२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

मुस्ताङ, २० चैतः च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८/७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न च्याङ्ग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा ७८ कृषि फार्म सूचीकृत भइसकेका छन् । च्याङ्ग्रा जोन विकास कार्यक्रमका लागि सूचीकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्याङ्ग्रा जोन विकास कार्यक्रममा आबद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । जिल्लाको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कूल ७८ फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएका हुन् । त्यसअन्तर्गत बारागुङ मुक्तिक्षेत्रमा ५६ फार्म, लोघेकर दामोदरकुण्डमा १६ फार्म र लोमान्थाङ गाउँपालिकामा नौ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गर्नुभयो ।
च्याङ्ग्रा जोन विकास कार्यक्रमको पहिलो आव २०७८/७९ मा आठ फार्म, दोश्रो वर्ष आव २०७९/८० मा १६ र तेस्रो आव २०८०/८१ मा १७ फार्म सूचीकृृत भएका थिए । चालु आवको चौथौ वर्ष २०८१/८२ मा ३७ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको परियोजना कार्यान्यन एकाइले जनाएको छ । च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष रु ७५ लाख ३० हजार, दोश्रो वर्ष रु ७२ लाख ४० हजार, तेस्रो वर्ष रु ८० लाख ४७ हजार  र चालु आवमा रु  ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

पहिलो वर्षको च्याङ्ग्रा जोन कार्यक्रममा रु ४९ लाख १० हजार, दोस्रो वर्ष रु ७२ लाख नौ हजार र तेस्रो आवमा रु ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ । परियोजना कार्यान्यवन एकाइअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा च्याङ्ग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सूचीकृृत १० खोरका लागि रु ३० लाख बजेट बजेट छुट्याइएको छ ।

स्थानीय तहसंगको समन्वयमा पशु नश्ल स्रोत केन्द्र स्थापना सुदृढीकरण सूचीकृृत एक फार्मलाई ८५ प्रतिशत अनुदानमा रु आठ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा रु १२ लाख, पशु आहारा व्यवस्थापनमा रु तीन लाख १८ हजार र जोन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ रु पाँच लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि मुस्ताङमा सञ्चालित च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो आवमा सूचीकृृत आठ फार्मलाई च्याङ्ग्राका पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट, रेन्कोट र पाल वितरण गरिएको छ । खोर सुधारमा आठ फार्म, पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ एक फार्मले अनुदान पाएका थिए ।

आव २०७९/८० मा सूचीकृृत १३ फार्मले च्याङ्ग्रा पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट र डिजिटर तराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फार्म, खोर सुधार १० फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापना दुई सूचीकृृत फार्मले च्याङ्ग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०/८१ मा च्याङ्ग्राका पाठापाठी वितरणमा १० फार्म, औषधि वितरण २९ फार्म, च्याङ्ग्रा आहारा ३६ फार्म, खोर सुधार सात फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ दुई पशु फार्मले जोन विकासको अनुदान लिएका थिए । परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि, पूर्वाधार निर्माणका साथै च्याङ्ग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधि अनुदानमा उपलब्ध गराइएको बताउनुभयो ।

आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फार्मलाई आकर्षित गर्दै लैजाने योजना रहेको प्रमुख गौतमको भनाइ छ । जोन कार्यक्रममा रही अबका वर्षमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाले उल्लेख गर्नुभयो । च्याङ्ग्रा जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यावसायिकरणका साथै सबै सूचीकृृत पशु फार्महरुमा कम्तीमा तीन÷चार जनाले रोजगारी प्राप्त गरेको प्रमुख गौतमले जानकारी दिनुभयो ।

मुस्ताङमा च्याङ्ग्रा जोन विकास कार्यक्रमले सम्बन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्याङ्ग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सिर्जना भएको कार्यालय प्रमुख गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij