२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राम्रा बानी विकास र नराम्रा बानीबाट छुटकारा पाउन सिकाउने पुस्तक: Atomic Habits

राम्रा बानी विकास र नराम्रा बानीबाट छुटकारा पाउन सिकाउने पुस्तक: Atomic Habits

  • आइतबार, असोज १३ २०८१

– कमल पन्थी

कुनै काम हामीले पटक–पटक दोहोर्याइरह्यौं भने त्यो काम हाम्रो बानीको रुपमा विकास हुन्छ । बानी २ किसिमका हुने गर्दछन् । राम्रो बानी र नराम्रो बानी । हामी सबै व्यक्ति बानीका दास छौं अर्थात् हामी आफ्ना बानी अनुसार नै निर्देशित हुने गर्दछौं । हामीमा राम्रा बानी धेरै छन् भने हामी अनुशासित एवं गञ्तव्यमय बन्न पुग्छौं, नराम्रा बानी बढी छन् भने हामी गञ्तव्यबाट विचलित हुन पुग्छौं । एकपटक निर्माण भइसकेको बानी परिवर्तन गर्नु त्यति सहज हुँदैन, तथापि असम्भव नै हुने पनि होइन । बानी निर्माणका केही प्रक्रियाहरु छन्, हामी ती प्रक्रियालाई पालन गर्यौं भने नयाँ बानी विकास गर्न सक्छौं । भनिन्छ, शुरुवाती अवस्थामा हामीले प्रयत्नपूर्वक बानी बनाउनुपर्छ, पछि तिनै बानीले हामीलाई बनाउँछन् । बानी निर्माणका लागि सचेत जीवन अभ्यास (Concious Living Practice) धेरै महत्वपूर्ण हुन्छ ।

मानिसहरुका बानी कसरी निर्माण हुन्छन् र एकपटक निर्माण भइसकेका बानीलाई कसरी बदलेर नयाँ बानी स्थापित गर्न सकिन्छ भन्ने सम्बन्धमा लेखिएको पुस्तक हो एटोमिक ह्याबिट । अन्तर्राष्ट्रिय बजारमा चर्चित यस पुस्तकलाई ‘जेम्स क्लियर’ले लेखेका हुन् । यो प्रयोगमा आधारित पुस्तक (Work Book) हो ।

लेखकले बानी निर्माणको लागि ४ ओटा चरणहरुको बारेमा बताएका छन् । ती हुन्

१. Cue (सङ्केत)
२. Craving (आकर्षण)
३. Response(प्रतिक्रिया)
४. Reward (पुरष्कार)

यी नियमहरु नयाँ बानी निर्माण हुन र पहिले बनिसकेका बानीमा बदलाव ल्याउन दुवै कामको लागि आवश्यक रहन्छन् । कुनै पनि बानी स्थापित गर्न वा बानीबाट छुटकारा पाउनको लागि यी ४ चरणहरु पूरा हुनैपर्छ । यी चार चरण मध्ये पहिलो २ ओटा चरणहरु समस्यासँग सम्बन्धित हुन्छन् भने पछिल्ला दुईटा समाधासँग ।

लेखकका अनुसार हामीमा विकास भएको बानीले दिने प्रतिफल चक्रीय रुपमा वृद्धि हुने गर्दछ । यसकारण हामीले निरन्तर एउटै दिशा वा क्षेत्रमा काम गरेका छौं भने यसले शुरुवाती चरणमा निकै सुस्त गतिमा प्रतिक्रिया वा बदलाव अनुभव गराउन सक्छ । तथापि हामीले बानीमा सानो तर नियमित बदलाव ल्याउँदा पनि यसले ल्याउने अन्तर निकै फराकिलो हुने गर्दछ ।
लेखकले बानीले चक्रीय नियमको आधारमा काम गर्ने भएको हुनाले दैनिक १ प्रतिशत बदलाव ल्याउँदा र त्यस बानीलाई १ बर्ष सम्म निरन्तरता दिइरहँदा हामीमा ३७ गुणा बदलाव आइसक्ने कुरा उल्लेख गरेका छन् ।

अर्को नियमित बानीसँग अन्तरसम्वर्द्धता
कुनै नयाँ बानी विकास गर्नको लागि हामीले अहिले हामीले अभ्यास गर्दै आएको बानीसँग नयाँ बानीलाई अन्तरआबद्ध बनाउनु महत्वपूर्ण हुन आउँछ । यसको लागि आफ्ना सबै नियमित बानीहरु आफ्नो नोटबुकमा टिपोट गरेर कुन बानी आवश्यक छ (जसलाई निरन्तरता दिनुछ), कुन बानी अनावश्यक छ (जसलाई हटाउनुछ) र कुन बानीलाई थप गर्नुछ, हामीले अभ्यास गर्दै आएका हरेक बानी एक–एक गरेर टिपोट गरौं ।

बिहानमा

अलार्म बजेपछि बिहान ४ः३० मा ओछ्यानमा जाग्छु ।
अलार्म बन्द गर्छु ।
केही समय मोबाइलमा फेसबुकका नोटिफिकेसन चेक गर्छु ।
पुनः करिब आधा घण्टा सुत्छु ।
६ बजे तिर श्रीमतीले चिया ल्याइदिन्छिन् । त्यो ओछ्यानमै पिउँछु ।
अब ओछ्यानबाट उठेर हातमुख धुन्छु ।
शौचालय जान्छु । स्नान गर्छु ।
हल्का खाजा लिएर करिब आधा घण्टा फोन कल र इन्टरनेटमा बिताउँछु ।
खाना खान्छु ।
९ बजे घरबाट कार्यालय प्रस्थान गर्छु ।

मेरो मनमा बिहानको समयमा पूरा गर्नको लागि निम्न योजनाहरु बनेका छन्

क. ब्रह्म मूहूर्तमा उठ्ने
ख. २० मिनेट मर्निङ वाक र २० मिनेट योगध्यान
ग. २० मिनेट भागवतगिता पढ्ने
घ. दिनभरको लागि योजना बनाउने
ङ. अनलाइनमा आधा घण्टाको ट्रेनिङ-वेविनारमा सहभागि हुने

हाम्रो योजना यस किसिमको बन्नुपर्ने छ भने हामीले सबैभन्दा पहिले सबै कामहरु (अहिले बानी बनेका र नयाँ बानी बनाउनुपर्ने समेत)लाई क्रमबद्ध रुपमा मिलाउँ ।

अब त्यस सूचीमा कुनलाई निरन्तरता दिने हो, त्यसमा ठीक (राइट) चिन्ह लगाउँ, कुन–कुन बानीहरु थप्नुपर्ने हो, ती बानीहरुमा प्लस चिन्ह लगाउँ र जुनलाई घटाउनुपर्ने छ, त्यसलाई माइनस गरौं । अब आफ्ना सूचीका सचवह हेरौं ।

जस्तो कि– मैले दैनिक २० मिनेट बिहानमा योगासन गर्नुपर्ने छ । यदि त्यसो हो भने
नयाँ बानी विकास गर्नको लागि बलियो संकेत आवश्यक हुन्छ ।

हाम्रो वातावरणको समेत बानी निर्माण र छुटकारा प्राप्तिमा ठूलो भूमिका हुने गर्दछ । हामी जस्तो संगतमा रहन्छौं, त्यसै किसिमको प्रभाव पर्ने सम्भावना बढी हुन्छ ।

पुस्तकमा बानीमा परिवर्तन ल्याउने कार्य सहज नहुने भएको हुनाले साँच्ची बानीलाई सदावहार रुपमा परिवर्तन गरी नयाँ बानी विकास गर्नको लागि केवल परिणाममा मात्र ध्यान दिएर नपुग्ने बरु आफ्नो पृथक मानसिक पहिचान बारे आफूलाई विश्वस्त बनाउनुपर्ने बताएका छन् ।

यसको ब्याख्या गर्नको लागि लेखकले (Identity Based Habbit / Outcome Based Habbit)  को कुरा उल्लेख गरेका छन् ।

मानौं ममा चुरोट पिउने बानी छ । म यस बानीबाट छुटकारा पाउन चाहन्छु । अर्थात् चुरोटबाट छुटकारा पाउने मेरो इच्छा छ । यस इच्छाको कारण मैले प्रयत्नपूर्वक केही दिन चुरोट पिउनबाट आफूलाई टाढा राख्न सक्छु । तथापि केही दिनको छोटो अवधिमा नै म त्यस पुरानो बानीबाट पुनः प्रभावित भइहाल्छु । जसले गर्दा लामो समयको लागि मेरो नयाँ बानी विकास गर्ने इच्छाले निरन्तरता पाउन सक्दैन ।
यसकारण यदि हामी साँच्ची आफ्नो बानी परिवर्तन गरेर नयाँ बानी विकास गर्नुछ भने आफ्नो मष्तिष्कमा नयाँ पहिचान बनाउन सक्नुपर्छ ।
अब आफूलाई ‘म चुरोट पिउँदिन’ भनेर आफूलाई आत्मसुझाव दिनुको बदलामा अब आफू कस्तो व्यक्ति बन्ने हो ? व्यक्तित्व कुन किसिमको हुनुपर्ने हो ? त्यस किसिमको तस्बीर आफ्नो मष्तिष्कमा तयार गरेर पटक–पटक त्यस तस्बीरलाई स्मरण गर्नुपर्छ । आफ्नो पहिचान बदलिएको र आफू अब माथिल्लो स्तर, वर्ग वा श्रेणीका व्यक्तिहरुसँग काम गरिरहेको (जहाँ संलग्न व्यक्तिहरु कसैले पनि चुरोट पिउँदैनन्) र आफ्नो पहिचान एवं सामाजिक प्रतिष्ठा निरन्तर माथि उठिरहेको कल्पना गर्न सक्नुपर्छ ।

नयाँ बानी विकास गर्नको लागि
Cue (सङ्केत)लाई देखिने बनाउँ । Craving लाई अझ आकर्षित बनाउँ । Response लाई सजिलो बनाउँ । Reward लाई सुखद वा आनन्ददायक बनाउँ ।

यसरी नै पुरानो बानीबाट मुक्त हुनको लागि
Cue (सङ्केत)लाई नदेखिने (अदृष्य) बनाउँ । Craving लाई अझ अनाकर्षक बनाउँ । Response लाई अप्ठ्यारो बनाउँ । Reward लाई पीडादायक बनाउँ ।

हामी वरपरको वातावरणबाट शिकार भएका छाैं भन्ने लाग्छ भने यसलाइ अलि पृथक तवरले बुझ्नुपर्छ कि हामीले चाहेको खण्डमा आफ्नो लागि उपयुक्त वातावरण हामी आफैंले निर्माण समेत गर्न सक्छौं ।

Habbit Stacking के हो ?

यदि हामीले कुनै नयाँ बानी आफूमा विकास गर्नुछ भने अहिले हामीमा भइरहेको बानीमा नै नयाँ बानीलाई जोडेर आपसमा अन्तरसम्बन्धित बनाई त्यस नयाँ बानी निर्माणको अभ्यासलाई सहज रुपमा विकास गर्न सक्छौं । यसरी नयाँ बानी विकास गर्ने प्रक्रियालाई Habbit Stacking भन्ने गरिन्छ ।

राम्रो बानी विकास गर्नको लागि

क. ह्याबिट स्कोरकार्ड (आफ्ना सबै बानीहरु लेखिएको बोर्ड वा कागज) बनाउँ र त्यसमा आफ्ना सबै बानीहरु लेखौं ।

ख. अब म आफ्नो बानी परिवर्तनको लागि नोटबुकमा म ……काम …..स्थानमा ……बजे गर्नेछु । लेखौं

ग. त्यसपछि कुन……बानी पनि अर्को कुन ……बानी त्यसमा अन्तरसम्बन्धित (ज्बददष्त कतबअपष्लन० गर्ने हो, त्यसलाई यस खालि ठाउँमा भरौं ।

घ. यसलाई व्यावहारिक रुपमा अभ्यास गरी नयाँ राम्रो बानी विकास गरौं ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij