२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

काठमाडाैं, १ फागुुनः दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाए जस्तै ‘सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ । साच्चै नै जीवन हामीले सोचे जस्तो कहिले हुँदैन । त्यसैले जोखिमरहित जीवन जिउनको लागि बीमा गर्नुको विकल्प छैन । मानव जीवनबाहेक अन्य कुनै पनि कुराको बीमालाई सामान्य बीमा भनिन्छ । सामान्य बीमा र निर्जीवन बीमा पर्यायवाची शब्द हुन् ।

नेपालमा अहिले बीमाबारे सतप्रतिशत थाहा नभएपनि अधिकांशलाई थाहा छ भन्दा फरक नपर्ला । जीवन बीमा गर्नेको संख्या जति बढी छ निर्जीवन बीमा प्रति पनि चासो बढ्दै गएको छ । नेपाल बीमा प्राधिकारणको तथ्याङक हेर्ने हो भने विश्वको निर्जीवन बीमा बजार सन् २०२१ को तुलनामा सन् २०२२ मा झिनो वृद्धि भएको देखिन्छ । सन् २०२१ मा निर्जीवन बीमामा अमेरिकी डलर ३८ खर्ब २४ अर्ब ४३ करोड बराबर बीमा शुल्क संकलन हुँदा सन् २०२२ मा अमेरिकी डलर ३९ खर्ब ६९ अर्ब २० करोड अमेरिकी डलर संकलन भएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कुल बीमित जनसंख्याको उल्लेखनीय अंश अझै निर्जीवन बीमाको पहुँचभन्दा बाहिर छ । निर्जीवन बीमालाई सुदूढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआइ पुरानो र विश्वसनीय निर्जीवन बीमा कम्पनीहरु मध्ये एक हो । एचइआइले व्यक्तिगत तथा व्यवसायिक आवश्यकताहरु पूरा गर्ने उद्धेश्यले विविध निर्जीवन बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस कम्पनीको सवारीसाधन, सम्पत्ती, स्वास्थ्य, कृषि, यात्रा तथा व्यापार बीमा जस्ता सेवाहरु उपलब्ध गराएर आम उपभोक्तालाई सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ ।

हाम्रो मनमा प्रश्न उब्जिन सक्छ किन आवश्यक छ निर्जीवन बीमा ? भनिन्छ दु:ख बाजा बजाएर आउँदैन । हामीले २०७२ सालको भूकम्पपनि देख्यौ र २०८१ सालको बाढीपहिरोको जोखिम पनि देख्यौ । नेपाल प्राकृतिक प्रकोप, औद्यौगिक दुर्घटना, सडक दुर्घटना, स्वास्थ्य समस्या, चोरी डकैती, आगलागी र अन्य जोखिमपूर्ण अवस्थासँग जुधिरहेको देश हो । यस्तो अवस्थामा निर्जीवन बीमा जोखिम व्यवस्थापनको एउटा बलियो उपाय हो ।

अब धेरैलाई लाग्न सक्छ निर्जीवन बीमाको प्रमुख सेवाहरु के-के हुन् त ? एउटा हो सवारीसाधन बीमा । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्याङक अनुसार नेपालमा दैनिक ९७ वटा सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनाबाट धेरैको ज्यानै जान्छ भने कतिपयको सवारीसाधन ध्वस्त हुन्छ । आफू घाइते भएको उपचार खर्चको चिन्ता त छदै छ अर्कातिर सवारीसाधन मर्मतको चिन्ता पनि सँगसँगै हुन्छ । यस्तो अवस्थामा ‘सवारीसाधन बीमा’ दुर्घटनामा पर्ने सवारी तथा त्यसमा सवार व्यक्तिहरुको वित्तीय सुरक्षाका लागि आवश्यक हुन्छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले मोटरसाइकल, निजी सवारीसाधन, व्यवसायिक गाडी लगायतका बीमा योजना उपलब्ध गराउदै आएको छ । अर्को निर्जीवन बीमाको सेवा भनेको सम्पत्ती बीमा । नेपाल जस्तो भूकम्पीय जोखमयुक्त देशमा घर तथा व्यवसायिक भवनहरुको बीमा अत्यन्तै जरुरी छ । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । बाढी र पहिरो, आगलागी, चोरी-डकैती तथा अन्य जोखिमहरुबाट सुरक्षा प्रदान गर्न एचइआइको सम्पत्ती बीमा योजनाले महत्वपूर्ण भूमिका खेल्छ । विशे गरि व्यवसायी तथा उद्धमीहरुका लागि यो योजना आवश्यक रहेको छ । यस्तै स्वास्थय बीमा पनि निर्जीवन बीमाको सेवामा पर्दछ ।

तपाईँ साधारण जाँचका लागि अस्पताल जाँदा कम्तिमा १० हजार जति बोकेर जानुहुन्छ । जचाएर घर फर्किदा तपाइको हातमा मुस्किलले २/३ हजार मात्र रहला । हो यस्तै आकस्मिक रुपमा आउने स्वास्थ्य समस्याहरुले ठूलो आर्थिक भार पर्नसक्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा गई तपाइहरु आफ्नो, परिवारजन तथा कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सक्नुहुन्छ । यसले अस्पताल खर्च, औषधिउपचार खर्च तथा आकस्मिक उपचार खर्च कभर गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij