२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पर्यटन तथा सामाजिक गतिविधिमा सक्रिय एक व्यवसायीको अनुभव

पर्यटन तथा सामाजिक गतिविधिमा सक्रिय एक व्यवसायीको अनुभव

आफैँमा विकट जिल्लाको रुपमा चिनिने सोलुखुम्बुमा पर्यटन क्षेत्र नै अधिकांश मानिसहरुको आयस्रोतको आधार बनेको छ । यस जिल्लाको विकासको निम्ति पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको छ । विकट जिल्लाको रुपमा चिनिने सोलुखुम्बुको प्रमुख आयस्रोत र जीवीकोपार्जनको आधार नै पर्यटन हो ।

त्यही सोलुखुम्बु जिल्लामा नै जन्मिएका तामाङ डेस्टिनेसन नेपालका निमा पाख्रिन र  टेक बहादुर तामाङको सहयोगको कारण पर्यटनको क्षेत्रमा प्रवेश गरेका पर्यटन व्यवसायी हुन् । ग्रामीण क्षेत्रमा रहेर काम गर्न चाहने तामाङलाई अहिले पर्यटन व्यवसायीको रुपमा चिनिन आइपुग्नुमा परिवार तथा समुदायको नै सहयोग रहेको छ ।

पर्यटनको क्षेत्रमा कसरी लागे तामाङ–ः

तामाङ भन्छन्, ‘मेरो जन्म पनि पर्यटनको राम्रो सम्भावना भएको तर पर्यटन क्षेत्र फस्टाउन नसकेको सोलुखुम्बुको केरुङ गाविसमा भयो । वास्तवमा म जन्मेको सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा त उक्त क्षेत्रलाई चिनिँदैन । तैपनि हाम्रा बुबा हजुरबुबाहरु पनि पर्यटनको क्षेत्रमा नै काम गरेर जीवीकोपार्जन गर्दै आउनुभएको थियो । ऊहाँहरुको कसरी यस क्षेत्रमा प्रवेश भयो ? त्यस क्षेत्रमा किन पर्यटन क्षेत्र फस्टाउन सकेन ? भन्ने कुरा भने हामीलाई जानकारी थिएन । बुबा र दाई पर्यटनको क्षेत्रमा रही टे«किङ्ग काम गर्दा मलाई यो क्षेत्र निकै नै रमाइलो क्षेत्रको रुपमा रहेको अनुभव हुन्थ्यो । विस्तारै बुबा र दाईको साथले गर्दा म पनि पर्यटनको क्षेत्रमा नै आइपुग्न सफल भएँ . त्यस समयमा मलाइ लाग्थ्यो, पर्यटन क्षेत्रमा लाग्ने हो भने नेपालमा सहज रुपमा पैसा आर्जन गर्न सकिन्छ । पर्यटनको क्षेत्रमा काम गर्ने हो भने नेपालमा विदेशबाट आउने पर्यटकहरुसँग पनि राम्रो सम्बन्ध विस्तार हुन्छ । यसले गर्दा विदेशमा जान पनि सजिलो हुन्छ । म यसै सोच बमोजिम नै पर्यटनको क्षेत्रमा संलग्न भएको हुँ ।’

सानै उमेरमा नै आमा बित्नुभएको हुनाले घरायसी कामको जिम्मेवारी पनि बुद्ध सिंह तामाङ माथि नै थपियो । त्यसले गर्दा माथिल्लो तहको अध्ययनलाई निरन्तरता दिन नसकेका तामाङ आर्थिक अवस्थालाई जेनतेन निर्वाह गर्नेमा नै लागिरहे । आर्थिक व्यवस्थापनको निम्ति १५÷१६ बर्षको उमेरमा नै घर छोडे । त्यस पश्चात् उनी टे«किङ्ग क्षेत्रमा नै संलग्न रहँदै आएका छन् ।

पर्यटनको क्षेत्रमा आवद्ध हुनुको निम्ति अदक्ष मानिसको प्रवेश बिन्दु भनेको भरिया नै हो । आफुले पर्यटनको क्षेत्रमा काम गर्ने क्रममा भोगेको अनुभव सुनाउँदै तामाङ भन्छन्, ‘मैले पनि यस क्षेत्रमा शुरुका दिनमा भरियाको रुपबाट करियर शुरु गरेको हुँ । मैले काम गर्दै जाने क्रममा शुरुका दिनमा आफ्नो क्षमता भन्दा बढी तौलका सामानहरु पनि बोक्नु पथ्र्यो । यद्यपि मैले यस्ता अनेकौं सङ्घर्ष सहेर लामो समय यसै क्षेत्रमा नै रहेर काम गरेँ । यस सँगै असिस्टेन्ट, असिस्टेन्ट कुक, असिस्टेन्ट गाइड हुँदै आफुलाई कामबाट अनुभवी पनि बनाउँदै थिएँ । त्यसै क्रममा काठमाडौँमा रहेको भाषा परिक्षण प्रदायक संस्थाबाट अङ्ग्रेजी भाषा सिक्ने काम पनि गरेँ ।

शुरुका दिनमा उनले काम गरेको कम्पनी डेस्टिनेसन नेपाल टे«किङ हो । उनले शुरुको समयमा काम गर्दा १५ सयमा काम शुरु गरेका थिए । तथापी पनि उनलाई यसै कम्पनीमा रहेर काम गर्ने क्रममा नै पर्यटन क्षेत्रलाई राम्रो तवरले बुझ्ने अवसर मिल्यो ।

आफुले काम शुरु गरेको समय र अहिलेको तुलना गर्दै तामाङ भन्छन्, ‘पर्यटन व्यवसायमा अहिले र पहिलेमा निकै नै फरक छ । त्यस समयमा नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने क्रममा अहिलेको जस्तो अनलाइनमा आधारित भएर काम गर्न सकिने अवस्था नभएको कारणले कुनै टिकट लिनुपर्ने अवस्थामा सम्बन्धित कम्पनीमा नै पुग्नुपर्ने अवस्था थियो । यद्यपि शुरुका ती दिनमा आफू अलराउन्डरको रुपमा नै काम गरेको कारणले गर्दा नै अहिले आफैंले कम्पनी सञ्चाालन गर्न सहज भएको हो, तामाङ्ग भन्छन् ।

आफूले माथिल्लो तहको शिक्षाबाट बञ्चित भएको कुरा तामाङको मनमा गडेर बसेको रहेछ, ‘म जस्ता अन्य थुप्रै मानिसले शिक्षा लिन नपाएको कुरा झल्झल्ती याद आउँथ्यो । यसैकारणले गर्दा मैले गाऊँमा विद्यालय सञ्चालन गर्नुपर्नेमा निकै दृढ थिएँ । जसरी पनि गाउँमा शिक्षा पु¥याउनुपर्छ भन्ने कुराको हामी सबैले महसुस गरेका हुनाले एकजना साथीको सहयोगमा जिल्ला शिक्षा कार्यालयबाट विद्यालय सञ्चालनको निम्ति अनुमति लियौं । साना नानीहरुलाई उक्त विद्यालयमा नै पढाउन शुरु ग¥यौं । तर त्यस समयमा विद्यालयको अवस्था निकै नै कमजोर थियो’ तामाङको अनुभव हो यो ।

बुद्ध सिंह तामाङको बुझाईमा पर्यटन क्षेत्रमा रहेका कमीकमजोरी तथा विकृति र यसलाई राम्रो तवरले अघी बढाउन गर्नुपर्ने कार्य सम्बन्धी सामाग्रीहरु अर्को खण्डमा पनि प्रकासन गरिएकाे छ ।

तामाङ एर्गोस ट्रेकिंग नेपालका संचालक हुन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij