२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपाल सहभागी हुँदै

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपाल सहभागी हुँदै

  • शनिबार, मंसिर ६ २०८३

 

काठमाडौं– यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएको छ । नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् ।

उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ । राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन् । कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन् । राई गिनिज वर्ल्ड रेकर्ड होल्डर खेलाडी हुन् । उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । यस्तै कर्माचार्यले छ फुल आइरनम्यान ट्राथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन् ।

दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन् । त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij