२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

गृहको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालयको कार्य आरम्भ गरिँदै

गृहको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालयको कार्य आरम्भ गरिँदै

  • शुक्रबार, भाद्र २७ २०८२
काठमाडाैं । गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य आरम्भ गरिन थालिएको छ। भवनमा आगजनी र तोडफोड भएपछि तत्काल कार्यसञ्चालनका लागि गृहको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सर्न लागेको हो।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको जानकारी दिए। गृहको भवनमा प्रधानमन्त्री कार्यालय सार्ने गरी अहिले तयारी अघि बढाइएको छ।

गृह मन्त्रालय बस्ने गरी केही समयअघि मात्र यो भवनको निर्माण सम्पन्न भएको थियो। ५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ।
मुख्यसचिव अर्यालले सिंहदरबारबाट अब नियमित कार्य सुरु हुन थालेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij