२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

प्रारम्भ वर्ल्ड स्कुलको प्रदर्शनीमा पुग्दा……

प्रारम्भ वर्ल्ड स्कुलको प्रदर्शनीमा पुग्दा……

  • शनिबार, माघ २६ २०८१

काठमाडौं । माघको चिसो बिस्तारै कम हुँदै गएको थियो । शनिबारको दिन सामान्यतया विद्यालय एवं शिक्षणसंस्थाहरु बन्द रहने चलन छ । अन्य सरकारी तथा निजी सबै कार्यालयहरुले पनि बिदा मनाइरहेका हुन्छन् । यस दिन सडकमा गाडीहरुको आवतजावत चहलपहल पनि न्यून हुन्छ । विद्यालय पढ्ने बालबालिकाहरुको लागि शनिबार सरसफाइ कार्यमा संलग्न हुने दिनको रुपमा चिनिन्छ । कतिपय व्यक्तिहरुले यस दिनलाई घुमफिर र मनोरञ्जनको लागि पनि उपयोगमा ल्याउने गर्दछन् ।

यस्तैमा १९ गतेकाे शनिबार भने तारकेश्वरको शान्तिटोलमा अवस्थित प्रारम्भ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थीहरुको निकै उल्लासमय भइरहेको अनुभुति गर्न सकिन्थ्यो ।

पठनपाठन कार्यको लागि विद्यालय बन्द नै रहेपनि विद्यालयमा आयोजना गरिएको विशेष कार्यक्रमले विद्यालय र वरपरको क्षेत्रमा निकै चहलपहल बढाएको थियो । किनकि विद्यालयमा एक भव्य समारोहको आयोजना गरिएको थियो । जसलाई ‘प्रारम्भ फेट’ नाम दिइएको दिइएको थियो ।

हुनतः प्रारम्भ वल्र्डले समय–समयमा विभिन्न पृथक गतिविधिहरु सञ्चालन गर्दै आइ नै रहेको हुन्छ । फरक–फरक विधामा खेलकुद, मनोरञ्जन, सांस्कृतिक प्रस्तुतिहरु, प्रतिष्पर्धात्मक कार्यक्रमहरु यस विद्यालयले आयोजना गरि नै रहेको हुन्छ । अधिकांश समारोहमा उपस्थित हुनको लागि म आफूलाई अवसर समेत जुट्दै आएको छ ।

यस विद्यालयमा पटक–पटक प्रत्यक्ष उपस्थित भई विद्यालयका गतिविधिहरुलाई निगरानी गर्ने क्रममा विद्यालयले हरेक समारोहलाई विशेष ढंगबाट सम्पन्न गर्नुलाई नै आफ्नो विद्यालयको आफ्नो पृथक विशेषता बनाए जस्तो महसुस हुन्छ ।

यस शनिबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको समारोहमा उपस्थित हुँदा थप पृथक अनुभुति गर्ने मौका मिल्यो । प्रदर्शनी र औपचारिक कार्यक्रम गरी पूर्ण बनाइएको यस १ दिने ‘प्रारम्भ फेट’ समारोहले सायद सबै अभिभावकहरुलाई अवश्य आनन्दित बनाएको हुनुपर्छ । यस दिन कतै विद्यार्थीहरूले उपस्थित अतिथि एव् अभिभावकहरूलाइ पढाइरहेका अर्थात्र सिकाइरहेका थिए त कतै गेमकाे माध्यमबाट आफूआफूले नै सिक्ने प्रयाश गर्दै थिए ।

किन आयाेजना गरियाे याे कार्यक्रम ?

औपचारिक शिक्षाले मात्र व्यक्तिको पूर्णता निखार्न सम्भव हुँदैन । कलिला बालबालिकाहरुलाई आफैंले अनुभव गर्न सकिने गरी व्यावहारिक ज्ञान पनि सिकाउन जरुरी हने गर्दछ । हरेक व्यक्तिमा पृथक क्षमता रहने गर्दछ । एकै किसिमको शिक्षण विधि सबैको लागि प्रभावकारी हुन्छ भन्न सकिँदैन । शैक्षणिक क्रियाकलाप मार्फत हुने पठनपाठन एवं प्रतिष्पर्धाले मात्र सबैको सही मूल्यांकन नहुन सक्छ । साथै बालमष्तिष्कमा म भित्र पनि क्षमता छ भन्ने भाव मार्फत उनीहरुको विश्वास प्रणालीलाई बलियो बनाउन सकेको खण्डमा मात्र पूर्ण मानव बनाउन सम्भव रहन्छ भन्ने मान्यताले आफूहरुले निरन्तर पृथक प्रयोगको अभ्यास गरिरहेको विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली बताउनुहुन्छ ।

के–के थिए प्रदर्शनीमा ?
विद्यालय प्राङ्गणमा सञ्चालित प्रदर्शनीमा भौतिक विज्ञानका सिद्धान्तमा आधारित प्रदर्शनी, गणित सम्बन्धी प्रदर्शनी, विभिन्न सीपमूलक स्टलहरु, नैतिक शिक्षा, खानाका स्टलहरु, विभिन्न प्रकारका ज्ञानमा आधारित खेलकुद लगायतका थुप्रै चिजहरु प्रदर्शनीमा समेटिएका थिए ।

खाद्य परिकारहरू पकाउने कार्य कतै भइरहेकाे थियाे । कतै निःशुल्क रूपमा स्वास्थ्य जाँचकाे व्यवस्था गरिएकाे थियाे । एउटा स्टलमा विद्यार्थीहरूले खाद्यान्न, अम्लीयपन र स्वास्थ्यमा पर्ने असर बारे बताइरहेका थिए ।

PH काे बारेमा के सिकाउँदै थिए विद्यार्थीहरू ?

विद्यालयमा अध्ययनरत बालबालिकाहरूले विज्ञानमा सिकेकाे PH मानकाे आधारमा कुन खाना वा पेय पदार्थमा एसिड अर्थात् अम्लीयपना र अल्कालाइन अर्थात् क्षारीयपनाकाे अवस्था कस्ताे हुन्छ ? हामीले कस्ताे खाना खानुपर्छ ? कुन खाना हाम्राे लागि हानिकारक हुन्छ भन्ने कुरा पनि सिकाइरहेका थिए । उनीहरूले PH मान कम हुँदै जानुले अम्लीयपनाकाे मात्रा बढी हुने र त्यसले हाम्राे शरीरलाइ नाेक्सानी पुर्याउने भएकाेले यस्ता खानाकाे कम गर्दै लैजानुपर्नेमा सचेत गराइरहेका थिए । स्मरण रहाेस् कि तारेभुटेका खाद्यपदार्थ, औद्याेगिक उत्पादन, फास्टफुड, काेकाकाेला, फान्टा, औद्याेगिक उत्पादन भएका चक्लेटहरू लगायतमा अम्लीयपनाकाे मात्रा बढी रहने गरेकाे पाइन्छ । जसकाे कारण हाम्राे शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्या सृजना हुने गर्दछन् । अर्थात् अम्लीयपनकाे मात्रा बढी हुँदा हामीमा प्रतिरक्षात्मक क्षमता कमजाेर हुन गइ छिटाे-छिटाे विभिन्न स्वास्थ्य समस्याले सताउने र उपचारमा पनि कठिनाइ हुने गर्दछ । यसकारण अम्लीय खाद्यान्नकाे मात्रा कम गर्दै लैजानु राम्राे मानिन्छ ।

कसरी सम्पन्न भयाे प्रारम्भ फेट ?

तारकेश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटीबाट उद्घाटन गरिएको औपचारिक कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक एवं विभिन्न विद्यालयका उच्च पदस्थ व्यक्तिहरु अतिथिको रुपमा उपस्थित थिए । औपचारिक कार्यक्रमलाई विद्यार्थीका कलात्मक प्रस्तुती एवं विभिन्न व्यक्तिहरुका सम्बोधन सहित सम्पन्न गरिएको थियो । चिनियाँ भाषा समेत अध्ययन गराइरहेको यस विद्यालयले उक्त कार्यक्रमका चिनियाँ व्यक्तिहरुलाई समेत प्रस्तुतिको लागि अवसर प्रदान गरेको थियो । जुन प्रस्तुतिले उपस्थित दर्शकहरुको निकै प्रभावकारी तवरले आकर्षित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij