२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

लकडाउनमा वित्तीय सेवा प्रवाहका कठिनाइ र हाम्राे अनुभवः सहकारीकर्मी गाेपीनाथ घिमिरेकाे अन्तरवार्ता

लकडाउनमा वित्तीय सेवा प्रवाहका कठिनाइ र हाम्राे अनुभवः सहकारीकर्मी गाेपीनाथ घिमिरेकाे अन्तरवार्ता

गोपीनाथ घिमिरे, प्रमुख कार्यकारी अधिकृत

हाम्राे सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी जगतमा एक विश्वासिलो र प्रतिष्ठित संस्थाको रुपमा स्थापित संस्था हो । यस संस्थाले विषम परिस्थिति बीच पनि आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ । अहिले मुलुकमा लकडाउनको कारण अकल्पनीय परिस्थिति सृजना भएको छ । जसले गर्दा अन्य सबैजसो क्षेत्रहरु बन्द छन् । सबै क्रियाकलापहरु ठप्प छन् । आफ्नो बैंक खातामा रहेको रकम निकाल्न सकिने अवस्था छैन । जसले गर्दा मध्यमवर्गीय मानिसहरुको चुल्हो बल्न नसक्ने अवस्था सृजना भएको छ । यस्तो परिस्थितिमा पनि आफ्नो सेवालाई उत्कृष्ट ढंगले प्रदान गर्न यो सहकारी सफल छ ।

हाल देशका विभिन्न क्षेत्रमा १९ ओटा सेवा केन्द्र सञ्चालन गरी व्यापक रुपमा सेवा प्रवाह गर्दै आएको यस संस्थाले घरदैलो सेवा मार्फत सदस्यहरुको मन जित्न सफल छ । हँुदै आएको यस सहकारीले सेवाग्राहीलाई कठिन परिस्थितिमा उत्पन्न भएको असहज परिस्थितिलाई मध्यनजर गरी घरदैलो सेवा प्रवाह गरिरहेको छ ।

लकडाउन पश्चात् तत्काल नै सेवाग्राहीलाई पर्न सक्ने अप्ठ्यारोलाई लक्षित गरी यस संस्थाले गत चैत १३ देखि नै घरदैलो सेवा उपलब्ध गराउँदै आएको छ । जस अन्तरगत प्रति सदस्य ५ हजार रुपियाँ घर सम्म नै पु¥याइदिने व्यवस्था मिलाईएको छ । वैशाख १३ सम्म आइपुग्दा घरदैलो सेवाको १ महिना पूरा भएको छ । यस अवधिमा आफुहरुले संस्था मार्फत करिब १० हजार सदस्यहरुलाई घरदैलो सेवा प्रवाह गर्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपीनाथ घिमिरेले सेतोघर डट कमलाई बताउनुभएको छ ।

यस संस्थाले विषम परिस्थितिमा कसरी आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ भनेर बुझ्न संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपीनाथ घिमिरेसँग कुराकानी गरेका थियौं ।


प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः


अहिले तपाईंहरुले सेवाग्राहीहरुलाई कसरी सेवा प्रवाह गर्दै आइरहनुभएको छ ?
हामीले कठिन अवस्थामा सेवाग्राहीलाई समस्या पर्न सक्छ भन्ने कुरालाई ख्याल गरेर ऊहाँहरुलाई घरैमा नै पुगेर हाम्रा प्रतिनिधि मार्फत ५ हजार रुपियाँ सम्म तत्काल नै उपलब्ध गराउँदै आएका छौं । थप रकम आवश्यक परे सो व्यवस्था पनि हामीले मिलाएका छौं । आफ्नो खातामा रकम उपलब्ध नभएका ग्राहकहरुलाई पनि हामीले यो अवस्थामा हाम्रो सेवाबाट वञ्चित गराएका छैनौं । अहिले हामीले यसरी उपलब्ध गराएको रकमको भुक्तानी अवधि ३ महिना राखेका छौं ।

सेवा प्रवाह गर्ने क्रममा केही कठिनाईहरु पनि सामना गर्नुपरेको छ कि ?
हेर्नुस्, अहिलेको अवस्था हामी सबैको लागि कठिन अवस्था हो । यस अवस्थामा सेवा प्रवाह गर्ने कार्य अत्यन्तै कठिन छ । कठिन परिस्थितिको वावजुद पनि सेवाग्राहीको हितलाई ध्यानमा राखेर नै हामीले सेवा प्रवाह कार्य अघी बढाएका हौं ।
पछिल्लो समय ५-६ दिन पहिले देखि भने हामीलाई आवागमनमा समस्या सृजना भएको छ । अहिले सम्म हाम्रा २ जना कर्मचारीहरुले प्रहरीबाट समस्या भोग्नुपरेको छ । कर्मचारी ६ घण्टा सम्म प्रहरीको नियन्त्रणमा रहनुपरेको छ ।

हामीले कठिन अवस्थामा सेवाग्राहीलाई समस्या पर्न सक्छ भन्ने कुरालाई ख्याल गरेर ऊहाँहरुलाई घरैमा नै पुगेर हाम्रा प्रतिनिधि मार्फत ५ हजार रुपियाँ सम्म तत्काल नै उपलब्ध गराउँदै आएका छौं । थप रकम आवश्यक परे सो व्यवस्था पनि हामीले मिलाएका छौं । आफ्नो खातामा रकम उपलब्ध नभएका ग्राहकहरुलाई पनि हामीले यो अवस्थामा हाम्रो सेवाबाट वञ्चित गराएका छैनौं ।

सहकारीको लागि सवारी पास कत्तिको सहज रहेछ ?
हामीलाई पछिल्ला दिनमा आवतजावतको लागि सवारी पास लिन निकै कठिन छ । जिल्ला प्रशासन कार्यालय जाँदा सहकारी विभाग पठाइन्छ । सहकारी विभागले आफ्नो दायित्व नभएको बताउँदै यसबारे आफूलाई जानकारी समेत नभएको बताउँदा हामी निराश हुँदै फर्कनुपर्छ । स्थानीय निकायमा गइ कुरा गर्दा कर्मचारी सेवाप्रवाह गर्ने सम्बन्धित वडामा नै बसोबास गरेको हुनुपर्ने प्रमाण आवश्यक पर्ने बताइन्छ । कर्मचारी सबै ठाउँमा सोही वडाका नहुन पनि सक्छन् । प्रहरीलाई आफु सेवारत कार्यालयको परिचयपत्र देखाउँदा हिँड्न दिँईंदैन । तैपनि प्रहरीलाई हाम्रो अनुरोधले नै कुरा बुझाएर अहिले सम्म सेवा प्रवाह गरिरहेका छौं ।

अहिले सम्म कति सदस्यहरुलाई सेवाप्रवाह गरिसक्नुभयो ?
हामीले अहिले सम्म खातामा ब्यालेन्स नै नभएका ३५ सय भन्दा बढी सेवाग्राहीलाई बिना ब्यालेन्स नै भुक्तानी उपलब्ध गराएका छौं । देशैभर कार्यक्षेत्र रहेको र करिब ३८ हजार सक्रिय सदस्य रहेको यस संस्थाले यसै आइतबार देखि सबै (१९ ओटै) सेवा केन्द्र प्रत्येक दिन ३ घण्टा खोलेर सेवा प्रवाह गर्ने योजना सहित कार्य अघी बढाएका छौं । अहिले सम्म भने सबै सेवा केन्द्र सञ्चालन गर्न नसक्दा अनलाइनको माध्यमबाट जहाँ आवश्यक पर्छ, त्यहीँ पुगेर सेवा प्रवाह गरिरहेका थियौं । हामीले सेवा प्रवाहलाई नियमित गर्ने योजना बनाइरहँदा राज्यको सहयोग समेत हामीलाई निकै नै महत्वपूर्ण हुने गर्छ । हामीलाई आशा छ, पक्कै पनि राज्यबाट यस कार्यमा सहयोग नै हुनेछ ।

राज्यले ३ खम्बे अर्थनीति अबलम्बन गरेको भन्दै आएको छ । तर ३ खम्बे नीति अन्तरगत पर्ने सहकारीलाई मुख्य खम्बाको रुपमा चाहिँ अझै पनि अपनाउन नसकेको हामीले महसुस गरेका छौं । यसरी राज्यको विभेदकारी नीति बन्नुको पछाडि सरकारले कुन क्षेत्रबाट बढी राजस्व संकलन भयो भन्ने कुरालाई बढी महत्व दिएको हुन सक्ने हाम्रो बुझाइ छ । यद्यपि सरकारले के पनि बुझ्नुपर्छ भने सहकारीमा नै निर्भर व्यवसायीहरुले रोजगारी सृजना र स्वरोजगारमा निकै ठूलो सहयोग पुर्याएका छन् । जुन राज्यका लागि निकै ठूलो सहयोग हो ।

यतिबेला कर्मचारीहरु कति सङ्ख्यामा सेवामा खटिनुभएको छ ?
हाम्रो संस्थामा सबै गरी करिब २ सय कर्मचारीहरु हुनुहुन्छ । यतिबेला हामीले सबै सेवा केन्द्र सञ्चालन गर्न प्रति सेवा केन्द्र ३ जनाको दरले न्युनतम आवश्यक पर्छ । दैनिक ६० कर्मचारीले हाम्रा सबै सेवा केन्द्र सञ्चालन गरी सेवा प्रवाह गर्न सक्छौं ।

सेवा प्रवाहमा भोग्नुपरेका अन्य समस्याहरु के छन् ?
देशैभर सञ्जाल भएको प्रतिष्ठित सहकारी हुँदाहुँदै पनि हामीले राज्य पक्षबाट बैंक जस्तो मान्यता पाउन सकेका छैनौं । सेवा प्रवाहमा यतिबेला हामीले अग्रणी वित्तीय सेवा प्रदायकको रुपमा काम गरिरहेका छौं । यो सेवाग्राहीले पनि महसुस गर्नुभएको छ । हामीले सामाजिक सञ्जालबाट सेवाग्राहीसँग अन्तरक्रिया गर्दा निकै सकारात्मक भाव पाएका छौं । जसले गर्दा यतिबेला सेवाग्राहीहरुमा सहकारी प्रतिको विश्वास पनि बढेको समेत पाएका छौं । विषम परिस्थितिमा यसरी सेवा प्रदान गर्न सकेकोमा हामीलाई पनि गौरव महसुस भएको छ ।  यद्यपि सरकारी पक्षबाट सेवा प्रवाहमा खटिन चाहने संस्थाहरुलाई सहयोग नगरेको देख्दा निकै दुख लाग्छ । निर्माण कम्पनीले १० ओटा गाडीमा पास पाउँदा पनि हाम्रो सहकारी क्षेत्रमा एउटा बाइकको पास दिईंदैन । के यो सहकारी प्रतिको सरकारले विभेद होइन र ?

नेपालमा सहकारी क्षेत्रलाई राज्यले चाहिँ कसरी लिएको छ ?
राज्यले ३ खम्बे अर्थनीति अबलम्बन गरेको भन्दै आएको छ । तर ३ खम्बे नीति अन्तरगत पर्ने सहकारीलाई मुख्य खम्बाको रुपमा चाहिँ अझै पनि अपनाउन नसकेको हामीले महसुस गरेका छौं । यसरी राज्यको विभेदकारी नीति बन्नुको पछाडि सरकारले कुन क्षेत्रबाट बढी राजस्व संकलन भयो भन्ने कुरालाई बढी महत्व दिएको हुन सक्ने हाम्रो बुझाइ छ । यद्यपि सरकारले के पनि बुझ्नुपर्छ भने सहकारीमा नै निर्भर व्यवसायीहरुले रोजगारी सृजना र स्वरोजगारमा निकै ठूलो सहयोग पुर्याएका छन् । जुन राज्यका लागि निकै ठूलो सहयोग हो । यसको अलावा सहकारीले गर्ने उत्पादनकोराम्रोसँग बजारीकरण तथा व्यवस्थापन गर्न समेत राज्यले सहयोग गरेको अवस्था छैन । जसको ठुलो पहुँच छ, त्यस्ता उद्योगले उत्पादन गरेका वस्तुहरु राज्य आफैंले किनेर समेत बिक्री गर्ने तर सानो लगानी र स्वरोजगारमूलक तवरले काम गर्नेलाई प्रवद्र्धन नगर्ने अवस्थाले राज्यले कतै सबै जनताको लागि समतामूलक भाव राखेको छैन कि भन्ने सङ्केत समेत गर्दछ ।

अबका दिनमा सहकारीको योगदान र सम्भावना के हुन सक्छ ?
अबका दिनमा सेवाग्राहीलाई सबैभन्दा बढी प्रभावकारी सेवा प्रवाह गर्ने वित्तीय सेवाप्रदायक सहकारी नै हुनेछन् । जनताको दैनिक जीविकोपार्जन गर्न र सामान्य अवस्थाका मानिसहरुलाई माथि उठाउन राज्यले सहयोग गर्नु जरुरी छ । तर अहिले सम्म सानो लगानीमा सञ्चालित व्यवसायलाई भने सरकारले खासै महत्व दिन सकेको छैन । यद्यपि अबका दिनमा सहकारीलाई सरकारले विशेष महत्वको साथ अघी बढाउनु जरुरी छ ।

सहकारीको विश्वव्यापी मान्यता चाहिँ के हो ?
वास्तवमा सहकारीको अवधारणा संकटमय परिस्थितिबाट शुरुवात भएको हो । जब–जब सङ्कट आउँछ, तबतब सहकारीले

सदस्यहरुको हितमा काम गर्नुपर्छ । हामीले पनि सोही मान्यता सहिते हाम्रा गतिविधिहरु सञ्चालन गरिरहेका छौं ।

अबका दिनमा सहकारीको अबको सम्भावना के रहला ?
धेरै मानिसहरुले अनुमान गरेको पाइन्छ कि यस परिस्थिति पश्चात् नेपाल जस्तो देशमा सहकारी धराशयी हुने सम्भावना देखिन्छ । तर मेरो अनुभवमा आधारित बुझाइ अलि फरक छ । मेरो बुझाइमा यस कोरोनाले उत्पन्न संकटको समाप्ति पछि सहकारी थप नयाँ सम्भावना सहित अगाडि आउने देखिएको छ । मलाई लाग्छ, अब नेपालमा वित्तीय सेवा प्रदान गर्न ५० औं बर्ष सम्म सहकारीले नै एकछत्र राज गर्ने अवस्था सृजना हुनेछ । सेवाग्राहीको लागि थप आकर्षणको माध्यम बन्नेछ सहकारी । यसको लागि सहकारीले थप परिष्कृत तवरले सेवा प्रवाह गर्नुपर्ने जरुरी समेत छ ।

सहकारीबाट लाभान्वित हुने वर्ग मध्यम वर्ग हो । बैंकले कर्जा दिने वर्ग भनेका पुजीपति वर्ग हुन् । यसको अलावा सहकारीले संकटमा नै सानो पुँजी संकलन देखि घरघरमा नै रकम उपलब्ध गराउने सम्मका काम गर्न सक्छ । हामीले सदस्यहरुको प्रवद्र्धन, उत्पादन वृद्धि, कम लागतमा ती उत्पादनको बजारीकरण लगायतका कामहरु गर्ने तर्फ लाग्ने हो भने अब आर्थिक गतिविधिको नेतृत्व सहकारीले नै गर्न सक्ने अवस्था छ । यसको विपरीत बैंक तथा वित्तीय संस्थामा ठूलो रकम लगानी संकलन हुँदाहुँदै पनि साधारण जनताहरु त्यसबाट प्रत्यक्ष लाभान्वित हुन सक्ने अवस्था भने न्यून नै रहन्छ ।

रोजगारी सृजनामा सहकारीको भूमिका कस्तो रहन्छ ?
स्वरोजगार बनाउन सहकारीले प्रमुख भूमिका खेल्दै आएको छ । यसको साथै अब विदेशबाट रोजगारी कटौती हुने अवस्थामा यसले रोजगारी सृजनामा थप प्रभावकारी भूमिका खेल्न सक्छ । ठूलो संख्यामा विदेशिएका नेपाली अब स्वदेश फर्कंदैछन् । विगत देखि नै रोजगारीको समस्या रहँदै आएको नेपालमा अब संगठित क्षेत्रमा रोजगारी पाउने अवस्था समेत कम रहेको अनुमान गर्न सहज छ । यस्तो अवस्थामा स्वरोजगारमूलक तवरले आफैं उद्यमी बन्नुपर्ने अवस्था समेत रहेको अवस्थामा सहकारीले नै युवाहरुलाई संगठित गर्दै नयाँ आयामको रुपमा अघी आउनुपर्ने अवस्था छ । अबको आवश्यकता ४० देखि ५० प्रतिशत युवालाई नेपालमा संगठित गर्दै आर्थिक उपार्जनमा लगाउने कार्यमा सहकारीको भूमिका महत्वपूर्ण रहनेछ ।

अहिलेको परिस्थितिले समग्र सहकारी क्षेत्रलाई चाहिँ कस्तो असर पर्ला ?
सहकारी क्षेत्रको लगानी साना–साना व्यवसायमा छ । डेरी, होटल, किराना पसल, तरकारी पसल लगायतमा सहकारीहरुले लगानी गरेका छन् । यी क्षेत्र धराशयी बन्ने सम्भावना रहँदैन । यसलाई हेर्दा हाम्रो लगानी डुब्ने अवस्था देखिँदैन । विषम परिस्थितिमा लगानी उठ्न केही अतिरिक्त समय लाग्नुलाई अन्यथा भन्न मिल्दैन । साथै अबका दिनमा सहकारी प्रति सेवाग्राहीको निकै नै आकर्षण बढ्ने अवस्था समेत मैले देखेको छु ।

सहकारीबाट लाभान्वित हुने वर्ग मध्यम वर्ग हो । बैंकले कर्जा दिने वर्ग भनेका पुजीपति वर्ग हुन् । यसको अलावा सहकारीले संकटमा नै सानो पुँजी संकलन देखि घरघरमा नै रकम उपलब्ध गराउने सम्मका काम गर्न सक्छ । हामीले सदस्यहरुको प्रवद्र्धन, उत्पादन वृद्धि, कम लागतमा ती उत्पादनको बजारीकरण लगायतका कामहरु गर्ने तर्फ लाग्ने हो भने अब आर्थिक गतिविधिको नेतृत्व सहकारीले नै गर्न सक्ने अवस्था छ । यसको विपरीत बैंक तथा वित्तीय संस्थामा ठूलो रकम लगानी संकलन हुँदाहुँदै पनि साधारण जनताहरु त्यसबाट प्रत्यक्ष लाभान्वित हुन सक्ने अवस्था भने न्यून नै रहन्छ ।

अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?
ठूलो लगानीमा सञ्चालित उद्योगबाट उत्पादन भएका वस्तुहरु लामो समय भण्डारण गर्न सकिने अवस्था रहन्छ । तर सहकारीको लगानी रही उत्पादन गरिएका वस्तुहरुको भण्डारण क्षमता कम रहन्छ । दूध, तरकारी खेती, कुखुरा पालन लगायतमा हुने ठूलो लगानी सहकारीकै छ । यी उत्पादनहरु पछिको लागि भण्डारन गर्न सकिँदैन । अहिले यस्ता वस्तुहरु समेत नोक्सानी भइरहेका छन् । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा राज्य गम्भीर भई तत्काल आवश्यक निर्णय सहित अघी बढ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij