नेपालको कफी इतिहास झन्डै नबौं दशक अगाडी एकजना सन्यासी हिरा गिरी द्वारा बर्मा बाट कफीको बिउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपनगरि सुरु भएको देखिन्छ। नबौं दशक लामो इतिहास भएपनि बिगत चार दशक देखि मात्र कफीखेतिको ब्यबासायिकरुपमा बिकाश भएको देखिन्छ। अझ भन्नुपर्दा एकदशक देखि नेपालि कफी उद्योग तिब्रगतिमा बिकाश भएको हो। बिशेष गरि कफी क्याफे सस्कारको बिकाश मुख्य शहरहरु देखि बजार- बजार सम्म उत्साहजनकरुपमा भएको देखिन्छ। बजारको मागको अनुपातमा थोरैमात्रमा उत्पादन भएतापनि उत्क्रिस्त हिमाली जलबायु, उच्च भू-भागमा खेतिहुने हुँदा, बिशिस्ट गुणको स्वाद भएकोले अन्तरास्ट्रिय बजारमा अझ भनुपर्दा बिशिस्ट कफी बजारमा (Specialty Coffee Market ) निकैनै माग रहेकोले विश्व बजारमा नेपाली कफीको निर्यातकोको लागि प्रचुर सम्भावना देखिन्छ ।
कफी विश्व बजारमा तेल पछि सबैभन्दा बदी कारोबार हुने वस्तु मध्ये एक हो। संसारका करोडौ मानिसले दैनिक सेवन गर्ने पिय पदार्थ भएकोले कफीको अन्तरास्ट्रिय बजार निकैनै ठुलो छ । सन् २०२४ को तथ्यांक अनुसार ग्रिन कफी को खपत १० अरब किलो ग्राम भन्दा माथि भएको देखाउन्छ जुन अघिलो बर्ष भन्दा २-२५ % ले बृद्दी भएको देखिन्छ। यसरि बढी खपत हुने देशहरुमा अमेरिका, युरोपेली देशहरु, जापान, दक्षिण कोरिया, चीन पर्दछन।

वर्तमान नेपाली कफी बजारमा माग र आपूर्ति बिचको अनुपातलाई हेर्नेहोभने उत्पादन भन्दा झन्डै तीनगुना खपत भएको देखिन्छ। आन्तरिक बजारको आपुर्तिनै पुरागर्न नसकिएको अबस्थामा निर्यातको बहस गर्न सायदै मुनासिब नहुन सक्छ। तदापी नेपाल सरकार कृषि मन्त्रालयको मातहतको नेपाल चिया तथा कफी बिकाश बोर्डको अध्ययन अनुसार नेपालमा झन्डै १२ लाख हेक्टर जमिन कफीको लागि उपयुक्त भएको र यसमा पनि ६२ हजार हेक्टर जमिन बिशिस्ट कफीको लागि (specialty coffee ) उपयुक्त भएको देखिन्छ। त्यसैगरी नेपाली कफी बिशिस्ट कफीमा हुने गुण (specialty coffee ) भएकोले बिशिस्ट कफी बजारमा राम्रो मुल्यमा बिक्रि गर्न सकिने धेरैनै अवसर रहेकोले नेपाली कफी खुल्ला विश्व बजारमा निर्यातको लागि अथाह सम्भावना रहेको छ ।
कफी विश्व बजारमा तेल पछि सबैभन्दा बदी कारोबार हुने वस्तु मध्ये एक हो। संसारका करोडौ मानिसले दैनिक सेवन गर्ने पिय पदार्थ भएकोले कफीको अन्तरास्ट्रिय बजार निकैनै ठुलो छ । सन् २०२४ को तथ्यांक अनुसार ग्रिन कफी को खपत १० अरब किलो ग्राम भन्दा माथि भएको देखाउन्छ जुन अघिलो बर्ष भन्दा २-२५ % ले बृद्दी भएको देखिन्छ। यसरि बढी खपत हुने देशहरुमा अमेरिका, युरोपेली देशहरु, जापान, दक्षिण कोरिया, चीन पर्दछन। यसरि विश्व कफी बजार लाइ नियाल्दा कफीको अन्तर्रास्ट्रिय बजारमा ठुलो माग रहेको प्रस्ट हुन्छ यस अर्थमा नेपालको जमिनको क्षमता अनुरुप उत्पादन गरि विश्व बजारमा निर्यात गर्ने हो भने रास्ट्रिय अर्थतन्त्रमा निकै ठूलो टेवा पुग्ने कुरालाइ नकार्न सकिन्न।

निर्यातको अवसर
नेपालमा गरिने कफी खेति प्राकृतिक रुपमानै जैविक (organic ) भएकोले अहिले को विश्व बजारको रोजाइमा परेको छ। त्यसैले नेपाली कफी लाइ राम्रो मूल्यमा निर्यात गर्नसकिने । नेपालमा कफी खेति गर्दा जैविक मल को प्रयोग गर्नु को साथै कुनै पनि रासाइनिक पदार्थ र बिषादी हरुको प्रयों नगर्ने , हिमाली स्वच्छ हावामा, पानिमा खेति हुने हुदा याँहा को कफी प्राकृतिक रुपमा नै जैविक हुने हुदा यसको माग आज को बजारमा दिन्दिनानु बदिरेको ले निर्यात को ठुलो सम्भावना बोकेको छ । यदि सरकारको सहयोग मा जैविक प्रमाणीकरण ( Organic Certified ) गर्न सकीयो भने राम्रो मूल्य मा निर्यात गर्न सकिने देखिन्छ।
नेपालमा मध्य पहाडी भेग जुन समुन्द्र सतहबाट ८00 देखि १८०० मिटर उचाइमा हिमाली चिसो जलवायुको प्रभावको कारण यहा उत्पादित कफिमा बिशिस्ट स्वादको हुने हुँदा अन्तरास्ट्रिय बजारमा हिमालयन इस्पेशिअल्ति को नाममा ब्राण्डिङ गर्न सकिने र विश्व बिशिस्ट कफी बजारमा नयाँ ओरिजिनकाे कफीको रुपमा स्थापित गर्न सकिने र भनेको जति मूल्यमा बिक्री गर्न सकिने स्थिति छ।
विभिन्न रास्ट्रिय तथा अन्तर्रास्ट्रिय क्यु ग्रेडर (Q Grader )ले गरेको कपिंगमा नेपाली कफीले उच्च विशिस्ट र विशष्ट श्रेणीको अंक आएकोले यसमा अझ कफी प्रोसेसिङ्गमा ध्यान दिएर गर्ने हो भने अब्बल गुणस्तरको कफी उत्पादन गरि मनग्य मुल्यमा बिक्रि गर्न सकिने ठुलो सम्भावना बोकेको छ। किनेभने नेपाली कफी ले १०० मा ९० भन्दा माथि कपिंग स्कोर ल्याएको छ । जुन हाम्रो कफी उद्योगको लागि कोशेढुंगा हुनेछ ।
राष्ट्रिय स्तरमै कफीलाई निर्यातमुखी नगदेबालीका रूपमा प्राथमिकता दिइएको छ, जसले यस क्षेत्रलाई द्रुत गतिमा अगाडि बढाउने आधार तयार गरेको छ। सरकारले नीति तथा कार्यक्रममा कफीलाई विशेष स्थान दिएको मात्र होइन, यसलाई व्यवस्थित बनाउन कफी व्यवसायी महासंघ, सहकारी संस्था, संघ–संस्था र निजी क्षेत्र समेत सक्रिय छन्। यी संस्थाहरूले किसानलाई प्रशिक्षण, प्राविधिक सहयोग, उत्पादन संकलन र बजारमा पहुँच दिलाउने काम गर्दै आएका छन्। यसले किसानलाई उत्पादन बढाउन प्रोत्साहन दिने मात्र होइन, उनीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने मार्ग खोल्ने काम गरेको छ। यस्तो सहकार्य र प्राथमिकताले गर्दा नेपाली कफीलाई भविष्यमा अझ व्यवस्थित ढंगले उच्च मूल्यमा निर्यात गर्ने प्रशस्त सम्भावना रहेको छ।

चुनौतीहरु
नेपालमा ११ लाख हेक्टर भन्दा बदी कफी खेतीको लागि उचित भू-भाग रहेपनि उत्पादन निकैनै न्यून रहेको छ। ११ लाख उचित जमिन मा जम्मा हाराहारी ४००० हेक्टरमा मात्र कफ़ि खेति गरिएको छ। वर्तमान अवस्थामा स्थानिय बजारको मागलाई नै आपूर्ति गर्न नसकेको अवस्थामा रहेकोले निर्यात गर्नको लागि प्रशस्त कफी छैन ।
उचित प्रबिधि र सिप को कमीले गर्दा कफीको गुणस्तर मा एकरुपता नभएकोले अन्तरास्ट्रिय बजार ले मागगारे अनुरुपको कफी निर्यात गर्न कठिनाइ हुन। साना साना किसान हरुको बाहुल्यता रहेकोले प्रबिधि को पूर्ण प्रयोग गरि गुणस्तर कफी उत्पादन मा कठिनाई हुनु ले ब्यबस्सयिक तबरले कफी खेति संचालन गर्न नसक्नुले गर्दा खोजेको गुणस्तर दिन नसक्नु। बिशेषत कफी प्रोशेस गर्नेक्रम दक्ष जनशक्ति कमि र प्रोसेसिङ्ग ज्ञानको कमीले गुणस्तर मा एकरुपता नआउनुले निर्यात मा धेरैनै समस्या देखिन्छ।
नेपाल भूपरिबेष्ठित राज्य भएकोले निर्यात प्रक्रियामा समस्या छ। किनभने ढुवानी गर्नको लागि धेरै समय लाग्ने र ढुवानी गर्दा महँगो शुल्क लाग्ने हुँदा अरु देशको कफीसँग प्रतिष्पर्धा गर्नको लागि कठिनाई पर्छ। यसले अनावश्यक कफीको लागत बढ्छ । फलस्वरूप बजारमा नेपाली कफीको मूल्य अरुको तुलनामा महँगो हुन्छ।
नेपालमा किसान अभिमुखी धेरै कार्यक्रमको अवधारणाहरु आएपनि प्रत्यक्ष लाभान्वित खासै हुननसकेकोले उत्पादन बदाउन प्रेरणा नपाएको अबस्था छ। आपूर्ति शृंखलामा बिचौलिया हरुको चलखेलले किसान हरुले उचित भुक्तानी नपाउनु ले गर्दा किसानहरुमा उत्पादन बधाउनको लागि उत्साहित देखिरहेको छैन ।
समाधानका उपायहरु
नेपाली कफी लाइ अन्तरास्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नकोलागि लक्षित गरि आधुनिक प्रशोधन केन्द्र र गुणस्तर मापनको लागि गुणस्तर परिक्षण प्रयोगशाला सरकार तथा निजि क्षेत्र मिलेर स्थापना गर्न आवश्यक छ। विश्व बजारको बर्तमान माग अनुरुप नेपाली कफी लाइ सरकार तथा निजि संघ संस्थाको तबरबाट अर्गानिक, फेयर ट्रेड र स्पेशाल्टि प्रमाण-पत्र लिन सक्ने व्यवस्था गर्ने जसले गर्दा कफी राम्रो मुल्यमा बिक्री गर्न सकिन्छ।
उत्पादनमा उलेख्य बृद्धि गर्नको लागि सरकार र निजि संघ संस्था मिलेर किसान लाइ आबश्यक तालिम र बितिय सस्थाहरु बैंक र सहकारी बाट बित्तिय सुविधाको व्यवस्था गरी बाजारमा प्रभावकारी पहुँच दिनुपर्दछ ।
अन्तरास्ट्रिय बजारमा पहिचान सहित बलियो संग प्रतिस्थापित हुनको लागि सरकार ले नेपाली कफी निर्यात प्रबर्दन को लागि सक्रिय प्रचारप्रसार गर्नुपर्दछ । यसले गर्दा विश्व कफी बजारमा स्थापित हुन मद्दत गर्दछ।
निष्कर्ष
नेपाली कफी को गुणस्तर लाइ स्थिर राख्न सकेमा, साथै लाखौँ हेक्टर जमिनमा खेतीको बिस्तार गरि उलेख्य रुपमा उत्पादन बढाउने हो भने अन्तरास्ट्रिय बजारमा नेपाली कफी को दरिलो उपस्थितिहुनु को साथै प्रिमियम कफीकोरुपमा स्थापित हुने प्रचुर सम्भावना देखिन्छ। बजार को माग अनुरुपमा उचित प्रचार प्रसार तथा ब्रनादिंग गर्ने हो भने उलेख्य परिणाममा कफी निर्यात गर्न सकिने छ। यसले किसान हरुको आय आर्जन मनग्य बृदी गर्दै रास्ट्रीय अर्थतन्त्रमा ठुलो टेवा पुरौनुको अलाबा नेपालको पहिचान विश्वमा व्यापक बदाउन मद्दत पुर्याउद छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij