२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

नागरिक उन्मुक्ति पार्टी छाडेका रेशम चौधरीले नयाँ पार्टी खोल्ने

नागरिक उन्मुक्ति पार्टी छाडेका रेशम चौधरीले नयाँ पार्टी खोल्ने

  • आइतबार, भाद्र २९ २०८२

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाड्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ पार्टी ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ स्थापना गरी अघि बढ्ने योजना सार्वजनिक गरेका हुन्।

पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर विवाद चर्किएको थियो। यो विवादका बीच चौधरीले नयाँ बाटो रोजेका छन्। उनले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंक्ति र समर्थकहरूलाई आह्वान गरेका छन्।

चौधरीले नयाँ पार्टीमार्फत नयाँ पुस्ता (जेनजी) को माग र भावनालाई समेट्दै अघि बढ्ने प्रण गरेका छन्। उनले छिट्टै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत योजना र रणनीति सार्वजनिक गर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij