२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

नगर विकास कोषको कार्यकारी निर्देशककाे जिम्मेवारीमा इ. विनाेद प्रकाश पण्डित नियुक्त

नगर विकास कोषको कार्यकारी निर्देशककाे जिम्मेवारीमा इ. विनाेद प्रकाश पण्डित नियुक्त

  • सोमबार, मंसिर १० २०८१

 

काठमाडौँ —शहरी विकास मन्त्रालय अन्तर्गत रहेको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद प्रकाश पण्डित नियुक्त भएका छन् ।

लामो समय देखि इन्जिनियरिङ क्षेत्रमा संलग्न रही विभिन्न गतिविधिमा संलग्न उनी हाल नेपाल इन्जिनियर्स एसोसियसनकाे महासचिवकाे भूमिकामा समेत रहेका व्यक्ति हुन्।

लामो समय निजी क्षेत्रको प्रतिनिधि पात्रका रुपमा रही इन्जिनियरिङ कन्सल्टेन्सी तथा आइटी लगायत कम्पनी संचालन गरेका उनी एक कुशल क्षमता भएका व्यक्ति हुन् ।

राम्रो जनसम्पर्क, टिम परिचालन, नीतिगत पक्षमा दख्खल राख्ने उनकाे आगमनलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ।

देशभरका नगरपालिकाहरुको क्षमता अभिवृद्धिका लागि आफू पूर्ण रुपमा समर्पित रहने, कामलाई चुस्तदुरुस्त रुपमा सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij