
सामाजिक अभियन्ता तारा बहादुर कुँवर यसपटक काभ्रे जिल्लाबाट पहिलोपटक चुनावी मैदानमा खटिएका छन् ।
लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा खटिएका कुँवर लामो समय देखि विभिन्न पेशा व्यवसाय एवं सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदै आएका पात्र हुन् ।
नेपालमा लामो समय आफूले व्यावसायिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल रहने क्रममा समेटेको अनुभवलाई अब जनताको सेवामा खर्चने मान्यताले आफूले आफ्नो जन्मभूमि काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभाको लागि उम्मेदवारी दिएको सेतोघर डट कमसँगको कुराकानीको क्रममा कुँवरले बताएका छन् ।
मूलतः हेभी इक्युपमेन्ट व्यवसायीको पहिचान बनाएका कुवँर अत्यन्तै कठोर सङ्घर्षबाट माथि उठेका व्यक्ति हुन् । उनको लगानी निर्माण व्यवसाय हुँदै कस्मेटिक क्षेत्र सम्म विस्तार भएको छ ।
लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा खटिएका कुँवर सबैको भावना बुझ्न सक्ने र उचित समयमा सही निर्णय लिन सक्ने सबैको मनमुटुमा अट्न सक्ने व्यक्ति हुन् ।
हजुरलाई नमस्ते नामक व्यावसायिक फर्म चलाएका कुँवरले आफ्नो जीवनीमा आधारिक पुस्तक हजुरलाई नमस्ते समेत प्रकाशनमा ल्याएका छन् ।
जहाँ जसलाई जे आवश्यक पर्छ, त्यहाँ सोही बमोजिमको भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने र आफू स्वयम् उपस्थित भएर सहानुभुति प्रकट समेत गर्ने कुँवर फोहोरमैला व्यवस्थापन अभियन्ता समेत हुन् । उनले रक्तदानको अभाव हुन सक्ने स्थितिलाई विचार गरी कैयौंपटक रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
स्थानीय बासिन्दाहरु माझ समेत राम्रो पहिचान बनाएका कुँवरले यसपटक आफूलाई स्थानीय जनताहरुले प्रदेश सभामा मतदान मार्फत विजयी बनाउने अपेक्षा राखेका छन् ।
अब आफू नीतिगत तहमा पुग्न सकेको खण्डमा जनताको जीवनस्तरलाई सुदृढ बनाउन र सबैको भावनाको उचित सम्बोधन हुने गरी नीतिगत व्यवस्था गर्न आफू सक्षम हुने दाबी गर्छन् कुँवर ।
मुलुकको भ्रष्टाचारलाई तह लगाउन समेत आफू सक्षम रहेको दावी गर्ने कुँवर भविष्यलाई विचार गरेर यतिबेला उचित निर्णय लिन आग्रह गर्दै जनताको घरदैलो अभियानमा व्यस्त छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij