काठमाडौं । नेपाल भारत मैत्री संघ नेपालको निकै पुरानो संस्था हो । नेपाल र भारत बीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने कार्यमा यस संस्थाको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ । यस संस्थाले आर्थिक, सांस्कृतिक, सामाजिक, र शैक्षिक क्षेत्रमा दुवै देशका जनताबीच आपसी समझदारी र सहकार्य अभिवृद्धि गर्दै आएको छ।
यसै संस्थामा अब यही चैत २९ र ३० गते हुने महाधिवेशन मार्फत् आफूले राष्ट्रिय उपाध्यक्ष तथा बाग्मती प्रदेश संयोजक पदको लागि उम्मेदवारी दिन लागेको दाबी गर्छन् बिष्णु प्रसाद सापकोटा ।
बिष्णु प्रसाद सापकोटा विभिन्न सामाजिक गतिविधिमा निरन्तर संलग्न व्यक्ति हुन् । गुल्मी जिल्लामा जन्मिएर चितवनको देवघाट क्षेत्रलाई आफ्नो कार्य क्षेत्र बनाउँदै आएका उनी दर्जनौं सामाजिक संघसंस्थामा आबद्ध भई काम गर्दै आइरहेका छन् ।
नेपाल भारत मैत्री संघका पनि उनी निकै पुराना पात्र हुन् । उनले यस संस्थाको बाग्मती प्रदेश उपाध्यक्ष सम्मको भूमिका कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् । स्वच्छ छविका सापकोटा मृदुभाषी, कुशल नेतृत्वकर्ता, जिम्मेवार एवं दूरदृष्टि राख्ने व्यक्ति समेत हुन् । सबैसँग सुमधुर सम्बन्ध बनाउन र राम्रो सँग जनपरिचालन गर्न सक्ने क्षमताका सापकोटा संस्कृत शिक्षाको पृष्ठभूमिबाट आफूलाई अघी बढाएका व्यक्ति हुन् ।
२ कार्यकाल देवघाट क्षेत्र विकास समितिमा कार्यसमिति सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । यसपटकको रिक्त पदमा उनले देवघाट क्षेत्र विकास समितिमा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।
नेपाल भारत मैत्री संघलाई अझ सशक्त बनाउनको लागि आफूले सबै सरोकारवालासँग प्रभावकारी तवरले समन्वय गर्न सक्ने, नेपालमा शिक्षा, स्वास्थ्य लगायतका विकास आयोजनाहरुमा भारतीय राजदूतावास मार्फत आवश्यक सहयोग जुटाउनको लागि पहल गर्ने, संस्थाको श्रोत व्यवस्थापन पक्षलाई बलियो बनाउने, विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने, साथै परिस्थिति अनुसार तत्काल निर्णय लिन सक्ने लगायतका विशेषताका कारण यसपटक हुन लागेको नेपाल भारत मैत्री संघको निर्वाचनमा आफूले राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेदवारी दावी गर्न लागेको सापकोटा बताउँछन् ।
सापकोटा आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर समाज र राष्ट्र हितको लागि काम गर्न सक्ने क्षमतावान् व्यक्तिले मैत्री संघको अबको नेतृत्व लिनुपर्ने तर्क गर्छन् ।
आफूसँग नेपाल भारत मैत्री संघको अलावा अन्य थुप्रै संस्थामा काम गर्दाको अनुभव समेत रहेको र आफ्नो पूर्ण समर्पण सहित आफू संस्थाको हितमा केन्द्रित हुने जनाउँदै निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुलाई सही पात्र छनौट गर्नको लागि आफ्नो विवेक प्रयोग गर्न समेत सापकोटा आग्रह गर्दछन् ।
सापकोटा थुप्रै संस्थाहरुमा आबद्ध छन् । उनी कुनैमा अध्यक्ष, कुनैमा संयोजक, कुनैमा सल्लाहकार, कुनैमा कार्यसमिति सदस्य त कुनैमा आजीवन सदस्यको भूमिकामा छन् ।
उनी आबद्ध रहेका संस्थाहरुमा इन्दिरा सन्यास आश्रम देवघाट, लक्ष्मी वराह मन्दिर व्यवस्थापन समिति, सत्यनारायण मन्दिर व्यवस्थापन समिति, विशाल नेपाल साप्ताहिक, सनातन विद्यापीठ, सामुदायिक सेवा केन्द्र (नवलपरासी), सितापुर मा.वि. (गुल्मी), राष्ट्रिय धर्म सभा (तनहुँ) लगायत छन् । उनको भूमिका विभिन्न विकासमूलक एवं धार्मिक आध्यात्मिक क्रियाकलापमा निकै महत्वपूर्ण रहँदै आएको छ ।
आफ्नो व्यक्तित्व एवं नेतृत्वदायी क्षमतालाई विचार गरेर मतदाताहरुले आफूलाई निर्वाचित गराउनेमा सापकोटा ढुक्क छन् ।
आफू कहिल्यै पनि कसैको कुभलो चिताउने पात्र नभएको र सदस्य एवं शुभचिन्तकहरुको लागि निरन्तर काम गर्न तल्लिन रहने सामाजिक पात्र भएको हुनाले मैत्री संघको निर्वाचनमा विजयी गराउनको लागि सापकोटा मतदाता प्रतिनिधिहरु समक्ष आग्रह गर्दछन् ।
सापकोटाका मुख्य चुनावी एजेण्डाहरू
_ शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतीय राजदूतावासमार्फत सहयोग जुटाउने पहल गर्ने।
_संस्थाको आर्थिक स्रोत व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने।
_ नेपालका विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, र व्यापारिक समुदायबीच समन्वयात्मक भूमिका खेल्ने।
– नेपाल-भारतबीचको सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान दिने।
_ समय अनुसार प्रभावकारी निर्णय लिन सक्ने नेतृत्व प्रदान गर्ने।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij