२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

बजेट अटोमैत्री आएको नाडाको प्रतिक्रिया, मौद्रिक नीति यसैअनुरुप आउने अपेक्षा  

बजेट अटोमैत्री आएको नाडाको प्रतिक्रिया, मौद्रिक नीति यसैअनुरुप आउने अपेक्षा  

  • शनिबार, जेष्ठ १८ २०८२

 

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई अटोमोवाइल क्षेत्रमैत्री भएको भन्दै स्वागत गरेको छ। बिहीबार संघीय संसदमा प्रस्तुत बजेटले अटोमोवाइल उद्योगको वर्षौंदेखिको माग र चासोलाई सम्बोधन गरेको नाडाको भनाइ छ।

नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खासगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौं देखिको माग र आवाजलाई समेटेको छ। यो बजेट व्यवसायमैत्री छ र यसले उद्यमी तथा व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन, नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने संकेत दिएको छ।”

नाडाले सरकारले चालु बजेटमार्फत अटोमोवाइल उद्योगमा देखिएको अस्थिरता, करको बोझ र नीति अप्ठ्यारालाई समाधान गर्ने दिशामा पहल गरेको उल्लेख गरेको छ। त्यससँगै नाडाले आगामी मौद्रिक नीति पनि बजेटको भावनाअनुसार उद्योगमैत्री हुने आशा व्यक्त गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, “अब आउने मौद्रिक नीतिमा पनि यही सकारात्मक संकेतलाई निरन्तरता दिइनेछ भन्ने विश्वास लिएका छौं।”

नेपालको अटोमोवाइल उद्योगले लामो समयदेखि कर संरचना, आयात नीति र वित्तीय पहुँच जस्ता विषयमा सुधारको माग गर्दै आएको थियो। यस पटकको बजेटमा ती विषयहरूलाई प्राथमिकता दिइएकाले व्यवसायीहरू उत्साहित देखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij