२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा

राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा

  • बिहिबार, असोज २३ २०८२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी लामो समयदेखि लागू गरिएको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा (Single Obligor Limit) हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २०८२ मा जारी गरेको परिपत्र नं. ६ (क, ख, ग) मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यो व्यवस्था संशोधन गरेको हो।

पहिलेको व्यवस्थाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत मार्जिन प्रकृतिको ऋण लिन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको थियो। तर, पुँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापित संस्थागत लगानीकर्तालाई भने उक्त सीमा लागू नहुने प्रावधान थियो।

अब राष्ट्र बैंकले उक्त सीमा पूर्ण रूपमा हटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै जोखिम मूल्यांकन प्रणालीका आधारमा सेयर धितो कर्जा प्रवाह गर्न सक्ने भएका छन्। यसअघि तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंकले त्यसमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij