२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

  • मंगलबार, असोज २८ २०८२

जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गरेकी छन्।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बुधबार दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न आह्वान गरेकी हुन्।

अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार प्रदेश प्रमुखलाई आफ्नो राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

यसअघि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगर्दै नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहित कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका थिए।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले यसअघि दबाबस्वरुप दावी पेश गरिए पनि अब कांग्रेसका संसदीय दलका नेता यादवकै नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिने बताए।

उनले नयाँ सरकार गठनमा लोकतान्त्रिक समाजवादी पार्टीसमेत आफूहरुसँगै रहने भने पनि लोसपाले उक्त दाबी अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij