काठमाडौँ । जेनजी प्रदर्शनपछि आगजनी भएका भवनहरूमा भेटिएका मानव अस्थिपञ्जर पहिचानमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
भदौ २४ मा आगजनी भएका भवनहरूमा सरसफाइ गर्दा जलेर पहिचान खुल्न नसकेका अस्थिपञ्जर भेटिएको थियो । प्रदर्शनको समयमा परिवार र आफन्तहरू हराएका र सम्पर्कमा नआएको भएमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह गरेको छ ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर टोल, छिमेकमा मानिसहरू हराएको भए खबर गर्न आग्रह गरिएको एसपी अपिल बोहराले बताए ।
उनले भने, ‘अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न हामीले सबैलाई आग्रह गरेका छौँ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij