२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

परिवर्तनको चाहनालाई कार्यान्वयनमा लैजाने मेराे प्रतिबद्धता : भरत प्रसाद पराजुली

परिवर्तनको चाहनालाई कार्यान्वयनमा लैजाने मेराे प्रतिबद्धता : भरत प्रसाद पराजुली

  • मंगलबार, फाल्गुन १२ २०८२

सिन्धुपाल्चोक — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार भरत प्रसाद पराजुली ले क्षेत्रको समग्र विकासका लागि विस्तृत योजना सार्वजनिक गरेका छन्। ऊर्जा, उद्यमशीलता र स्थानीय आर्थिक विकासको अनुभवलाई आधार बनाएर उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई केन्द्रमा राख्दै विकासको नयाँ खाका अघि सारेका हुन्।

लामो समयदेखि उद्यमशील क्षेत्रमा सक्रिय पराजुली सफल व्यवसायीका रूपमा परिचित छन्। विशेषगरी हाइड्रोपावर तथा ऊर्जा क्षेत्रमा उनको संलग्नता रहेको बताइन्छ। निजी क्षेत्रको अनुभवलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य उनले लिएका छन्। ऊर्जा उत्पादनलाई क्षेत्रीय विकाससँग जोड्दै जलविद्युत् परियोजनाबाट स्थानीयलाई प्रत्यक्ष लाभ पुर्‍याउने योजना उनले अघि सारेका छन्।

उनले प्रस्तुत गरेको योजनाअनुसार शिक्षा क्षेत्रमा विद्यार्थी संख्या कम भए पनि गुणस्तरीय शिक्षा सुनिश्चित गरिनेछ। प्रत्येक विद्यालयमा डिजिटल शिक्षाको विस्तार, कम्प्युटर ल्याब स्थापना तथा प्राविधिक शिक्षा प्रवर्द्धनमार्फत युवालाई सीपयुक्त बनाउने लक्ष्य राखिएको छ। दुर्गम क्षेत्रमा निरन्तर शिक्षा पहुँच सुनिश्चित गर्नुका साथै स्थानीय भाषा संरक्षणमा पनि जोड दिइने उनले बताएका छन्।

स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन, अस्पताल तथा स्वास्थ्य चौकी सुदृढीकरण र गुणस्तरीय औषधि उपलब्ध गराउने योजना अघि सारिएको छ। ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।

रोजगारी र उद्योग विकासतर्फ “एक गाउँ, एक उद्योग” अभियानमार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने योजना रहेको छ। जलविद्युत् तथा ऊर्जा परियोजनामा स्थानीय युवालाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने, युवा उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउने र साना तथा मझौला उद्योगलाई कर छुट दिने प्रस्ताव उनले गरेका छन्।

कृषि आधुनिकीकरणमार्फत किसानको आय वृद्धि गर्ने लक्ष्य राख्दै मल, बीउ र कृषि औषधिको सहज आपूर्ति, सिधा बजार पहुँच र उचित मूल्य सुनिश्चित गर्ने योजना प्रस्तुत गरिएको छ। जडीबुटी, पशुपालन र कृषि प्रशोधन उद्योगलाई प्रोत्साहन गर्दै ग्रामीण अर्थतन्त्र बलियो बनाउने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन, अस्पताल तथा स्वास्थ्य चौकी सुदृढीकरण र गुणस्तरीय औषधि उपलब्ध गराउने योजना अघि सारिएको छ। ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।

पर्यटन विकासअन्तर्गत धार्मिक तथा प्राकृतिक सम्भावनालाई उपयोग गर्दै केबलकार, पदमार्ग र इको–टुरिज्म परियोजना अघि बढाइनेछ। ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी पर्यटनमार्फत स्थानीय आय वृद्धि गर्ने योजना उनले सार्वजनिक गरेका छन्।

रोजगारी र उद्योग विकासतर्फ “एक गाउँ, एक उद्योग” अभियानमार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने योजना रहेको छ। जलविद्युत् तथा ऊर्जा परियोजनामा स्थानीय युवालाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने, युवा उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउने र साना तथा मझौला उद्योगलाई कर छुट दिने प्रस्ताव उनले गरेका छन्।

पूर्वाधार विकासमा अरनिको राजमार्ग स्तरोन्नति, सुरक्षित सडक विस्तार, अपाङ्गमैत्री संरचना निर्माण तथा बाह्रबिसेलाई स्मार्ट सिटी अवधारणाअनुसार विकास गर्ने लक्ष्य राखिएको छ। साथै “एक घर, एक धारा” अवधारणामार्फत सुरक्षित खानेपानी र सिँचाइ सुविधा विस्तार गर्ने योजना पनि समावेश गरिएको छ।

सुशासनतर्फ डिजिटल प्रणालीमार्फत पारदर्शिता बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नियमित सार्वजनिक सुनुवाइ सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। निजी क्षेत्रको व्यवस्थापन अनुभवलाई सरकारी सेवा प्रवाहमा लागू गर्दै छिटो, पारदर्शी र उत्तरदायी प्रशासन निर्माण गर्ने उनको लक्ष्य रहेको छ।

सिन्धुपाल्चोक जिल्ला को विकासलाई ऊर्जा, उद्यम र सुशासनसँग जोड्दै अघि बढाउने पराजुलीको योजनाले स्थानीय स्तरमा आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। उनले प्रस्तुत गरेका कार्यक्रमहरू कार्यान्वयनमा केन्द्रित रहेको भन्दै समर्थकहरूले यसलाई व्यवहारिक विकास दृष्टिकोणका रूपमा लिएका छन्।

ऊर्जा र आर्थिक समृद्धिमार्फत विकासको लक्ष्य
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको आधार मानेर पराजुलीले जलविद्युत् उत्पादन, स्थानीय लगानी र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन्। ऊर्जा परियोजनाबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने संरचना निर्माण गर्ने उनको योजना छ।

  • जलविद्युत् आयोजनामा स्थानीयको उच्च सहभागिता
  • ऊर्जा उत्पादनसँगै उद्योग र रोजगारी विस्तार
  • युवा उद्यमीलाई सहुलियत ऋण र स्टार्टअप प्रोत्साहन
  • “एक गाउँ, एक उद्योग” अभियान सञ्चालन
  • शिक्षा, स्वास्थ्य र कृषि आधुनिकीकरणमा जोड

मानव विकासलाई दीर्घकालीन समृद्धिको आधार मान्दै शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्ने योजना अघि सारिएको छ। साथै कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ।

  • प्रत्येक विद्यालयमा डिजिटल शिक्षा र कम्प्युटर ल्याब
  • पाँच लाखसम्म स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन
  • मल, बीउ र कृषि औषधिको सहज उपलब्धता
  • किसानलाई सिधै बजार पहुँच र उचित मूल्य सुनिश्चित
  • जडीबुटी, पशुपालन र कृषि प्रशोधन उद्योग प्रवर्द्धन
  • पूर्वाधार, पर्यटन र सुशासन सुधार


स्थानीय सम्भावनालाई उपयोग गर्दै पर्यटन विकास, सुरक्षित पूर्वाधार निर्माण र पारदर्शी शासन प्रणाली स्थापना गर्ने लक्ष्य योजनामा समेटिएको छ। डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

  • अरनिको राजमार्ग स्तरोन्नति र सुरक्षित सडक विस्तार
  • धार्मिक तथा इको–टुरिज्म विकास योजना
  • “एक घर, एक धारा” अवधारणामार्फत सुरक्षित खानेपानी
  • डिजिटल प्रणालीमार्फत पारदर्शी प्रशासन
  • हरेक ६ महिनामा सार्वजनिक सुनुवाइ

सिन्धुपाल्चोक जिल्लाको समग्र विकासलाई ऊर्जा, उद्यमशीलता र सुशासनसँग जोड्दै अघि बढाउने पराजुलीको योजना व्यवहारिक र परिणाममुखी भएको उनका समर्थकहरूको दाबी छ। स्थानीय स्रोत, सीप र सम्भावनालाई उपयोग गर्दै रोजगारी सिर्जना तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका छन्।
जनताको चाहना परिवर्तन हो, जनताको आवाज नै मेरो शक्ति हो, र जनताको विश्वास मेरो जिम्मेवारी हो,” भन्दै भरत प्रसाद पराजुलीले आफू जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij