२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा बुधबार पुलिस क्लबमा हुँदै

नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा बुधबार पुलिस क्लबमा हुँदै

  • सोमबार, असोज २७ २०८२

काठमाडौं । नेपाल हस्तकला महासंघले आफ्नो ४५ औं वार्षिक साधारण सभा आगामी २०८२ साल असोज २९ गते (बुधबार) बिहान ९:०० बजे नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, भृकुटीमण्डप, काठमाडौंमा आयोजना गर्ने भएको छ।

महासंघले यसअघि स्थगित साधारण सभा पुनः आयोजना गर्न लागेको हो। साधारण सभासँग सम्बन्धित विस्तृत सूचना २०८२ असोज ५ गते प्रकाशित भएको जानकारीमा जनाइएको छ।

साधारण सभामा सहभागी हुन महासंघका सदस्यहरूले २०८२ असार मसान्तसम्मको वार्षिक शुल्क बुझाएको हुनुपर्नेछ। जसका लागि शुल्क बुझाउने अन्तिम मिति असोज १६ गते कार्यालय समयभित्र तोकिएको छ।

साधारण सभामा महासंघको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने महासंघले जनाएको छ।

साधारण सभासँग सम्बन्धित थप जानकारीका लागि महासंघको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij