२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपाल सरकारले तत्काल घोषणा गर्नुपर्ने आर्थिक प्याकेज

नेपाल सरकारले तत्काल घोषणा गर्नुपर्ने आर्थिक प्याकेज

सुबर्ण पौडेल

कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र पनि स्वाभाविक रूपमा प्रभावित भएको छ । पर्यटन क्षेत्रबाट सुरु भएको प्रभाव विस्तारै सम्पूर्ण क्षेत्रमा परिसकेको छ । हाल उद्योग, कारखाना, व्यापार, व्यवसाय, परियोजना तथा शैक्षिक क्षेत्र हरु पूर्ण रुपमा ठप्प रहेको र लकडाउन पश्चात\ संचालन आएपनि नगद प्रवाहको व्यवस्थापन, सप्लाई-चेनमा समस्या आदि कारणले चुनौतीपूर्ण देखिएको छ यसै सन्धर्भमा निजि क्षेत्र तथा सर्बसाधारण ले भोग्नु पर्ने आर्थिक भारलाई केहि कम गर्न नेपाल सरकारले तत्काल घोषणा गर्नु पर्ने आर्थिक प्याकेजको सुझाबहरु बुदागत रुपमा निम्न वमोजिम रहेको छ .

१) नेपाल राष्ट्र बैंकको माध्यमबाट बित्तिय औजारहरु (Financial Tools) जस्तैः CRR, SLR, CCD, Spread Rate आदिको प्रयोग गरि समग्र कर्जाको ब्याजदर २-३% ले घटाउनु पर्ने ।

२) औद्याेगिक तथा व्यवसायिक फर्महरुलाई हाल कायम २०–३०% को दायरामा रहेको आयकरको दरलाई कम्तिमा ५% ले घटाउनु पर्ने ।व्यक्तिगत करदाताको हकमा समेत कर को दर पुनराबलोकन गर्नु पर्ने ।

३) मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २४ (३) अनुसार लगातार चार महिनामासम्म मिलान गरेर बाँकी रहेको रकम एकमुष्ट फिर्ता दिने व्यवस्था भएता पनि हाल प्राप्त हुन नसकेकोले औधोगिक तथा व्यवसायिक फर्महरुलाई नगद प्रवाहको व्यवस्थापन गर्न VAT Credit अविलम्व भुक्तानी गर्नु पर्ने ।

४) कोभिड १९ को महामारीले गर्दा रेमिटेन्स घट्ने तथा विदेशमा रहेका नेपाली कामदार समेत स्वदेश फिर्ता हुने सम्भावना देखिएकाले स्वदेशी बस्तुको उत्पादनको लागि प्रोत्साहन गर्न तथा उपयोग बढाउन आवश्यक कदम चाल्नु पर्ने ।

५) लामो समय देखि संचालन मा नरहेका तथा पूर्ण क्षमतामा संचालन मा आउन नसकेका रुग्ण उद्योगहरुको पहिचान गरि सार्बजनिक निजी साझेदारी -Public Private Partnership_ मोडेलमा संचालनमा ल्याउनु पर्ने ।

६) लकडाउन अवधि र उद्योग वन्द भएको अवधिमा नेपाल विद्युत प्राधिकरणले Demand Charge लिन नपाउने व्यवस्था गर्नु पर्ने साथै औधोगिक उत्पादन बढाउनका लागिे एक वर्षको लागि सस्तो दरमा विद्युत उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने ।

७) अवको कम्तिमा एक वर्षसम्म पर्यटक आउने सम्भावना पनि नरहेकोले पर्यटन क्षेत्रमा आवश्यकता अनुसार कर्मचारी तथा कामदारको संख्या कटौती गर्न सकिने, कामदार कर्मचारीको तलब तथा सुबिधा आवश्यकता अनुसार कटौती गर्न सकिने, होटलमा संकलन भएको मूल्य अभिबृद्धि करको विवरण र मू.अ. कर रकम छ–छ महिनामा बुझाउने र स्थानीय तहले संकलन गर्ने एकिकृत सम्पत्ति कर ५० प्रतिशतले छुट गर्ने व्यवस्था गर्नु पर्ने ।

८) लकडाउनको कारण ले सहज रुपमा कर्मचारी कार्यालय आउने अवस्था नभएको साथै आर्थिक रुपले समेत उधोगी व्यापारीहरु मारमा परेकोले आयकर, मूल्य अभिवृदी कर, कम्पनी रजिस्ट्रार जस्ता नियमक निकायहरुमा बुझाउनु पर्ने कागजात तथा शुल्क हालको अवस्था सामान्य नभए सम्मको लागि सार्नु पर्ने साथै सो अवधिको ब्याज तथा जरिवाना समेत छुट दिनु पर्ने ।

९)  रोजगारदाताले श्रमिकको नाममा सामाजिक सुरक्षा कोष वा संचय कोष र उपदानकोष मा जम्मा गर्नु पर्ने रकम केहि समयको लागि छुट दिने व्यबस्था गर्नु पर्ने अथवा, सो कोषमा सरकारले नै भुक्तानी गर्ने व्यबस्था गर्नु पर्ने ।

१०)  कुनै कम्पनी तथा फर्म ले आफ्नो आकार र क्षमता घटाउन चाहेमा वा बन्द गर्न चाहेमा आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था गरिनु पर्ने ।

११ )कृषि क्षेत्रलाई थप मजबुत बनाउन एकदमै आवश्यक रहेकोले कृषि क्षेत्रको लागि निम्न कुराहरु गर्नुपर्ने:

(क) गुणस्तरीय मल तथा बिउ बिजनको समयमै उपलब्धता ।

(ख) हरेक प्रदेश मा कोल्ड स्टोरेजको व्यवस्था।

(ग)लघु बित्त संस्था तथा सहरी संस्थाहरु मार्फत सहुलियत ब्याजदर मा लघु कर्जा।

(घ) कृषि जन्य सामग्रीको आयातमा लाग्ने भन्सार शुल्कमा थप मिनाहा।

(ङ) ब्यबसायिक कृषकहरुले उत्पादन गर्ने कृषिजन्यबस्तुको बजारको लागि सरकार ग्यारेन्टी दिने साथै इ-कमर्सलाई समेत प्रोत्साहन गर्ने ।

(च) हाल कृषि क्षेत्रको लघुबीमामा दिदै आएको ७५% सम्मको सरकारी अनुदान लाई थप गरि ९०% सम्म पुराउने ।

(छ) ब्याबसायिक कृषि क्षेत्रमा लग्न चाहने नवउद्यमीहरुको लागि प्रयाप्त तालिम साथै मोबाइल एप्लीकेसन को माध्यम बाट निशुल्क जानकारी लिन मिल्ने व्यवस्था गर्ने।

(ज) विदेश बाट आएका वा फर्किन चाहने युवाहरुलाई कृषि क्षेत्रमा लग्न प्रोत्साहन गर्न सहुलियत कर्जा, निशुल्क तालिम, निशुल्क फर्म/कम्पनी दर्ता जस्ता योजना ल्याउने।

(घ) सहरी इलाकामा समेत मानिसहरुलाई तरकारीमा केहि हद सम्म आत्मनिर्भर बनाउन गमला खेति, कौसी खेति आदिकोलागि तालिम, सूचना तथा परामर्श मोबाइल एप्लीकेसन को माध्यम बाट निशुल्क जानकारी लिन मिल्ने व्यवस्था गर्ने।

१२) लामो समय सम्म घर मै लकडाउन मा बस्नु पर्दा बिधार्थीहरुको पढाई लाई समेत मध्यनजर गर्दै अनलाइन क्लासको ब्यबस्था गर्न प्रोत्साहन गराउने साथै तेस्को लागि आवश्यक पर्ने Learning Management System (LMS) को निर्माण गरि निसुल्क उपलब्ध गराउन शिक्षा मन्त्रालय तथा निजि क्षेत्रमा छाता संघठनको सहकार्यमा आवश्यक कदम चल्नु पर्ने ।

१३) कम आय भएका परिवार तथा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरु पहिचान गरि दैनिक गुजारा चल्ने राहतको व्यवस्था गर्ने साथै सहरी क्षेत्रको प्रमुख चोकहरु तथा अन्य जिल्लाका उपयुक्त ठाउमा निसुल्क अथवा सहुलियत  फूड कोर्टको व्यवस्था गर्ने।

१४) हरेक क्षेत्रलाई एउटै किसिमको प्याकेज व्यवहारिक नदेखिएकाले प्रत्येक क्षेत्रको सूक्ष्म रूपले अध्ययन गर्न नेपाल सरकारका प्रतिनिधिहरु, सम्वन्धित क्षेत्रका विज्ञहरु तथा निजि क्षेत्र समेतलाई समेटिएको कार्यदल बनाई सो कार्यदलको सुझावको आधारमा तत्कालिन, मध्यकालिन तथा दिघकालिन रणनितिक योजना हरु बनाउनु पर्ने ।

(पौडेल इमर्जिंग नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकरी अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij