२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

  • सोमबार, भाद्र २३ २०८२

 

काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ, जसले युवाका समग्र पक्षलाई सम्बोधन गर्छ।
१८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयहरू नीतिमा समावेश छन्।
नीतिले युवाको सर्वाङ्गीण विकास, रोजगारीमूलक शिक्षा र सूचना प्रविधिको प्रयोगमा जोड दिँदै, समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा आज आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साललगायले युवा नीति सार्वजनिक गरेका हुन् । खेलकुदमन्त्री चाधरीले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिएको र सम्रग युवाको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषय यस युवा नीतिमा समावेश गरिएको बताए ।

त्यस्तै मन्त्रालयका सचिव लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब एक हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताए । उनले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याएको बताए ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई पनि समेट्ने किसिमको युवा नीति आएको बताए यस युवा नीतिमा युवाको सर्वाङ्गीण विकास गर्ने, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभाव भएका सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहुँच बढाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्न रोजगारमूलक शिक्षामा युवाको सहभागिता वृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित नौवटा कार्यनीति ल्याएको छ । त्यस्तै, घातक रोग, एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा आठवटा नीति ल्याएको छ ।

‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij