२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पर्यटनमा लकडाउनको ठूलो असर, नयाँ सम्भावना बन्दै कृषि क्षेत्र

पर्यटनमा लकडाउनको ठूलो असर, नयाँ सम्भावना बन्दै कृषि क्षेत्र

राजन सिंखडा, पर्यटन उद्यमी

अहिले कोरोनाको कारण विश्वभरको अर्थतन्त्र कमजोर भएको छ । नेपालमा पनि त्यही अवस्था छ । त्यसमा पनि नेपालमा कोरोना महामारीको रुपमा नफैलिइसकेको अहिलेको अवस्थामा हामीले गरेको तयारी कोरोनाको सम्भावित खतराबाट बच्नको लागि गरिएको पूर्वतयारी मात्रै हो । यसले अहिले सम्म कुनै दुर्घटना भएको देखिएको छ । केवल हाम्रो जनजीवन प्रभावित भएको छ । यद्यपि यसले हाम्रो अर्थतन्त्रमा पार्ने असर भने निकै नै दीर्घकालिन हुने देखिएको छ । नेपालमा कोरोनाको नियन्त्रण गर्ने उद्देश्यले नै पूर्वतयारी स्वरुप लकडाउन गरिएको हो ।


बढी प्रभाव परेको क्षेत्र पर्यटन

लकडाउनको सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा पर्ने देखिएको छ । अहिले सम्म कोरोना कहिले नियन्त्रणमा आउने हो र लकडाउन कति लम्बिने हो भन्ने यकिन समेत गर्न सकिएको छैन । यो कति लम्बिने भन्ने कुरा हामीले जति छिटो यसको प्रभावकारी उपचार विधि पत्ता लगाउन सक्छौं भन्नेमा निर्भर रहने देखिन्छ ।
कोरोनाको उपचार विधि पत्ता लाग्ने वित्तिकै र कोरोना नियन्त्रणमा आउने बित्तिकै पर्यटकीय गतिविधि वृद्धि हुने अपेक्षा पनि गर्न सकिँदैन । पर्यटकीय गतिविधि बढाउन मानिसमा बाह्य बजारमा हिँडहुँल गर्ने हिम्मत पनि बढ्नुपर्छ । शुरुमा कोरोना नियन्त्रणमा आएपश्चात् पनि मानिसहरु ‘पर्ख र हेर’को अवस्थामा नै रहन्छन् । अहिले नै अवस्था सामान्य भएको खण्डमा पनि हामी पर्यटनमा कम्तीमा पनि ३ बर्ष पछाडि परेको अनुमान गर्न सक्छौं । अर्थात सन् २०१९-२० मा हामीले जुन प्रगति गरेका थियौं, त्यही अवस्थामा आउन पनि कम्तीमा ३ बर्ष लाग्न सक्छ ।


मुख्य बजार नै कोरोनाको उच्च प्रभावमा
नेपालमा आउने पर्यटकहरु मुख्यतः युके, अष्टेलिया, अमेरिका, चीन लगायतबाट हो । ती देशमा कोरोनाको सङ्क्रमण निकै नै भयावह छ । यसबाट एकातिर मानिसहरु बेखर्ची भएका छन् भने आफूसँग भएको रकम समेत तत्काल खर्च गर्न तयार नहुने अवस्था सृजना भएको छ । साथै उनीहरुमा डर ठूलो मनोरोग हुने समेत देखिन्छ ।

व्यवसायीहरु विस्थापित हुन सक्ने सङ्केत 
पर्यटन आपसमा निकै धेरै क्षेत्रसँग अन्तरसम्बन्धित रहने क्षेत्र हो । भनिन्छ, एउटा पर्यटक नेपाल आउँदा त्यसले १ दर्जन क्षेत्र चलायमान बनाउँछ । तर अहिले पर्यटनका विभिन्न च्यानलहरु ब्रेक भएका छन् । साथै अवस्था सामान्य अवस्थामा आइसकेपश्चात् समेत नेपालमा पर्यटन क्षेत्रबाट तत्कालै ठूलो सङ्ख्यामा व्यवसायीहरु विस्थापित हुन सक्ने अवस्था समेत देखिएको छ । पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरु अधिकांश आर्थिक रुपमा सबल नभई मध्यम आर्थिक हैसियतका बढी छन् । व्यवसायीहरु बैंकको ऋणले च्यापिएका छन् ।

आँकडामा पर्यटन बजार
नेपालमा पर्यटन क्षेत्र मार्फत अहिले सम्म करिब १३ लाख मानिसहरुलाई रोजगारी सृजना भएको थियो । करिब २ खर्ब ४० अर्ब बराबरको आय यस क्षेत्रबाट हुँदै आएको थियो । यस क्षेत्रमा करिब १ खर्ब बराबरको रकम लगानी भएको थियो । तर अहिले यो सबै ध्वस्त भएको छ । पर्यटन मन्त्रीले जिडिपीमा ३ देखि ४ प्रतिशत मात्र योगदान रहेको बताउनुभएको छ । तर हामीले विश्व बैंकको रेकर्ड हेर्दा यस पर्यटन क्षेत्रबाट करिब ७.९ प्रतिशत योगदान रहेको पाउन सकिन्छ । यसलाई हेर्दा पनि पर्यटन क्षेत्रको योगदान अर्थतन्त्रमा निकै महत्वपूर्ण रहँदै आएको छ ।

अबको पहल 
पर्यटन क्षेत्रलाई तत्काल माथि उठाएर पहिलेको अवस्थामा पु¥याउने कार्य त्यति सहज त अवश्य छैन । तैपनि परिस्थिति तत्काल सामान्य अवस्थामा आउन सकेको र मानिसहरु घुमफिरमा तयार भएको अवस्थामा पनि नेपाल सरकारले विशेष प्याकेज ल्याई पर्यटक आकर्षित गर्न सकेको खण्डमा विस्तारै पर्यटकहरु नेपालमा आउन सक्ने देखिन्छ ।

पुर्वाधार विकासमा केन्द्रित हुनुपर्छ 
अब हामीले पर्यटनको दिगो फाइदालाई लक्षित गरी अघी बढ्नु जरुरी रहन्छ । यसको लागि हामीले हाम्रा सडक, एयरपोर्ट लगायतका पूर्वाधारको गुणस्तरीयता थप सुधारको लागि पनि विशेष पहल गर्नु जरुरी छ । साथै तत्कालको लागि भने अल्पकालिन उपायहरु समेत खोजी गर्दै यस क्षेत्रलाई टिकाइराख्नुपर्ने जरुरी समेत देखिन्छ । अहिले लकडाउनको समय भएको हुनाले सबैजना घरमा नै बसेर आराम गर्नुको अलावा कस्ता योजना प्रभावकारी हुन सक्छन् भन्ने बारेमा घरबाटै तयारी गर्नुपर्ने आवश्यकता समेत देखिन्छ ।

कृषि क्षेत्रः अबको नयाँ सम्भावना
अहिले नेपालमा विदेशिएका नेपालीहरु समेत नेपालमा फर्कन सक्ने अवस्था देखिएको छ । मुलुकको विकासको लागि पर्यटन, जलविद्युत र कृषि गरी ३ क्षेत्रलाई मुख्य खम्बाको रुपमा हेरिँदै आइएको छ । यद्यपि कृषि क्षेत्रमा काम गर्न अहिले सम्म जनशक्ति ठलो समस्या देखिएको थियो । अब भने कृषि क्षेत्रमा समेत युवाहरु आकर्षित हुने सम्भावना देखिएको छ । कृषिको व्यावसायिकरणको लागि हामीले कोरिया, इजरायल लगायतमा पुगेका व्यक्तिहरुले सिकेको सीप नेपालमा प्रयोग गर्न सक्ने गरी तयारी सहित यान्त्रिकरणमा समेत जोड दिन सकेको खण्डमा कोरोनाले कृषि क्षेत्रलाई नयाँ तवरले माथि ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समेत देखिएको छ । यसको लागि नेपालको कृषि मन्त्रालयलाई थप सशक्त बनाउँदै कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जरुरी समेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij