२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

निर्यात अनुदान रोकिएको विषयमा उद्योग–व्यापार क्षेत्र र अर्थमन्त्रीबीच उच्चस्तरीय छलफल

निर्यात अनुदान रोकिएको विषयमा उद्योग–व्यापार क्षेत्र र अर्थमन्त्रीबीच उच्चस्तरीय छलफल

  • बुधबार, मंसिर १७ २०८२

 

काठमाडाैं । २०८२ साल मंसिर १६ गते बुधबा। उद्योग तथा व्यापार क्षेत्रका सरोकारवालाहरूको प्रतिनिधिमण्डलले निर्यात अनुदान रोकिएको विषय तथा निर्यात प्रक्रियामा देखा परेका विभिन्न सञ्चालनसम्बन्धी समस्याहरूबारे माननीय अर्थमन्त्रीज्यूसँग उच्चस्तरीय छलफल सम्पन्न गरेक छन् ।

प्रतिनिधिमण्डलमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, पूर्व माननीय  गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका निर्यात सभापति  नरेशलाल श्रेष्ठ, हस्तकला महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष  राजमान बज्राचार्य, साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष शान्ता बास्कोटा कोइराला , निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष किरण डंगोल तथा निर्यात व्यवसायी महासंघ नेपालका महासचिव  शिवप्रसाद भट्ट सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधिमण्डलले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, र निर्यात प्रवद्र्धनसँग सम्बन्धित नीतिगत समस्याहरूको विस्तृत प्रस्तुतिका साथ सरकारको ध्यानाकर्षण गराएको थियो ।

उपस्थित समस्याहरूप्रति माननीय अर्थमन्त्रीज्यूले गम्भीर चासो व्यक्त गर्दै, यथाशक्य छिटो समाधानका लागि आवश्यक पहल र प्रक्रिया अघि बढाउने स्पष्ट प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

उद्योग तथा व्यापार समुदायले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको यस पहलले निर्यात व्यवसायमा नयाँ उत्साह प्रदान गरेको छ । निर्यात क्षेत्रको प्रतिस्पर्धात्मक उत्पादन क्षमता वृद्धि तथा वैदेशिक व्यापार सन्तुलनमा यसले महत्वपूर्ण यो

गदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij