२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

विकास निर्माण र समृद्धिले मुहार फेर्दै मेलुङ्ग गाउँपालिका

विकास निर्माण र समृद्धिले मुहार फेर्दै मेलुङ्ग गाउँपालिका

हिरा कुमार तामाङ , अध्यक्ष, मेलुङ गाउँपालिका (दोलखा)

हिरा कुमार तमाङ लामो समय देखि नेकपा (एमाले) मार्फत राजनीतिमा संलग्न रहँदै आएका व्यक्ति हुन् । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष रहेका उनले पार्टीका विभिन्न कमिटीहरुमा रहेर जिम्मेवारी वहन गरिसकेका छन् । उनी वि.सं २०६४ मा नेकपा (एमाले) दोलखा जिल्ला कमिटी अध्यक्ष बनेका थिए । जनयुद्धको समयमा २०५९ असोजमा उनी माओवादीको अपहरणमा समेत परे । करिब ३ वर्ष माओवादीको कारण कर्म क्षेत्रबाट विस्थापित समेत भए । राजतन्त्रको समापन पछि उनी पुनः गाउँमा फर्किएर निरन्तर एमालेसँग निकट रही राजनीतिमा संलग्न रहँदै आएका छन् ।

मेलुङ गाउँपालिकाको पृष्ठभूमी
नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गमस्थलः शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ । साविकको मेलुङ, भेड्पु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछन् । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साविकको पवटी गा.वि.स.(१–९ )लाई वडा नं.–१, घ्याङ सुकाठोकर गा.वि.स.(१–४ ) लाई वडा नं.–२, घ्याङ सुकाठोकर गा.वि.स.(५–९) लाई वडा नं.–३, भेडपु गा.वि.स.(१–९ )लाई वडा नं.–४, डाँडाखर्क गा.वि.स.(२–६,८)लाई वडा नं.–५, डाँडाखर्क गा.वि.स.(१, ७, ९) र मेलुङ (६,८,९,) लाई वडा नं.–६ र मेलुङ (१–५, ७) लाई वडा नं.–७ बनाइएको छ ।

जनजनमा आश भएको पार्टी हो नेकपा (एमाले

नेकपा (एमाले)ले बोकेको सिद्धान्त कमजोर होइन र छैन । तर पार्टीले अवलम्बन गरेका सिद्धान्तलाई अक्षरसः पालना गर्ने सम्बन्धमा केही कमजोरी हुँदा समाजलाई सही दिशामा गतिशिल बनाउन सकिएको छैन । अहिले मुलुकले महत्वपूर्ण राजनीतिक क्रान्तिहरु सम्पन्न गरिसकेको छ । अब आर्थिक र सामाजिक क्रान्तिको पक्षमा वकालत गर्नुपर्नेछ । जसबाट सुशासन र न्यायमा आधारित समृद्धि प्राप्ति हुन सकोस् । साथै हामीले जनताको जीविकोपार्जनमा सुधार आउन सक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने र स्वावलम्बी अर्थतन्त्र निर्माणको लागि प्रयाप्त काम गर्नुपर्नेछ ।

आर्थिक हिसाबले सम्पन्न गाउँपालिका हो मेलुङ
अब हामी आर्थिक विकासमा केन्द्रित नभई राजनीतिक र वैचारिक आधारहरुलाई साकार पार्न सकिँदैन । दलाल पुँजीवादलाई निस्तेज गर्दै समाजवादी अर्थव्यवस्था कायम गर्नु अहिलेको आवश्यकता हो । सिद्धान्तलाई व्यावहारिक ढङ्गले लागु गर्ने सम्बन्धमा सीप, पुँजी, प्रविधि र आधुनिक विकासलाई जनताको माझमा पु¥याउने गरी स्थानीय सरकारहरुले भूमिका निर्वाह गर्नुपर्छ । जसबाट ‘समृद्ध नेपाल ः सुखी नेपाली’को अवधारणा साकार हुन सकोस् ।

म दोलखाको मेलुङ गाउँपालिकाको नेतृत्वमा छु । सम्पूर्ण मेलुङबासी जनतालाई सुखी र खुसी तुल्याउने अभियानमा म सहितको नेतृत्व निरन्तर लागिरहेको छ । तथापि हाम्रा विभिन्न बाध्यताहरु छन् । सीमाहरु छन् । अहिले हामीले राष्ट्रिय बजेट निर्माण गर्दा नै झण्डै आधा हिस्सा वैदेशिक सहयोगमा आश्रित हुने किसिमले निर्माण गर्नुपर्ने स्थिति छ । हाम्रो ग्राहस्थ उत्पादन कमजोर अवस्थामा छ । हाम्रो अर्थनीति अत्यन्तै विकसित देशहरुले अवलम्बन गरेअनुसार छ । जुन हाम्रो वातावरण र परिस्थिति भन्दा भिन्न छ । हामीले विदेशी सहयोगी राष्ट्रहरुका सर्त भित्र रहेर हाम्रा नीतिहरु निर्माण गरिरहेका छौं । यसले सबै वर्गलाई लाभ पुग्न सकेको छैन । हामीले जनतालाई प्रत्यक्ष रुपमा उत्पादन र लगानी क्षेत्रमा संलग्न गराउन सकेका छैनौं । साना उद्यमीलाई प्रोत्साहन नगर्दा नेपालको पुँजी बाहिरिने वातावरण बनेको छ ।

अहिले सम्म हामीले पूर्वाधारमा आधारित भौतिक समृद्धिलाई नै समृद्धि मान्दै आएका छौं । मानिसको जीवनशैलि, गुणात्मक विकास, शिक्षा र चेतनामा भएको वृद्धि, स्वास्थ्य स्थिति, पोषणयुक्त खाना, हामीले गर्ने व्यवहार, संस्कार, निद्रा स्थिति लगायतका सामाजिक र गुणात्मक पक्षहरु हाम्रो विकासको परिभाषाभित्र समेटिन सकेका छैनन् । मानिसको चेतनामा नै विकास नभई गरिएका अन्य विकासले हाम्रा आवश्यकताका सम्पूर्ण आयामहरुलाई सम्बोधन गर्न सक्दैनन् । साथै विकासमा जनताले अपनत्व महसुस गर्ने स्थिति समेत सृजना हुन सक्दैन ।

भौतिक सुखले मात्रै हामीलाई सन्तुष्टि दिन सक्दो रहेनछ भन्ने कुरा अब हामीले बुझ्नुपर्छ । मानव विकास सम्बन्धमा कुरा गर्दा शिक्षित, योग्य, नैतिक र चारित्रिक नागरिक निर्माणमा हामीले विशेष जोड दिनुपर्छ ।

मेलुङ गाउँपालिका स्वास्थ्यको हिसाबले समेत मजवुत
मेलुङ गाँउपालिकाको विशेष पहलमा मोतियाविन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जसबाट ५० जना ज्येष्ठ नागरिकले आँखाको ज्योती फर्किएकोमा खुशी साटेका छन् ।

मोतियाविन्दुको कारण झण्डै चार बर्षदेखी हरेक समय अन्धकारमा बिताउनु भएको मेलुङ गाँउपालिका वडा नम्बर–३ घ्याङको ८९ बर्षिय दिलकुमारी कार्कीले आफु खेलेको, कुदेको बनपाखा र आफ्ना आफन्त परिवारलाई देख्न पाउँदा असाध्य धेरै खुशी लागेको बताउनु भयो । मेलुङ गाँउपालिका वडा नम्बर– ४ भेड्पुको कमला विकको खुशी पनि दिलकुमारीको भन्दा कम छैन । मोतियाविन्दुको कारण आँखाको ज्योती गुमेपछि आफुले हरेक दिन घाँस दाउरा गरेको बन पाखा पनि विरानो भएको थियो रकमलाले भन्नु भयो– शल्यक्रिया पछि आँखाको ज्योती फर्किएर त्यहि वनपाखाका हरियाली देख्न पाउँदा मन साह्रै आनन्दित भएको छ । तिलगंगा नेत्र विज्ञान संस्थान काठमाडौँ, मेलुङ गाँउपालिका, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स सर्जिकल आँखा सेन्टरको आयोजना तथा हिमालयन मोतियाविन्दु परियोजनाको सहयोगमा तीन दिनको लागि शल्यक्रिया कार्यक्रम मेलुङ गाँउपालिकाको विभिन्न वडाहरुमा राखिएको थियो । जसबाट ५० जना विरामी मध्ये ४७ जनाको मोतियाविन्दुको शल्यक्रिया र तीन जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको तिलगंगा नेत्र विज्ञान संस्थानको डाक्टर लिना बज्राचार्य सहित उपस्थिति टोलीले जनाएको छ ।

मोतियाविन्दुको शल्यक्रिया अघि गाँउपालिकाले सबै वडाहरुमा आँखा शिविर आयोजना गरेको र उक्त शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरु छनौट गरी तीनदिनसम्म मेलुङको त्रिभुवन माविमा शल्यक्रिया गरिएको मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार तमाङले बताउनु भयो ।

मोतियाविन्दुको शल्यक्रिया सामान्य कुरा हो, तर गाँउघरमा चेतनाको अभाव, शल्यक्रियावारे जानकारी नभएको र अस्पतालसम्म लगिदिने सहयोगीको अभावमा धेरै ज्येष्ठ नागरिकहरु अन्धकारमा बस्नुपर्ने अवस्था देखेर गाँउपालिकाको विशेष पहिलमा आँखा शिविर सहित मोतियाविन्दुको शल्यक्रिया गरिएको पालिका प्रमुख तमाङको भनाई छ । गाँउघरमा मोतियाविन्दुको समस्या जस्तै महिलाहरुमा पाठेघरको समस्या पनि जटिल रहेको पाइएकोले गाँउपालिकाले पाठेघर सम्बन्धि शिविर र आवश्यकता अनुसार पाठेघरको शल्यक्रिया गर्ने योजना समेतको शुरुवात गरेको कुरा अध्यक्ष तामाङ बताउँछन् ।

किसानलाई मालिक बनाउने उद्देश्यले साबुन उत्पादन तालिम
मेलुङ गाउँपालिका वडा नम्वर ३ मा १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडाका स्थानीय बेरोजगार महिला तथा युवाहरुको सहभागितामा निकै राम्रो काम भएको कुरा अध्यक्ष तामाङ बताउँछन् । गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले तालिमका सहभागिहरुलाई जुन उदेश्यले तालिममा सहभागी हुनुभयो, त्यो उदेश्यलाई पछ्याउँदै अगाडि बढ्नको लागि आग्रह गरेका छन् । उत्पादित साबुनको बजारीकरणका लागि पालिकाले गर्ने समन्वयमा आफू सधैं तयार रहेको भन्दै तालिमको लागि तालिम मात्र नभएर व्यावहारिक जीवनमै प्रयोग गर्न सकिने गरी सिक्नको लागि समेत अध्यक्ष तमाङको विशेष जोड रहेको छ । पालिकाले नयाँ कार्यक्रम सुरुवात गरि गरिबको रेखामुनि रहेका नागरिकलाई स्वदेशमै स्वरोजगार बनाउने उद्धेश्य सहित यस्ता कार्यक्रम संञ्चालन गरेको बताउनुभयो । सावुन बनाउन तालिम पालिकाले दिएको छ, यसैगरी अब आफूहरुले सधैभरी यस पालिकालाई प्रविधिलाई जोडेर यस क्षेत्रमा रहेका तमाम जनताको सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनामा आफूहरु रहेको समेत अध्यक्ष तामाङ बताउँछन् ।

मेलुङमा उत्पादन भएको साबुन दोलखाको अन्य पालिकामा निर्यात गर्ने गरि उद्यमी बन्न पालिका अध्यक्षको सबै बर्गलाई विशेष जोड रहेको छ । व्यावसायीक फर्म दर्ता गरेर सिपको प्रयोग गर्छु भन्नेको लागि नयाँ सिप, नयाँ बाटो र उद्यमी बन्न सहयोग पुगेको उनले बताए । ‘हेर्दा सामान्य कामजस्तो लागे पनि यस्ता तालिमलाई व्यवहारमा उतार्न सके यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन्, स्वास्थ्यका लागि पनि फाइदाजनक छनै , आफ्नै घर पाएक भएका हुनाले आर्थिक हिसाबले समेत यो अति नै उत्तम व्यवसाय समेत बन्न सक्छ, जसको माग सबैतिर छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij