२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

‘दोस्रो पक्कु फेस्टिवल २०८२’ साेमबारबाट सुरु

‘दोस्रो पक्कु फेस्टिवल २०८२’ साेमबारबाट सुरु

  • सोमबार, असोज ६ २०८२

काठमाडौं। परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट ग्रुपले आयोजना गरेको ‘दोस्रो पक्कु फेस्टिवल २०८२’ आजदेखि काठमाडौंको महाराजगन्जस्थित प्रेसिडेन्ट सेकुवामा सुरु भएको छ।

यसअघि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा फेस्टिवलका उद्देश्य, कार्यक्रम र आकर्षणबारे जानकारी दिइएको थियो। कार्यक्रममा बोल्ने क्रममा प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शङ्कर भण्डारीले पक्कु जस्ता परम्परागत परिकारलाई नयाँ पुस्तामा लोकप्रिय बनाउन फेस्टिवलले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

आयोजकका अनुसार फेस्टिवल असोज ६ गते सोमबारदेखि ११ गते शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिभर विभिन्न परिकारमा पक्कुको स्वाद लिन पाइनेछ। साथै, लिँडो पिङ, स्थानीय सांस्कृतिक कार्यक्रम, संगीत र रमाइलो वातावरण समेत प्रस्तुत गरिनेछ।

उद्देश्य र फाइदा

फेस्टिवलको मुख्य उद्देश्य नेपाली परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्नु, सामुदायिक मेलमिलापलाई बढावा दिनु र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु हो। आयोजकले यसबाट युवापुस्ता लगायत पारखीहरूलाई नेपाली खानाको मौलिक स्वादबारे अनुभव दिने विश्वास लिएको छ।

त्यस्तै, परिवार र आफन्तसँगको भेटघाट, सांस्कृतिक उत्सव र मनोरञ्जनमार्फत सामाजिक सम्बन्ध बलियो बनाउन पनि फेस्टिवलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 प्रेसिडेन्ट ग्रुपले ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने नाराका साथ शुरू गरेकाे  यो फेस्टिवल दाेस्राे संस्करण हाे ।

यसलाइ वार्षिक उत्सवका रूपमा निरन्तरता दिने योजना बनाइएको छ। आयोजकले नेपाली मौलिक खानाको ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने दीर्घकालीन योजना समेत अघि सारेका छन्।

फेस्टिवल शनिबार सम्म हरेक दिन बिहान ११ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। सहभागीहरूले पक्कुका विभिन्न स्वाद चाख्ने, परिवारसहित रमाइलो गर्ने र संस्कृतिसँग जोडिने अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij