२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

रसुवागढी जलविद्युत आयोजनाद्वारा परीक्षण उत्पादन सुरु

रसुवागढी जलविद्युत आयोजनाद्वारा परीक्षण उत्पादन सुरु

  • सोमबार, पुष ८ २०८१

 

काठमाडाैं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानी स्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा जडित ३३ /३३ मेगावाट क्षमताको तीनवटा उपकरणद्वारा विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयाम परेका कारण खोलाको पानी वहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । तीनवटै युनिट चालू गराइ सकिएको र वर्षायाममा भने क्षमता अनुसार विद्युत् उत्पादनहुने उहाँले बताउनुभयो ।

सो आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भएपनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प ,भोटेकोसीमा वर्षादको समयमा आईरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्वहुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न् गर्न केही समय ढिलाइ भएको बताइएको छ ।
रसुवागढी जलविद्युतले वार्षिक रूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रू तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनी भोटेकोसीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङ्को सहायताले टिमुरे गाउँको दुहार तातोपानी पारीको पहरा भित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टरवाइन जडान भएको र जडिट सवै उपकरण चालू भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जल विद्युत् कम्पनी मार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जल विद्युत् केन्द्रलाई धितो राखेर कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij