काठमाडाैं मंसिर महिनाकाे लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।
मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका हुन्।
गत कात्तिकमा औसतमा ६.१८ प्रतिशत ब्याजदर कायम रहेका २० वाणिज्य बैंकहरूले मंसिरमा यो दर घटाएर ५.९७ प्रतिशत पुर्याएका छन्, जसले ब्याजदरमा ०.२२ प्रतिशत अंकको कमी ल्याएको छ।
मंसिरका लागि ब्याजदरमा हेरफेर गर्दा ११ बैंकहरूले ब्याजदर घटाएका छन् भने ८ बैंकहरूले कात्तिककै ब्याजदर निरन्तरता दिएका छन्। एक वाणिज्य बैंकले भने ब्याजदरमा थोरै वृद्धि गरेको छ।
मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंक एनआईसी एशिया बैंक रहेको छ, जसले ६.७९ प्रतिशत ब्याजदर प्रदान गर्दैछ। विपरीतमा, सबैभन्दा कम ब्याजदर ५.५ प्रतिशत रहेको लक्ष्मी सनराइज बैंक बनेकाे छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij