२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

जेनजीले मागे अख्तियार प्रमुख राईसहित सबै आयुक्तको राजीनामा  

जेनजीले मागे अख्तियार प्रमुख राईसहित सबै आयुक्तको राजीनामा  

  • मंगलबार, असोज २१ २०८२

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत अलायन्सले राईले स्वेच्छिक रूपमा पदत्याग गर्नुपर्ने माग गरेको हो।

विज्ञप्तिअनुसार अलायन्सले अनौपचारिक र विद्युतीय माध्यममार्फत राजीनामाको आग्रह गरेको छ। यदि मंगलबार बिहान १० बजेसम्म राईले राजीनामा नदिए आयोगको कार्यालयमा औपचारिक निवेदन दर्ता गराउने र आवश्यकता अनुसार थप कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि दिएको छ।

अलायन्सले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी राईलाई नियुक्त गरेको भन्दै उनको नियुक्ति नै विवादास्पद रहेको जनाएको छ। साथै, राईको नाम नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएको आरोप पनि लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाल आयोगका प्रमुख लगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएकाले सम्पूर्ण आयुक्तको पद रिक्त गर्न प्रमुख आयुक्त प्रेमकुमारज्यूलगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक छ।”

अलायन्सले निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्त गरेर भ्रष्टाचारसम्बन्धी कार्यलाई तीव्र गतिमा अघि बढाउनका लागि राजीनामालाई अपरिहार्य भएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij