काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा हिजै प्रधानमन्त्री नियुक्त भएकी हुन्।
उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij