२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

महिला जनप्रतिनिधिलाई बाधैबाधा

महिला जनप्रतिनिधिलाई बाधैबाधा

बुटवल, २८ चैत (रासस): जनप्रतिनिधिले के–के समस्या भोग्नुपर्छ ? यसको जवाफ फरक फरक हुन सक्छ । जनप्रतिनिधि महिलाहरूको भने आफूहरू महिला भएकै कारण बाधैबाधाको सामना गर्नुपरेको गुनासो छ । सङ्घ, प्रदेश र स्थानीय तीन तहकै जनप्रतिनिधि महिलाहरू यसै भन्छन् । संविधानले जुनसुकै लैङ्गिक पहिचान भएपनि जनप्रतिनिधिलाई समान हैसियत दिएको छ । त्यसो भए, पुरुषसरह समान हैसियतमा राज्य सञ्चालन प्रक्रियामा भाग लिँदा जनप्रतिनिधि महिलाले लैङ्गिकताकै कारण किन समस्या भोग्छन् ? कार्यसम्पादनमा कस्ता कस्ता समस्या देखिन्छन् ? ती समस्याको समाधान कसरी गर्न सकिन्छ ? यही उपाय खोज्न जनप्रतिनिधि महिलाको लुम्बिनी प्रदेशस्तरीय भेला नै आयोजना भयो ।

रुपन्देहीको सिद्धार्थनगरमा चैत १६ मा आयोजित भेलामा लुम्बिनीबाट तीन तहमै प्रतिनिधित्व गर्ने जनप्रतिनिधि महिला सहभागी भए । उनीहरूले मन खोलेर बह पोखे । बह सुन्ने र समाधानका उपाय बताउने प्रमुख व्यक्ति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाए । पूर्व राष्ट्रपतिले उद्घाटन सत्रमै हौसाउँदै भन्नुभयो, “जनप्रतिनिधि महिला भनेका सामान्य महिला होइनन् जनताले चुनेका नेता हुन् । त्यसैले, महिला जनप्रतिनिधिमाथि हुने कुनैपनि प्रकारको विभेद स्वीकार्य हुँदैन । यस्तो विभेदको प्रतिकार गर्नुपर्छ ।” उहाँले अधिकार सुनिश्चित गर्न आवश्यक राजनीतिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्न पनि सुझाव दिनुभयो । यहाँ स्मरणीय कुरा के छ भने पूर्व राष्ट्रपति भण्डारीले १८ वर्षअघि अर्थात् २०६३ जेठ १६ गते पुनस्र्थापित संसदमा महिला अधिकारका नाममा सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो । राज्यका सबै तह र संरचनामा ३३ प्रतिशत महिलाको अनिवार्य सुनिश्चितता गर्नुपर्ने त्यस सङ्कल्प प्रस्तावले निकै ठूलो प्रभाव सिर्जना गरेको थियो । संविधान २०७२ ले यसलाई अझ मजबुद बनाएको थियोे । उहाँको उपस्थिति र सम्बोधनले जनप्रतिनिधि महिलाहरूलाई थप हौसला मिल्यो । यसपछि उनीहरू पाइला पाइलामा भएका समस्या र विभेद केलाउन थाले ।

सामान्य अर्थमा जनप्रतिनिधि भनेका जनताको तर्फबाट जनताको आवश्यकता, विचार र अधिकारको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । देशमा अहिले १४ हजार सात सय १६ जनप्रतिनिधि महिला छन् । त्यसमध्ये स्थानीय तहमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । २५ वटा स्थानीय तहमा प्रमुखकै जिम्मेवारी महिलाले सम्हालेका छन् । सात प्रदेशमा १४ प्रत्यक्ष र २०० जना समानुपातिक प्रणालीबाट गरी दुई सय १४ प्रदेश सभा सदस्य महिला छन् । सङ्घमा नौ जना प्रत्यक्ष र ९१ जना समानुपातिक गरी एक सय जना सांसद महिला छन् । देशभरमा यतिधेरै महिला जनप्रतिनिधि बनेर पनि लैङ्गिकताका आधारमा भेदभाव किन हुन्छ ? आफैँ विभेदमा रहेका जनप्रतिनिधिले अरुको विभेद विरुद्ध कसरी काम गर्लान् ? यो मूल सवाल हो ।

स्थानीय तहमा हेरौँ । निर्वाचन ऐन २०७३ ले स्थानीय तहमा एउटै राजनीतिक दलबाट उमेदवार बन्दा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले धेरै महिला उपप्रमुख र उपाध्यक्ष बन्न पाएका छन् । सामान्यतया उपप्रमुख वा उपाध्यक्षको कार्यकारी भूमिका हुँदैन । तर, स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष भने कार्यकारी भूमिकामा छन् । योजना तर्जुमा, बजेट निर्माण, न्यायिक समिति र राजश्व अनुगमन समितिको संयोजक उपप्रमुख वा उपाध्यक्ष हुन्छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक भएर आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, बजेट तथा कार्यक्रम विषयगत र क्षेत्रगत रूपमा छलफल गरी अन्तिम प्रस्ताव कार्यपालिकामा पेस गर्नेसम्मको अधिकार उपाध्यक्ष वा उपप्रमुखको छ । राजश्वका स्रोत खोज्ने र योजना तथा कार्यक्रमहरूको अनुगमन पनि उनीहरूकै जिम्मामा छ । न्यायिक समिति संयोजकका रूपमा १३ प्रकारका विवाद निरुपण गर्न र ११ प्रकारका विवाद मेलमिलाप गराउने जिम्मा उपप्रमुख वा उपाध्यक्षको हो । तर, स्थानीय तहका धेरै उपाध्यक्ष वा उपप्रमुखले यी अधिकार उपयोग गर्न पाएका छैनन् ।

स्थानीय तहका धेरै उपप्रमुख वा उपाध्यक्ष प्रमुखको इसारामा काम गर्न बाध्य छन् । “महिला भएकै कारण हाम्रो अधिकारको काम प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले खोस्नुभएको छ ।” भेलामा सहभागी धेरै जनप्रतिनिधि महिलाले एउटै दुखेसो पोखे, “योजना तर्जुमा, बजेट विनियोजन, राजश्वका स्रोत पहिचान र योजना अनुगमनका काममा नाम उपाध्यक्ष वा उपप्रमुखको भए पनि काम प्रमुखको हुन्छ । हामीले कसरी लिने ?” स्थानीय तहमा हरेक वडामा दुई जना महिला छन् । ती एक दलित महिला र एक खुला महिला हुन् । अन्य दुई पुरुष सदस्य र आफूलाई समान जिम्मेवारी नदिएको भन्दै सुधार्न माग गरे । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले भन्नुभयो, “नेता र जनप्रतिनिधि भनेकै पुरुष हुन् । महिला त सहयोगी मात्रै हुन् भन्ने मानसिकता नफेरिदा जनप्रतिनिधि महिला विभेदमा छौं ।”

प्रदेशसभा र सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य छ । यो सङ्ख्या प्रत्यक्ष र समानुपातिक जताबाट पनि पुर्याउन सकिन्छ । तर, प्रत्यक्षको साटो समानुपातिक निर्वाचन प्रणालीबाटै महिला आएका छन् । संविधान अनुसार प्रत्यक्ष र समानुपातिक सांसद दुवैको समान अधिकार छ । निर्वाचन आयोगले दुवै सांसदलाई एकैखाले प्रमाणपत्र दिएको छ । तर महिला भएकै कारण समानुपातिक सांसदलाई समान हैसियत नदिएको भुक्तभोगीहरूको गुनासो छ । सांसद महिलाहरूका अनुसार सदनदेखि सरकार, योजना तर्जुमादेखि बजेट विनियोजन र आशनदेखि भाषणसम्म विभेद छ । विभेद विरुद्ध बोलेपनि आवाज सुनिदैन । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासेले दलहरूले महिलालाई नेता बनाए पनि स्वीकार नगरेको दाबी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “दलहरूले पठाएका हामी दलीय प्रतिनिधि हौँ । राज्य सञ्चालन प्रक्रियामा गएका जनप्रतिनिधि महिला नै अन्याय र भेदभावमा छौँ । हामी अरुका अन्याय र भेदभाव विरुद्ध कसरी काम गर्न सक्छौँ ?”

उदाहरण लुम्बिनी प्रदेशकै हेरौं । लुम्बिनी प्रदेश सरकारले वार्षिक बजेटमा निर्वाचन क्षेत्र विकासका लागि योजना बाँड्छ । प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले निर्वाचन क्षेत्र विकासका लागि दुई करोड ७५ लाख रुपैयाँ बराबरका योजना पाउँछन् । समानुपातिकलाई जम्मा एक करोड रुपैयाँ दिइन्छ । बजेट निर्माणका बेला विषयगत योजना तर्जुमा प्रक्रियामा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य भाग लिन पाउँछन् । समानुपातिकलाई खोजिँदैन । विनियोजन भएको बजेट सच्चाउने वा मिलाउने सुविधा प्रत्यक्षलाई छ, तर समानुपातिकलाई छैन । सदनमा ३३ प्रतिशत भएपनि सरकारमा सहभागी गराउँदा महिलाको सङ्ख्या सधैँ एक, दुई जनामा सीमित छ । मन्त्रालय दिँदा पनि महिलालाई कमजोर मन्त्रालय दिइन्छ । गत साउनमा लुम्बिनीमा संसदीय दलको बैठकमै समानुपातिकले मन्त्री दाबी गर्न पाइँदैन भनेर संसदीय दलकै बैठकमा भनेपनि महिला प्रदेश सभा सदस्यहरू रुदै निस्किएका थिए । यस्तो समस्या अन्य प्रदेश र सङ्घमा पनि छ । जुन विभेदपूर्ण हो । जनप्रतिनिधिहरूका अनुसार यो विभेद हटाउन उनीहरू पटक पटक सभामुख, प्रधानमन्त्री, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेका छन् । तर विभेद हटेको छैन ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका अनुसार जनप्रतिनिधि महिला भएकै कारण विभेद हुनु संविधानको अवज्ञा हो । प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट आएका सांसद दुवैले समान हैसियत र अवसर पाउनु पर्छ । महिला भएकै कारण समानुपातिक प्रणालीबाट आएका महिला सांसदमाथि विभेद हुनु दुखद कुरा मात्र होइन संविधान र कानुनी मापदण्डहरूको प्रतिकूल हो । यस विषयमा जनप्रतिनिधिबीच गहन र सकारात्मक छलफल हुनुपर्छ । राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण संवैधानिक प्रावधान विपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको छ । स्थानीय तहमा प्रमुख र सङ्घ, प्रदेशमा प्रत्यक्ष निर्वाचित महिलाको सङ्ख्या बढाउन अभियान चलाउनुपर्छ । स्थानीय तहमा प्रमुख, उपप्रमुखमध्ये एक महिला हुनुपर्ने भएपनि गठबन्धनले महिलाको अवसर खोसेको छ । पूर्व राष्ट्रपति भण्डारीको सुझाव छ, “संविधानको मर्म विपरीत महिला सहभागिता गुम्न नदिन आगामी निर्वाचनमा राजनीतिक दलहरूले पनि विशेष ध्यान पु–याउनु पर्छ । महिलाका लागि महिला मात्र होइन पुरुष पनि बोल्नुपर्छ ।”

लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूको भेलाले जनप्रतिनिधि महिलाको समान हैसियत बनाउन र भूमिका बढाउन ४१ बँुदे घोषणापत्र बनाएको छ । ती घोषणापत्रका बुँदा बुँदामा राज्य सञ्चालन प्रक्रियामा जनप्रतिनिधि महिलाले भोगेका समस्या हटाउने र भूमिका बढाउने कुरा उल्लेख छन् । लैङ्गिक समानता र समावेशीकरण संविधानको सुन्दर पक्ष हो । यसका लागि दलहरूले पितृसत्ताको आँखा बन्द गरेर समानताको आँखा खोल्नुपर्छ ।

महिला वा पुरुष भएका कारण कोही विशेष हुँदैन, तर पदको सम्मान गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएको समानुपातिक समावेशी सिद्धान्तको पूर्ण रूपमा कार्यान्वयन गर्न राज्यको मूलप्रवाहमा महिला सहभागिताको सुनिश्चित हुनुपर्छ । एउटै निर्वाचन विधि र पद्धतिद्वारा जनताको मतदानबाट निर्वाचित भएका जनप्रतिनिधिहरू बीच लिङ्गकै आधारमा विभेद गर्नु हुँदैन । सङ्घ, प्रदेश होस् वा स्थानीय तहमा जनप्रतिनिधि बन्नु र राज्य सञ्चालन प्रक्रिया भाग लिनु सहज छैन । न त, संसदीय भूमिकामा बसेर सरकारको अनुगमन र निगरानी गर्न नै सजिलो छ । समय र जिम्मेवारी अनुसार आफूले सिक्दै र व्यवहारमा उपयोग गर्दै जानुपर्छ । तर महिला भएकै कारण जनप्रतिनिधि महिलाले अधिकार उपयोग गर्न नपाएका हुन् भने यो गलत छ । सच्याउनुपर्छ ।

  • अमृता अनमोल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij