२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • शुक्रबार, चैत्र १५ २०८१
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार महान्यायाधिवक्ताको कार्यालय अनुगमन पश्चात् मन्तव्य राख्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

 

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए ।

राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।

तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij