२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

विद्युतीय सवारी साधनको बिमा सम्बन्धी स्पष्ट, पारदर्शी नीति आवश्यक छः नाडा

विद्युतीय सवारी साधनको बिमा सम्बन्धी स्पष्ट, पारदर्शी नीति आवश्यक छः नाडा

  • शनिबार, बैशाख ६ २०८२

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठसहितको टोली र बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाबिच भेट भएको छ । भेटमा विद्युतिय सवारी साधनहरुको बिमा नीतिका सम्बन्धमा छलफल गरेको छ ।

छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बिमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बिमा सम्बन्धमा स्पष्ट, पारदर्शी नीति निर्माणको आवश्यकता रहेको बताए । विद्युतिय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखे ।

प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बिमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ । प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।

विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij