२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

लगानी र वित्तीय साक्षरता बारे जान्नको लागि अति उपयोगी

धनी र गरीबहरुको सोचाईंमा कस्तो अन्तर हुन्छ ? जान्नुछ, अवश्य पढ्नुसहाेस्

धनी र गरीबहरुको सोचाईंमा कस्तो अन्तर हुन्छ ? जान्नुछ, अवश्य पढ्नुसहाेस्

पुस्तक सारांश (श्रृङ्खला नं. १)ः रिच ड्याड पुअर ड्याड

प्रविधिले विश्व नै एउटै गाउँको रुपमा सीमित हुँदै गएको अहिलेको परिप्रेक्ष्यमा हामी आफूलाई कहाँ सम्म उठाउन चाहन्छौं ? त्यहीँ सम्म अवश्य पुग्न सक्छौं । खोलाबाट आम्खोरामा पटक–पटक पानी बोकेर ल्याएपनि हामीलाई पानीको अभाव भइरहन्छ । जबकि खोलाबाट बाँध बनाएर सानो कुलो वा पाइपको माध्यमबाट पानी ल्याउन सकियो भने पछि कहिल्यै पानीको अभाव खेप्नु पर्दैन ।

अहिलेको बदलिँदो विश्वमा अब कुनै कुराको रहस्य केही व्यक्तिको पहुँचमा सीमित छैन । जानकारी लिन नचाहनु वा जानकारी-ज्ञान लिएर पनि व्यवहारमा नउतार्नु दुवै हाम्रै कमजोरी भित्र पर्छन् । आर्थिक सफलता प्राप्तिको निम्ति हामी आफूलाई कुन उचाईमा पु¥याउँछौं भन्ने कुरा हाम्रो सोच, बुझाई, दृष्टिकोण र संकल्पमा निर्भर गर्दछ ।

धनीहरुको रहस्य बारे साधारण भाषामा बुझाउने किताब हो ‘रिच ड्याड पुअर ड्याड’ । वास्तवमा हामीलाई जुन कुरा रहस्य जस्तो लाग्छन्, ती रहस्य नै होइनन् । हामी केही त्यस्ता धनी बन्ने नियमहरु (जुन धनीहरुले पालना गरेर धनी बन्न सफल भए) पालना गरेको अवस्थामा अवश्य पनि धनी बन्न सक्छौं । यसकारण यस श्रृङ्खलामा हामीले यो पुस्तकको सारांश प्रस्तुत गरेका हौं ।

धनी बुबा गरीब बुबाको नाममा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो रिच ड्याड पुअर ड्याड । यस पुस्तकका लेखक हुन् रोबर्ट कियोसाकी । यस पुस्तकमा लेखकले आफ्नो परिवारका २ बुबाहरुको धन सम्बन्धी दृष्टिकोण उल्लेख गरेका छन् ।

लेखकका आफ्नै बुबा पेशाले प्रोफेसर हुन् । शिक्षित र सामाजिक रुपमा प्रतिष्ठित व्यक्ति पनि हुन् उनी । अर्का बुबा लेखक कियोसाकीका काका हुन् । जो उच्च शिक्षा हासिल नगरेका व्यक्ति हुन् । तैपनि उनले आफ्नो बुद्धि र विचारको बलमा हवाई राज्यका मुख्य व्यापारी–उद्योगी बन्न सफल भए ।

यो पुस्तक ती २ जना बुबाहरुले धन सम्बन्धमा कसरी सोच्थे भन्नेमा केन्द्रित छ ।
लेखक कियोसाकीका आफ्नै बुबाको धन प्रतिको दृष्टिकोण त्यति राम्रो थिएन । उनी भन्थे, ‘धन सारा समस्याहरुको कारण हो । धनले समस्याको समाधान दिँदैन । केवल आफूलाई जेनतेन पुग्ने धन आर्जन गरे प्रयाप्त हुन्छ ।’ तर वास्तवमा उनी धनकै लागि सङ्घर्ष गरिरहेका थिए । उनको आर्थिक उपार्जनको आधारको एक मात्र स्रोतको रुपमा तलब थियो । जुन घर खर्च चलाउनकै लागि प्रयाप्त थिएन । एकातिर उनले धनलाई अस्वीकार गरेको प्रतीत हुन्थ्यो, अर्कोतिर अधिकांश समस्या धनकै कारण सृजना भएकोले धन अनिवार्य आवश्यक थियो ।
उनी हाम्रो समुदायका अधिकांश शिक्षित मध्यम वर्गका प्रतिनिधि पात्र हुन् । जसले आफ्ना बालबच्चालाई धेरै पढाएर राम्रो कम्पनीको उच्च पदमा जागिर खुवाउने सोच बनाएका हुन्छौं । कम्पनी खोल्ने वा लगानी गर्ने हाम्रो सोच नै हुँदैन । आवश्यकता भन्दा धेरै ठाऊँमा खर्च भने गरिरहेका हुन्छौं । सुन्दर भविष्यको व्यवस्थित याेजना बनाएका हुँदैनौं ।

आफू विरामी, असक्त हुँदा र वृद्ध अवस्थाको लागि प्रयाप्त धन सञ्चय गरेका हुँदैनौं । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा निर्भर गर्ने सोच बनाएका हुन्छौं । जीवनभरको कमाइबाट एउटा घर निर्माण गर्छौं । त्यसै घरलाई आफ्नो ठूलो सम्पत्ति मानेका हुन्छौं । आफ्नै लागि गाडी किनेका हुन्छौं । जबकि उक्त घरलाई आर्थिक उपार्जनको उद्धेश्यले निर्माण नै गरेका हुँदैनौं । साथै मासिक रुपमा घर र गाडीको किस्ता तिरिरहनुपर्ने हुन्छ । जागिर बाहेक आर्थिक स्रोतका अन्य माध्यमहरु बनाएका पनि हुँदैनौं । बाहिर देख्दा त प्रतिष्ठित देखिन्छौं । औपचारिक माध्यमबाट प्राप्त भएको आयको ठूलो हिस्सा सरकारलाई कर तिर्नको लागि नै खर्च गरेका हुन्छौं । वित्तीय सुरक्षा सम्बन्धमा जागरुक हुँदैनौं ।

कियोसाकीका अर्का बुबाको धन सम्बन्धमा दृष्टिकोण प्रष्ट थियो । यस अर्थमा कि उनी धन उपार्जनका बहु माध्यम हुनुपर्नेमा विश्वास राख्थे । कुनै समस्या समाधान गर्नको लागि बुद्धि चलाउनुपर्ने (व्यवस्थित सोचाई)मा उनको ध्यान हुन्थ्यो । महिनाभर काम गरेर पाउने तलबले कसैको पनि आर्थिक स्थितिमा सुधार हुन सक्दैन भन्ने मान्यता राख्थे उनी । आवश्यकता अनुसार जोखिम लिनुपर्ने उनको मान्यता हुन्थ्यो । कुनै काममा अघी बढ्ने व्यक्ति कहिल्यै असफल नहुने मान्यता उनी राख्थे । काममा अघी बढेपछि कि त सफल नै होइन्छ कि त निरन्तर सिकिरहिन्छ भन्ने कुरामा विश्वास राख्थे उनी ।

यी २ बुबाहरुमा फरक यो छ कि धनी बुबाले आफ्नो घरलाई सम्पत्ति मान्दैनन् । त्यो घर उनको निम्ति दायित्व हो, जसले आर्थिक उपार्जन गर्न सक्दैन । उनी रियल स्टेट, शेयर बजार, सुनचाँदी, म्युचुअल फण्ड, मुद्धती खाता, निजी व्यवसाय, विमा, नेटवर्क मार्केटिङ लगायतमा गरिएको लगानीले निरन्तर प्रतिफल दिइरहनेमा विश्वास गर्थे ।

लेखक रोबर्ट शुरुवातमा त २ जना बुबाको फरक विचारको कारण निकै अन्यौलमा परे । पछि धनी बुबा अर्थात काकाको विचारलाई अँगालेर आफू पनि सफल भए र धन सम्बन्धीको ज्ञान सिङ्गो विश्वलाई बाँड्ने काममा उनी संलग्न रहँदै आएका छन् । रिच ड्याड पुअर ड्याड बाहेक उनबाट लिखित क्यास फ्लो क्वाड्रेन्ट, गाइड टु इन्भेष्टिङ लगायतका थुप्रै पुस्तकहरु प्रकाशित छन् । जागिर र निजी फर्ममा संलग्न व्यक्ति वित्तीय स्वतन्त्रताको लागि ठूलो व्यापार र लगानीमा संलग्न हुनुपर्ने मान्यता राख्छन् । यस किसिमको वित्तीय शिक्षा हाम्रो विद्यालय तहको शैक्षिक कार्यक्रममा पनि समेटिनु जरुरी बनेको छ । जसले हाम्रा बालबालिकालाई सानै देखि जागिरे मानसिकतामा नभई उद्यमशिल मानसिकता विकासको निम्ति सहयोग पु¥याउन सक्छ । साथै नयाँ–नयाँ सम्भावनाको खोजी गर्नमा पनि यस किसिमको मानसिकता निकै महत्वपूर्ण हुने गर्दछ ।

लेखनः कमल पन्थी‌

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij