यति बेला देशमा राजनीतिक स्थीरता छ । झण्डै दुई तिहाईको सरकार छ । तैपनि सदनमा अन्य दलहरुले रास्वपा नेतृत्वको सरकारलाई चित्त बुझाउने ठाउँ दिएका छैनन् । कहिले के कहिले के निहुँमा सदनमा सरकारको आलोचना गरिरहेका छन् । सरसर्ती भन्नु पर्दा सबै भन्दा पहिला देशमा आर्थिक, क्रान्ति हुनुपर्छ । राजनीतिमा इमान्दारिता र सत्यता हुनुपर्दछ । देशमा केही समस्या छन भने मिलेर समाधान गर्नुपर्छ । तर दलहरुले एक पछि अर्को गरी सरकार माथि अड्को थाप्नु त्यो जाहेज होइन । जनता चाहन्छन् विकास, जनता चाहन्छन् शान्ति, जनता चाहन्छन् स्थिरता । हरेक कुरामा जनता दलहरु मिलेको हेर्न चाहान्छन् । दलहरु हारियो भनेर चित्त कराउने ठाउँ छैन । आज हारियो भोलि जितिन्छ । काँग्रेस, एमाले, नेकपा जस्ता दलले यतिबेला धर्य गरेर बस्न नसकेको देखिन्छ । राजनीतिमा पहिले धर्य आवश्यक पर्छ । धैर्य बिनाको के राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आज जितियो भनेर अहम् देखाएमा भोली उसलाई जनताले के भन्लान् ? त्यसैले सबै दलले भोलिलाई हेरेर राजनीति गरुन् ।
देशमा अहिले जुन परिवर्तन छन्, त्यो युवाहरुको शक्तिले भएको हो । दलहरुलाई युवाहरुले जुन बाटो देखाएका छन्, त्यो धेरै सारहनीय छ । कार्यहरु गर्दै जाँदा गल्ती हुन्छन् । गल्तीहरु सच्चाएर अघि बढ्नु सबैको कर्तव्य हो । हामी आज मात्र सोच्छौँ भने भविष्यमा हामी राम्रो ठाउँमा पुग्दैनौँ । त्यसैले आज राम्रो भोलि पनि राम्रो ।
हामीले हेर्दा सरकारले धेरै कठिनाईहरुलाई पार गर्दै कार्य गरि रहेको देखिन्छ । तर सहि कार्य गर्दै जाँदा पनि अपजस पाएको देखिन्छ । त्यसैले सरकारले अपजसको ख्याल नगरी जनताले देखाएको बाटो तिर अघि बढ्दा नै भविस्यको लागि राम्रो हुनेछ । हामीले कुनै पनि कुरामा सरकारलाई राम्रो काम भएन भने पनि यस्तो राम्रो गर भनेर हामीले भन्नुपर्छ । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारले अझ मनोबल बढाएर देश र जनताको निम्ति अगाडी बढ्नुनै आजको आवश्यकता हो । सरसर्ती हेर्दा सरकारको सयदिनमा धेरै सकरात्मक र राम्रो काम गरेको देखिन्छ ।
यसरी हेर्दा यस वर्षको बजेट किसान र गरिबमुखी देखिएको छ । त्यसलाई कार्यान्वयनको चरणमा सहज रुपमा लागेमा किसान र गरिबको निम्ति राहात हुने देखिन्छ । हामीले बजेटहरु धेरै देख्यौ तर यस पटकको बजेट उच्च कोटीमा रहेको देखिन्छ । बजेटमा धेरै राम्रा कुरा छन् । अब बजेटमा जे-जे छ । त्यो त्यो कार्यान्वयन होस् । हरेक क्षेत्रमा छुट्याइएका बजेटले ति ति क्षेत्रमा राहत मिलोस् ।
यस सन्दर्भमा कुरा उठाउँदा जुनसुकै सरकार आए पनि किसान र मजदुरको काम हुनुपर्छ । नेपालमा औपचारिक क्षेत्रमा १८ लाख र अनौपचारिक क्षेत्रमा ५० लाख मजदुर आफ्नो श्रम बेच्ने गर्दछन् । औपचारिक रुपमा ४५ लाख संख्यामा अनौपचारिक रुपमा विदेशिएका छन् । स्थलगत काम गर्नेदेखि कार्यालयमा काम गर्ने सबै मजदुर हुन् । जसलाई सेता काम गर्ने, कालो काम गर्ने भनेर विभाजन गरिएको छ ।
नेपाल निर्माणको सही योजना हुने हो भने नेपालमा सबै नेपालीले रोजगारी पाउने हुन्छन् । यस्तो अवस्थालाई देख्न नसक्नु यो प्रतिबद्धताको कमजोरीको रुपमा रहेको छ । हाल नेपालमा सबै देशका गरी २० हजारको हाराहारीमा रोजगारीमा रहेका छन् । नेपालको मात्र विदेश जान्छन् भन्ने होइन ।
नेपालमा किसानहरु ६७ प्रतिशत भन्दा बढी रहेका छन् । ६६ लाख घरधुरी मध्ये ४१ लाख घरधुरी बढी मानिसहरु कृषि पेसामा रहेका छन् । ३९ लाख घरधुरीभन्दा बढी मानिस कृषि तथा पशुपालनमा रहेका छन् । यो क्षेत्रबाट मात्र देशको जीडीपीमा २४ प्रतिशत भन्दा बढी योगदान रहेको छ । तर यो क्षेत्रमा राष्ट्रिय बजेटको केहि प्रतिशत भन्दा कम लागानी गरिनुले देशका ६७ प्रतिशत मानिसहरुलाई र खुद राष्टि½«य आयलाई समेत नकरात्मक असर परेको छ ।
सबै खाले प्रतिबद्धताले कृषि पेशलाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्न सम्बोधन त गरेको छ । तर ६७ प्रतिशत किसानको यो देशमा उपस्थिति रहेकोमा उनीहरुको प्रतिनिधित्व शून्य रहेको छ । अरु गफ गरेर हुँदैन । किसान पहिचान सहित उनीहरुको प्रतिनिधित्वको सुनिश्चित हुन जरुरी छ । संविधानको हुने भनेको संशोधनमा यो विषय छुट्न हुदैन । फेरि कृषि मात्र कृषि हुँदैन । असल कृषि उपजका लागि अर्थात जैविक कृषि उपजका लागि पशुपालन अनिवार्य क्षेत्रको रुपमा रहेको छ । यसका लागि तत्कालीन विकास राहातका विषय, मध्यकालीन र दीर्घकालीन योजना ठोस रुपमा बन्नुपर्छ । यस्ता विषयहरु यो सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’बाट गायब हुँदा यस क्षेत्रमा क्रियाशिल र नयाँ जोडिन चाहानेहरुलाई विगतका सरकारहरुले जस्तै कतै निरास त पारेको छैन । यो सोचनीय विषय हो । कृषिले मात्र हाम्रो प्रतिवद्धता पूरा हुँदैन । सदन देखि सडकसम्म देखिएका विकृतिहरुलाई सुधार गर्दै नयाँ युगको थालनी गर्नु नै हामी सबैको काम हो । यसरी हामी अघि बढ्दा विश्वमा हाम्रो राष्ट्रको पहिचान बढेर जानेछ ।
गत निर्वाचनको परिणामबाट राप्रपाले जुन कुरा भोग्यो, त्यो हामी सबैलाई दुःखको हो । राष्ट्रियता, हिन्दु राज्य र राजसंस्थाको एजेण्डाहरुमा हामी अघि बढि रहेका छौं । यो एजेण्डालाई सफल पार्न धवलसमशेर राणाले चाल्नु भएको अभियान अहिलेको अवस्थामा सान्दर्भिक छ ।
दुई दशक अघिसम्म नेपाल सनातन हिन्दु धर्म सापेक्ष राष्ट्र थियो । विश्वको एकमात्रै हिन्दु राष्ट्रको पहिचान बनाएको नेपालको मान सम्मान र विशिष्ट पहिचान थियो । एक सय करोड हिन्दुहरु बसोबास गर्ने दक्षिणी छिमेकी भारत मात्र होइन, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया र जापान पनि नेपाल माथि गर्व गर्थे । भारतका हिन्दुहरु त अहिले पनि नेपाल माथि गर्व गर्छन । जबसम्म नेपाल सनातन हिन्दु राष्ट्र थियो तबसम्म यहाँ हिन्दु, बुद्ध, सिख र किराँत धर्म मान्नेहरु आफ्नो धार्मिक गतिविधि र आ–आफ्ना धर्म संस्कृतिको खुल्ला रुपमा प्रचार–प्रसार गर्दथे तर देशमा कम्युनिष्ट पार्टीहरु त्यसमा पनि माओवादी कम्युनिष्ट पार्टीको बढ्दो गतिविधि तथा हिन्दु धर्म विरोधी गतिविधिले यहाँ विदेशी धर्म प्रचारक संस्थाहरुलाई खुला रुपमा गतिविधि गर्नमा उत्साह बढाउने काम ग¥यो । यो सन्दर्भमा हामी असली हिन्दु हौँ । हाम्रो पहिचान हिन्दु हो । हामी हिन्दु अधिराज्य फर्किएको हेर्न चाहान्छौं । त्यसैले देशको पहिचान हिन्दु धर्मले राख्छ ।। जनताले चाहादा चाहादैमा हिन्दु राज्य संविधानबाट झिकियो । अब संशोधन गर्ने भनिएको संविधानमा हिन्दु राज्य, राजसंस्थालाई राखियो भने सबै क्षेत्रका जनताको भावनाको प्रतिनिधित्व हुनेछ ।
(लेखक जोशी राजनीतिक एवं सामाजिक अभियन्ता हुन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij