल पुननिर्माण प्राधिकरण अन्तरगतको CLPIU- Education-ADB को आर्थिक सहयोगमा सञ्चालित परियोजना) अन्तरगत विद्यालय भवनहरु पुननिर्माणको लागि डिजाईन तथा सुपरभिजन सम्बन्धी कार्यमा केन्द्रित  छ । विद्यालय भवन हेर्ने CLPIU-Education अन्तरर्गतको उक्त प्रोजेक्टमा यस कम्पनीले करिब १ सय ५० भन्दा बढी इन्जिनियरहरुलाई काममा खटाएको छ ।

व्यवस्थित विकासमा ईन्जिनियरिङ्ग क्षेत्रको भूमिका सम्बन्धमा ई. विष्णु प्रसाद खनालको धारणाः

व्यवस्थित विकासमा ईन्जिनियरिङ्गको भूमिका
व्यवस्थित विकास अवधारणालाई सार्थक बनाउन ईन्जिनियरिङ्ग क्षेत्रको भूमिका महत्वपूर्ण रहने गर्छ । नेपाललाई पनि विकासको दिशामा अघि बढाउन ईन्जिनियरिङ्ग क्षेत्रलाई अझ मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने हुन्छ । पछिल्ला वर्षहरुमा ईन्जिनियरिङ्गको आवश्यकता नेपाल सरकारका सबैजसो निकायले महसुस गरिसकेको अवस्था छ । यद्यपि दिगो विकास अवधारणा बमोजिम हाम्रा गतिविधिहरु भने अझै पनि अघी बढ्न सकेका छैनन् ।

नेपालमा आएको २०७२ को भूकम्पपश्चात् भने सबै तहका व्यक्तिहरुले आवश्यक मापदण्डहरु पूरा गरेर मात्र भवनहरु निर्माण गराउँदै आएका छन् । भूकम्पले मानिसहरुलाई आफ्नो बासस्थान निर्माण गर्दा हेलचेक्र्याईं गर्न हुँदोरहेनछ भन्ने शिक्षा दिएको छ ।

परामर्शदाताको आवश्यकता प्रति बढ्दो सचेतना
‘म नेपालमा विगत अढाई दशक देखि ईन्जिनियरिङ्ग परामर्श क्षेत्रमा संलग्न रही काम गर्दै आएको छु । यस क्षेत्रमा लामो समय देखि काम गर्ने क्रममा विगतका दशकहरुको तुलनामा व्यवस्थित विकास कार्य अघि बढेको अवस्था छ । मेरो अनुभवमा २ दशक पहिले ईन्जिनियरिङ्ग परामर्शदाताको रुपमा यो कम्पनी काम शुरु गर्दा निर्माण गरिने सडक, पुल लगायतका विकास कार्यहरुको लागि परामर्शदाता ईन्जिनियरिङ्गहरुको सहयोग लिने अवस्था अत्यन्तै कम थियो । त्यसमा पनि भवन निर्माण कार्यको लागि परामर्शदाताहरुको सहयोग लिनुपर्छ भन्ने अवस्था त अत्यन्तै न्यून थियो । त्यही समयमा भवन निर्माण क्षेत्रलाई मुख्य आधार बनाउँदै हाम्रो यात्रा अघि बढायौं । भुकम्प पश्चात् भने भवन निर्माणको क्रममा ईन्जिनियरसँग परामर्श बमोजिम नै भवन निर्माण गर्नुपर्ने चेतना सबैमा विकास भएको छ । राज्यले समेत अहिले यस सम्बन्धी विशेष जोड दिँदै आएको छ’ कम्पनीका प्रबन्ध निर्देशक खनालले बताउनुभयो ।

अहिलेको अवस्था 
नेपालमा आएको २०७२ को भूकम्पपश्चात् भने सबै तहका व्यक्तिहरुले आवश्यक मापदण्डहरु पूरा गरेर मात्र भवनहरु निर्माण गराउँदै आएका छन् । भूकम्पले मानिसहरुलाई आफ्नो बासस्थान निर्माण गर्दा हेलचेक्र्याईं गर्न हुँदोरहेनछ भन्ने शिक्षा दिएको छ । साथै २०७२ मा आएको ठूलो भूकम्पले समेत भवन निर्माणको क्रममा आवश्यक मापदण्ड पूरा गरी बनाईएका भवनहरुमा भूकम्पको प्रभाव कम पर्दो रहेछ भन्ने कुरा पुष्टि भएको छ ।

भवननिर्माणमा वस्तुस्थिति अध्ययनको महत्व 
भवननिर्माण गर्दा त्यहाँको वस्तुस्थिति बारे राम्रोसँग अध्ययन गर्नुपर्छ । भवन निर्माणको लागि तयारी गर्न लागिएको ठाउँको माटो कस्तो छ ? त्यहाँको भौगोलिक अवस्थिति कस्तो छ ? घाम, पानीले पार्ने असर कस्तो हुन सक्छ ? भन्ने जस्ता कुरामा विचार गर्न अनुभवी ईन्जिनियरको सहयोग लिनुपर्ने हुन्छ । खुसीको कुरा भनेको अहिले नेपालमा भवन निर्माण गर्ने क्रममा माटोको परीक्षण गरेर मात्र भवन निर्माण गर्ने परम्परा विकास भएको छ । ईन्जिनियरले भौगोलिक अवस्थिति निरीक्षण र जाँचबुझको अलावा प्रयोगशालामा परीक्षण गरेर उपयुक्त हुने देखिएमा स्वीकृति प्रदान गर्दछन् । यसरी सबै प्रक्रिया पूरा गरेर निर्माण गरिने संरचनाहरु तुलनात्मक रुपमा बलिया र स्थायी हुन सक्छन् ।

ईन्जिनियरको क्षमता विकासमा जोड दिउँः
ईन्जिनियरिङ्ग क्षेत्रलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता छ । यस क्षेत्रमा पनि केही समस्याहरु छन् । कतिपय समस्या सही तथ्यको जानकारीको अभावको कारण सृजना हुने गरेका छन् । कामलाई राम्रो तवरले सम्पन्न गर्ने मनसाय हुँदाहुँदै पनि नयाँ विकास भएका प्रविधि र सफ्टवेयरहरु बारे सबै ईन्जिनियर जानकार नहुन सक्छन् । अहिलेको समय प्रविधिको समय हो । प्रविधिको प्रयोगबाट कामलाई छिटो, सहज र गुणस्तरीय रुपमा सम्पन्न गर्न सकिन्छ । इन्जिनियरिङ क्षेत्र आफैं प्राविधिक क्षेत्र समेत भएकोले यस क्षेत्रबाट हुने कामहरुलाई प्रविधिमैत्री बनाउनु जरुरी रहन्छ । यसको लागि ईन्जिनियरिङ्ग परामर्श सेवामा संलग्न व्यक्तिहरुलाई क्षमता अभिवृिद्ध एवं नयाँ विकसित प्रविधिमा अभ्यस्त बनाउन सहयोग पुग्ने किसिमले तालिम, गोष्ठीहरु सञ्चालन गर्नुपर्ने जरुरी समेत रहन्छ ।

शिक्षा भन्दा अनुभव महत्वपूर्ण हुन्छ
पछिल्ला बर्षहरुमा नेपालमा ईन्जिनियरिङ्ग क्षेत्रमा नयाँ पुस्ताका युवाहरुको प्रवेश ठूलो मात्रामा बढेको छ । ईन्जिनियरिङ्ग क्षेत्रमा प्रवेश गर्नका लागि औपचारिक शिक्षाले सामान्य अवधारणा मात्र दिन्छ । त्यसलाई व्यवहारमा लागु गर्ने कार्य अनुभवमा निर्भर रहन्छ । अध्ययनले व्यक्तिलाई टाढासम्म सोच्नको लागि मष्तिष्कीय दायरालाई फराकिलो बनाईदिने काम त गर्छ नै । वास्तविक धरातललाई यथार्थ रुपमा बुझ्न र सोहीबमोजिम कार्यगत रुपमा उपलब्धि हासिल गर्नको लागि भने अनुभव नै बढी महत्वपूर्ण हुने गर्छ । यसकारण व्यक्तिको अनुभवले उसको कार्यदक्षतालाई समेत प्रतिनिधित्व गर्दछ । यसकारण ईन्जिनियरिङ्ग क्षेत्रमा औपचारिक कार्यक्रम पूरा गरेर कार्यगत रुपमा प्रवेश गर्न चाहने नवप्रवेशी युवाहरुले आफ्नो कामलाई गुणस्तरीय र प्रभावशाली बनाउनको लागि औपचारिक अध्ययन पश्चात् केही समय अनुभवी ईन्जिनियरिङ्ग फर्ममा काम गरेर आफ्नो कार्यदक्षतालाई बढाउनु जरुरी रहन्छ ।
सेवाग्राही पनि जागरुक हुनुपर्छ
हरेक सेवाग्राही आफ्नो लागतको अनुपातमा उच्च प्रतिफलको अपेक्षा गर्दछन् । जुन स्वभाविक हो । यद्यपि कतिपय सेवाग्राहीहरु आफ्नो कामलाई सम्पन्न गर्नको लागि कस्तो प्रकृतिका जनशक्ति आवश्यक छन् भन्ने सम्बन्धमा भने खासै जानकार रहेको पाईंदैन । कामलाई उच्च प्रतिफलमुखी बनाउनका लागि जनशक्ति माग गर्ने समयमा नै आफूलाई कस्तो क्षमताका जनशक्ति आवश्यक पर्छन् भन्ने कुरामा सबैभन्दा पहिले सेवाग्राहीले जानकारी हासिल गरेर मात्र आफ्नो काम अघि बढाउनुपर्छ । सही जनशक्तिको परिचालनबाट मात्रै हाम्रो काम बढी प्रतिफलमुखी हुन सक्छ ।

व्यवस्थित शहरीकरणको आवश्यकता
व्यवस्थित विकासको लागि ईन्जिनियरिङ्ग क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । अहिले सम्म नेपालमा हाम्रो विकास अवधारणा अझै पनि व्यवस्थित बन्न सकेको छैन । यसलाई व्यवस्थित गर्न राज्य पक्षले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी देखिन्छ ।

मुख्य समस्या 
नेपालमा सम्पन्न हुने अधिकांश निर्माण आयोजनाहरु छिटो सम्पन्न हुने र गुणस्तर पनि कमजोर हुने देखिएको छ । यसो हुनुमा विभिन्न कारणहरु भएपनि हाल मुख्य कारणको रुपमा परामर्शदाता तथा निर्माण व्यवसायीले जसरी पनि काम हात पार्ने मनसायले लो विडिङ्ग गरी प्रस्ताव पेश गर्नु नै देखिएको छ । राज्यले लो विडिङ्गलाई नै अन्य पक्षहरु विचारै नगरी जिम्मेवारी सुम्पनु ठूलो समस्या बन्न पुगेको छ । यसबाट कामको गुणस्तरीयतामा सुधार आउन सक्दैन भन्ने कुरा राज्यले पनि बुझ्नुपर्छ ।

कम लागतमा कामको जिम्मेवारी दिँदा सम्पन्न गरिने काममा प्रयोग गरिने जनशक्ती तथा सामाग्रीहरु पनि तुलनात्मक रुपमा कम लागतकै हुन सक्छन् । जुन अस्वभाविक होईन । यसकारण हाम्रा समस्याहरुलाई सुधार गर्दै परामर्शदाता, निर्माण व्यवसायी र सेवाग्राहीको आपसी समन्वयमा सम्पन्न गरिने आयोजनाहरुलाई कसरी बढी गुणस्तरयुक्त बनाउने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । परामर्शदाता तथा व्यवसायी छनोट गर्दा सबै भन्दा कम लागत पेश गर्ने र सबै भन्दा बढी लागत पेश गर्ने मध्येबाट प्रतिष्पर्धा गराई बीचको मूल्य पेश गर्नेको बीचमा तुलनात्मक बनाई परामर्श तथा निर्माण व्यवसायीको छनौट गर्दा अझ बढी प्रभावकारी रुपमा गुणस्तरीय काम सम्पन्न गर्न मद्दत पुग्छ भन्ने कुरामा राज्यले विचार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij