२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

निषेधाज्ञा अवधिलाई यसरी बनाउन सकिन्छ प्रतिफलमुखी

निषेधाज्ञा अवधिलाई यसरी बनाउन सकिन्छ प्रतिफलमुखी

कमल पन्थी 

कमल पन्थी 

कोरोना महामारी विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो ज्ञान र आविष्कारको माध्यमबाट प्रकृतिका सबैजसो नियमहरुलाई चुनौती दिइरहेको आधुनिक विज्ञानको लागि यतिबेला सबैभन्दा ठूलो चुनौतीको रुपमा देखा परेको सङ्कट बन्न पुगेको छ । प्रकृतिको क्षमतालाई विचारै नगरी एकोहोरो आविष्कारको माध्यमबाट मानवीय जनजीवनलाई सुखद बनाउने उद्देश्यले निरन्तर अघी बढिरहेको आधुनिक विज्ञानका थुप्रै अध्ययन, अनुसन्धान, खोज, आविष्कार र सिद्धान्तहरु कोरोना सङ्कट निवारणमा सफल हुन नसकी एउटा बिन्दुमा पुगेर रोकिन पुगेका छन् । साथै यतिबेला आधुनिक विश्व पूर्वीय वैदिक संस्कार बमोजिमका क्रियाकलापहरुमा संलग्न हुनुपर्ने बाध्यता सृजना भएको छ । जसले गर्दा यतिबेला हाम्रा संस्कारहरु बदलिएका छन् । भेटघाट हुँदा अलि टाढैबाट नमस्कार गर्ने, दैनिक स्नान गर्ने, एकान्तमा रही प्रार्थना गर्ने, स्वस्थकर सात्विक भोजनको आहार गर्ने साथै एकान्तमा रहन र स्वस्थ जीवनको लागि योग, ध्यान एवं प्रणायाम लगायतका वैदिक संस्कारहरुमा संलग्न भइ प्रकृतिसँग एकाकार हुनुपर्ने महत्व सबै सम्प्रदायमा आस्थावान् सिङ्गो विश्वलाई कोरोना सङ्कटले बुझाएको छ । कोरोना सङ्कटबाट मुक्त हुनको लागि कुनै औषधी फलदायक सावित हुन नसक्दा आत्मवल् र प्रतिरक्षात्मक क्षमता अभिवृद्धि नै यसको उपचारको लागि उपयुक्त विकल्प बनिरहेका छन् । सोहीबमोजिम हामी सबैले आफूलाई तयार पार्नु जरुरी छ ।

साथै कतै कोरोना भाइरस (कोभिड–१९)को कारण यतिबेला मानवीय अस्तित्व माथि नै लाई नै प्रश्न चिन्ह समेत खडा भएको छ । निरन्तरको लामो अनुसन्धानबाट सबैजसो समस्यामा विजय पाइसकेको विज्ञानको दायरा यही समस्याले संकुचित गराइदिएको छ ।

विश्वभर मानव समुदायलाई चुनौती दिइरहेको कोरोना कहिले र कसरी नष्ट हुन्छ भन्ने सम्बन्धमा ठ्याक्कै यसै हुन्छ भनेर अहिले सम्म कसैले भन्न सकेका छैनन् ।

कोरोना विरुद्धको खोप निर्माण पश्चात् कोरोना जोखिम न्यून हुनेमा आशावादी रहँदै आएको मानव समुदाय यतिबेला अघिल्लो बर्ष भन्दा अझ बढी त्रासदीपूर्ण अवस्थामा छ ।

कसरी बच्ने ?
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय भनेको सम्भावित संक्रमणबाट बच्न पूर्वसचेतना अपनाउनु नै उपयुक्त हुने देखिन्छ ।

कोरोना संक्रमण विरुद्धको तयारी प्रयाप्त छ त ?
पछिल्लो समय संसारकै सबैभन्दा बढी संक्रमण दर र मृत्युदर हाम्रो छिमेकी मुलुक भारतमा नै देखिइरहेको छ । अहिले भारतमा मात्रै दैनिक लाखौं मानिसहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको र हजारौं मानिसहरुको कोभिड–१९ कै कारण मृत्यु भइरहेको अवस्था छ । जहाँ उपचारको लागि अस्पताल मात्र होइन, दाहसंस्कारको लागि घाट समेत उपलब्ध हुन नसक्ने अवस्था छ । साथै भारतसँगको खुल्ला सिमानाको कारण भारतमा कोरोना संक्रमितहरुको सङ्ख्या वृद्धिसँगै नेपालमा पनि कोरोना संक्रमितहरुको सङ्ख्या पछिल्लो एक हप्तामा बीजगणितीय रुपमा बढ्दै दैनिक करिब ५ हजार सम्म पुगिसकेको छ । साथै यसपटक अघिल्लो बर्ष जसरी क्वारेन्टाइन, आइसोलेसन लगायत आवश्यक तयारी हुन नसकेको र कोरोना तीव्र रुपमा फैलिइरहेको अवस्थामा आफ्नो सावधानी नै निकै महत्वपूर्ण हुने देखिन्छ ।

अबको विकल्प
तीव्र रुपमा फैलिरहेको सङ्क्रमणलाई नियन्त्रणमा लिने उद्देश्यले काठमाडौं उपत्यका सहित दर्जनौं जिल्लाहरुमा यतिबेला निषेधाज्ञा लगाइएको छ । यसबाट कोरोना संक्रमण माध्यमको चेन ब्रेक हुने र संक्रमण दर घट्ने अपेक्षा लिइएको छ ।

जोखिम न्यून हुने सम्भावना कति ?
यतिबेला निषेधाज्ञाको कारण विभिन्न क्षेत्रहरु बन्दप्रायः रहेपनि स्वास्थ्य सेवा प्रदायक संस्था, फोहोर व्यवस्थापन, दूध, पानी, बैंक तथा वित्तीय संस्थाहरु, सञ्चार माध्यम, एम्बुलेन्स, खाद्यान्न व्यवसाय, टेलिकम एवं इन्टरनेट सेवाप्रदायक, विवाह एवं ब्रतबन्ध समारोह लगायत अत्यावश्यक सेवामूलक गतिविधिहरु सञ्चालनमा नै छन् ।

यस्ता सेवाप्रवाहको निम्ति काममा निस्कने व्यक्ति सचेत रहने प्रयाश गर्दागर्दै पनि पूर्ण सुरक्षित रहन सक्ने अवस्था नरहन सक्छ । यस्तो अवस्थामा एक व्यक्तिमा संक्रमण हुँदा सिङ्गो परिवारमा नै कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहन सक्छ । यसकारण कुनै काममा निस्कने व्यक्तिले सामाजिक दूरी र मास्कको सही तवरले प्रयोग गर्नु नितान्त जरुरी छ ।

अब के गर्ने ?
सम्भव रहेसम्म ‘वर्क फ्रम होम’ कोरोना संक्रमण न्यूनीकरणको लागि सबैभन्दा उत्तम विकल्न हुन सक्छ । यद्यपि सबै कार्यहरुमा यस्तो प्रयाश सफल नहुन सक्छ । यदि यस्तो सम्भव रहँदैन भने दैनिक रुपमा बाहिर निस्कनुपर्ने व्यक्ति घरमा रहँदा परिवारका अन्य सदस्य भन्दा अलग्गै रहने प्रयाश गरौं । यद्यपि एक वा दुई कोठामा सिङ्गो परिवार अटाउनुपर्ने काठमाडौं जस्तो महँगो शहरमा अलग्गै बस्ने प्रयाश पनि सहज भने देखिँदैन । यसकारण सबैभन्दा महत्वपूर्ण प्रयाश सामाजिक दूरी नै हुन सक्ने देखिन्छ ।

बन्दाबन्दीका समयमा निरन्तर घरमा रहिरहँदा हामीले गर्ने व्यवहारले हाम्रो स्वास्थ्य एवं चालचलनमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । हामीले खाने खाना, फेर्ने स्वास, सुत्ने उठ्ने समय, बसाईको स्थिति, परिवार वा अन्य व्यक्तिसँग गर्ने व्यवहार, पढ्ने पुस्तक एवं टेलिभिजन र मोबाइल स्क्रिनमा हेर्ने भिडियो लगायतका सानातिना कुराले पनि हाम्रो समग्र जीवनलाई महत्वपूर्ण दिशानिर्देश गर्छन् ।

निषेधाज्ञाको औचित्यता
यतिबेला कोरोना संक्रमण बढ्दै जाँदा निशेषाज्ञा आह्वान गरी कार्यान्वयन समेत भइरहेको छ । यस्तो अवस्थामा आर्थिक उपार्जनका सबैजसो माध्यमहरु बन्द छन् । मानवीय स्वास्थ्य र मुलुकको समग्र अर्थतन्त्र मध्ये कुन बढी महत्वपूर्ण भन्ने प्रश्नले पनि यतिबेला ठाउँ पाइरहेको छ । यदाकदा २÷४ जना व्यक्तिको स्वास्थ्य भन्दा राज्यको समग्र अर्थव्यवस्था बढी महत्वपूर्ण हुने कुरा पनि सार्वजनिक भएको पाइन्छ । यद्यपि कल्याणकारी राज्य व्यवस्था अनुसार आफ्नो राज्यका जनतालाई कसरी सुरक्षित राख्ने भन्ने कुरा राज्यको दायित्व भित्रकै विषय हुने गर्छ । सोहीबमोजिम निशेषाज्ञा वा लकडाउन राज्यले जनस्वास्थ्यलाई विचार गरेर अपनाएको एक तरिका मान्न सकिन्छ । निषेधाज्ञासँगै न्यून र मध्यम स्तरको आर्थिक हैसियतका मानिसहरुको जीवनयापन थप कष्टकर बन्दै जाने निश्चित छ ।

यद्यपि कोरोना सङ्कटबाट पार पाउन राज्य वा व्यक्तिको प्रयाश मात्र प्रयाप्त हुन सक्ने देखिँदैन । बढ्दो संक्रमणलाई लक्षित गरेर निशेषाज्ञा गर्दा पनि यसलाई कति समयको लागि कायम राख्न सकिन्छ भन्ने प्रश्न सृजना हुन सक्छ । छोटो समय (१-२ हप्ता)को अन्तरालमा संक्रमण दरमा आउने परिवर्तनले त्यसपछि हामीले लिनुपर्ने बाटो स्पष्ट अवश्य गर्ला, यद्यपि लामो समय बन्दाबन्दीमै रहनुपर्ने अवस्था आएको खण्डमा हाम्रा दैनिक क्रियाकलाप एवं गासबासको लागि आर्थिक जोहो कसरी गर्ने, स्वास्थ्य उपचारको लागि आवश्यक खर्च कसरी जुटाउने, सम्भावित अन्य जोखिमको लागि कसरी आफूलाई तयार पार्ने भन्ने कुरा ठूलो समस्याको रुपमा देखा पर्न सक्छ ।

बानीव्यवहारमा परिवर्तन ल्याऔं
बन्दाबन्दीका समयमा निरन्तर घरमा रहिरहँदा हामीले गर्ने व्यवहारले हाम्रो स्वास्थ्य एवं चालचलनमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । हामीले खाने खाना, फेर्ने स्वास, सुत्ने उठ्ने समय, बसाईको स्थिति, परिवार वा अन्य व्यक्तिसँग गर्ने व्यवहार, पढ्ने पुस्तक एवं टेलिभिजन र मोबाइल स्क्रिनमा हेर्ने भिडियो लगायतका सानातिना कुराले पनि हाम्रो समग्र जीवनलाई महत्वपूर्ण दिशानिर्देश गर्छन् ।

सकारात्मक बानीव्यवहारले मात्र हामीलाई सदैव स्वस्थ र सकारात्मक बनाइरहन सक्छ । यतिबेला अधिकांश हामी फुर्सदिला भएका छौं, फुर्सदको समयलाई कसरी बढी प्रतिफलमुखी बनाउने भन्ने कुरा निकै महत्वपूर्ण रहने गर्छ ।

विश्वव्यापी सङ्कटको कारण घरमा रहनुपर्ने बाध्यात्मक स्थिति रहेको अहिलेको अवस्थामा हाम्रो व्यवहारमा सुधार ल्याउनको लागि केही यस्ता प्रयाशहरु गरौं, जसले हाम्रो स्वास्थ्य, कार्यक्षमता, उत्पादकत्व एवं चेतनाको स्तर माथि उठ्न सकोस् । जुन कार्य न्यून खर्च वा बिना अतिरिक्त आर्थिक भार सम्भव हुन सकोस् । यसको लागि सकारात्मक सन्देशमूलक पुस्तक वा भिडियो वा अडियो बुकहरु पढ्ने, हेर्ने वा सुन्ने गर्न सकिन्छ ।

हाम्रो बानीव्यवहारलाई हाम्रो प्रयाशले मात्रै सही दिशामा डोहोर्याउन सक्छौं । सही बाटोमा लाग्न कठोर प्रयाश सहित प्रेरित हुन सकेनौं भने बिनाप्रयाश हामी गलत बाटोमा अँगाल्न सक्छौं । जसरी कुनै उर्वर भूमिमा अन्नबाली उत्पादन गर्न किसानले निकै मेहनत र पसिना बगाउनुपर्छ, तर त्यही भूमिमा बिना प्रयाश अनावश्यक झारहरु भने आफैं उम्रन्छन् ।

निषेधाज्ञाको समयमा पनि यी काम गर्न सकिन्छ 

योग, ध्यान, व्यायाम बारे ज्ञान हासिल गरी नियमित अभ्यासको बानी बसाउन
– आफ्नो गाउँटोलमा भएका समस्याहरु के छन्, तिनको पहिचान गरी न्यूनीकरणको लागि पहल गर्न
– आफूलाई ज्ञान भएको विषयमा कुनै लेखरचना, प्रतिवेदन, उत्प्रेरक एवं जनचेतनामूलक सामाग्रीहरु तयार गरी प्रकाशन गर्न (जुन सामाजिक सञ्जाल वा विभिन्न अनलाइन मिडियाहरुबाट पनि प्रकाशन गर्न सकिन्छ)
– आफूलाई ज्ञान वा अनुभव रहेको क्षेत्रका विविध विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशनार्थ पाण्डुलिपि तयार पार्न (जुन पछि प्रकाशन गरेर अन्य व्यक्ति वा समुदायले पनि त्यसबाट लाभ उठाउन सकुन्)

– आर्थिक उपार्जनका नयाँ माध्यमहरु पहिचान गर्न

– पहिले पूरा गर्न नसकेका कामहरु पूरा गर्न

– भविष्यको लागि उपयुक्त हुने योजना तयार पार्न
– प्रविधिमा आधारित न्यून लगानीका नयाँ व्यवसाय बारे सोच्न र कार्यदिशा दिन (अहिले थुप्रै नयाँ अवधारणा सहित न्यून लगानीका अनलाइन व्यवसायहरु शुरु भएका छन्, थोरै पृथक अवधारणा ल्याए सफल हुन सकिन्छ)

– युट्युव भिडियो, ब्लग निर्माण, गुगल एडसेन्स, फेसबुक बुष्ट वा विज्ञापन बारे ज्ञान हासिल गर्न
 विभिन्न वेभसाइटबाट विदेशका काम लिई फ्रिल्यान्सरको रुपमा गर्न

– स्वास्थ्य उपचार सम्बन्धमा घरेलु विधिहरु सिक्न

– परम्परागत सीप हासिल गरी व्यावसायिकरण सम्बन्धी योजना तयार पार्न
 शेयर बजार, मुद्रा बजार, वस्तु बजार र सेवा बजार बारे अध्ययन गर्न

– निःशुल्क वा सःशुल्क अनलाइन तालिमहरुमा सहभागि भई विशेष ज्ञान प्रयाप्त गर्न
 गीतसंगीत, नृत्य, वादन, भजन कला वा विभिन्न थेरापीहरुको अभ्यास गर्न

– आफू भन्दा कमजोर अवस्थाका व्यक्तिहरुलाई आर्थिक, भौतिक एवं परामर्शजन्य ज्ञान उपलब्ध गराई आत्मसन्तुष्टि लिन र सामाजिक भाव विकास गर्न

– व्यक्तित्व र नेतृत्वदायी क्षमता विकास गर्न

अन्त्यमा
खालि समयलाई यत्तिकै बर्बाद हुन नदिऔं । सकारात्मक चिन्तन गरौं । राम्रा प्रेरक पुस्तकहरु पढौं । आर्थिक उपार्जनका वैकल्पिक तरिकाहरु खोजौं । समाजको लागि आफूले के–कस्तो योगदान दिन सकिन्छ भन्ने सम्बन्धमा आफ्नो ज्ञान र अनुभव भएबमोजिम सक्दो प्रयाश गरौं । सकिन्छ भने समाजको हित हुने किसिमका सानातिना कामहरु अहिले नै शुरु गरौं । एक्लै आफ्नो योजना बमोजिमका कामलाई पूरा गर्न सक्ने अवस्था नरहने भए आफ्नो योजनामा अन्य व्यक्तिलाई पनि संगठित गराइ प्रयाश अघी बढाऔं । हामीलाई सधैं स्मरणीय बनाउने हाम्रो प्रयाश र सामाजिक दायित्वले हो । अतः हरेकले आफ्नो ठाउँबाट पुर्याउन सक्ने सामाजिक योगदान सम्बन्धमा आफ्नो कर्तव्यबोध गरेर अघी बढौं । आर्थिक लागत बिना योगदान गर्न सकिने थुप्रै कामहरु हाम्रो वरिपरी छन् । मात्र त्यसको लागि हाम्रो प्रयाश, बौद्धिकता, योजना र निरन्तरताको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij